धनगढी– भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना नाघेको छ, तर अहिलेसम्म पीडितले न्याय पाउन सकेका छैनन्। न त प्रहरीले अहिलेसम्म घटनाको सत्यतथ्य तथा वास्तविक दोषी नै पत्ता लगाउन सकेको छ।
_x000D_
_x000D_
घटना भएदेखि नै देशभरी निर्मलाका लागि न्याय अभियान जारी छ। कञ्चनपुर, कैलाली, काठमाडौंसहित देशैभरी नागरिक स्तरमा विभिन्न चरणमा आन्दोलन भए। विभिन्न चरणमा सरकारको ध्यानाकर्षण गरियो। देशभित्र र बाहिरबाट व्यापक दबाव सिर्जना भयो।
_x000D_
_x000D_
कञ्चनपुरमा निर्मलाको हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भयो। घटनाको छानबिनमा लापरबाही गरेको भन्दै सरकारले एक जना एसपी र एक जना प्रहरी निरीक्षकलाई बर्खास्त गरिसकेको छ।
_x000D_
_x000D_
घटनाको छानबिनका लागि अनुसन्धान टोलीमाथि टोली बने। प्रतिवेदन पेस भए, तर अहिलेसम्म निर्मला हत्याकाण्डको न त सत्यतथ्य नै सार्वजनिक भएको छ, न वास्तविक दोषी नै पत्ता लागेका छन्।
_x000D_
_x000D_
‘हामीले सरकारसँग न्याय मागेका हौँ। हामीलाई अरु केही सुविधा चाहिएको होइन’ बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउन नागरिक समाजको टोलीसंग आएका निर्मलाका बुबा यज्ञराज पन्तले सञ्चारकर्मीहरुसंग भने, ‘हामीले कोही कसै प्रहरी अधिकारीलाई बर्खास्त गर पनि भनेको छैनौँ। न त हामीले कुनै महल वा चिल्लो गाडीको नै माग गरेका हौँ। हामीले मात्र न्याय मागेका छौँ। त्यो दिन सरकारले किन कन्जुस्याईं गरिरहेको छ।’
_x000D_
_x000D_
निर्मलाका बुवा यज्ञराजले विभिन्न अनुसन्धान टोली गठन, डिएनए परिक्षण गर्नेदेखि मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई दोषीका रुपमा प्रस्तुत गर्ने लगायतका सबै गतिविधीलाई सरकारको नौटंकीको संज्ञा दिए। उनले भने, ‘प्रहरीले घटनाको सुरुदेखि नै अनुसन्धानमा लापरबाही गरेको छ।’
_x000D_
_x000D_
उनले सरकारले निर्मलाको हत्यारा पत्ता लगाउन सक्दैनौ भनेर घोषणा ग¥यो भने आफूहरु चुप लागेर बस्ने बताए। उनले भने, ‘प्रहरी कार्यालय धाउँदा–धाउँदै तीन महिना बितिसक्यो, छोरीले न्याय कहिले पाउने हो?’
_x000D_
_x000D_

_x000D_
_x000D_
यज्ञराजसँगै निर्मलाकी कान्छी आमा, दिदी मनिषा र भाई पनि रहेका थिए। सबैले निर्मलालाई न्याय दिन मुख्यमन्त्रीसँग माग गरे।
_x000D_
_x000D_
यसअघि नागरिक समाज कैलाली र कञ्चनपुरको संयूक्त आयोजनामा धनगढीको ट्राफिक चौराहदेखि मुख्यमन्त्री कार्यालयसम्म दबाब र्याली निकालिएको थियो। ‘निर्मलालाई न्याय दे, गृहमन्त्री राजीनामा’ लगायतका विभिन्न नाराबाजी गरेका थिए।
_x000D_
_x000D_
मुख्यमन्त्री कार्यालय अगाडि निर्मलाका बुवा यज्ञराजले ‘मेरी छोरीलाई न्याय दे, असक्षम गृहमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए।
_x000D_
_x000D_
ज्ञापनपत्रमा छठसम्म निर्मलाको हत्यामा संलग्नलाई पक्राउ नगरे कडा आन्दोलनमा जाने चेतावनी दिइएको छ। नागरिक समाजकी संयोजक मिना भण्डारीले ज्ञापनपत्र पढ्दै निर्मला हत्याकाण्ड भएको ९८ दिन पुगिसक्दा पनि अपराधी पत्ता लगाउन नसक्नुको कारण थाहा पाउन नसकेको गुनासो गरिन्। उनले अपराधी कानुन र सरकारभन्दा बलियो होकी भन्ने प्रश्न गरिन्। उनले प्रश्न गरिन् ‘के विधिको शासन धनी वर्गलाई मात्र हो?’
_x000D_
_x000D_
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले निर्मलाका हत्यारा पत्ता लगाउन संघीय सरकारलाई दबाब दिइरहेको बताए। उनले यो घटनालाई प्रदेश सरकारले गम्भीर रुपमा लिएको बताए। ‘यो घटनाको सत्यतथ्य र अपराधीलाई कारबाही हुनुपर्छ भनेर प्रदेश सरकारले सुरु देखिनै आफनो ठाउ“बाट हुनुपर्ने काम गरेको छ’ मुख्यमन्त्री भट्टले भने, ‘प्रदेश सरकारले यो घटनाका बारेमा चासो नदिएको भन्ने हल्ला गर्नु गलत हो।’
_x000D_
_x000D_
यतिका दिन बितिसक्दा पनि अपराधी पत्ता नलाग्दा प्रहरी र सरकारमाथिको विश्वास कम हुनु स्वाभाविक भएका उनले बताए। ‘तर ढुक्क हुनुहोस्, अपराधी पत्ता लाग्छ र कानुन बमोजिम सजाय पनि हुने छ’ मुख्यमन्त्रीले आश्वासन दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।