काठमाडौं– वैदेशिक रोजगारीका नाममा हुने ठगीलाई सरकारले टुलुटुलु रमिता हेरेर नबस्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले बताएका छन्।
_x000D_
_x000D_
नेपाल लाइभको समय संवादमा कुराकानी गर्दै मन्त्री विष्टले रोजगारीमा नाममा भइरहेको विकृति तथा आर्थिक शोषण जसरी भएपनि निर्मूल गरेरै छाड्ने प्रतिबद्धता गरे।
_x000D_
_x000D_
बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य नभएसम्म रोजगारदाता देशसँग सरकारीस्तरमै श्रम सम्झौता गरेर कामदार आपूर्ति गरिने मन्त्री विष्टले सम्वाद कार्यक्रममार्फत जानकारी दिए।
_x000D_
_x000D_
‘सरकारले आसु पुछ्दै युवा विदेशिने दिन जसरी भएपनि अन्त्य गर्नेछ। वैदेशिक रोजगारीको विकल्पमा आन्तरिक श्रम बजारमै रोजगारीका अवसर सिर्जना गर्ने योजना मन्त्रालयले गरिरहेको बताएका मन्त्री विष्टले भने, ‘राज्यको उद्देश्य युवालाई देशभित्र रोजगारी दिने हो। देशभित्रै रोजगारीका धेरै अवसर छन्।’
_x000D_
_x000D_
‘प्रधानमन्त्री रोजगार कार्यक्रम अबको केही दिनभित्र सञ्चालनमा आउने छ। यो कार्यक्रम नेपाली युवाका लागि कोसेढुंगा सावित हुन्छ। कार्यक्रम मार्फत रोजगारीका अवसर सिर्जना गरिनेछ,’ उनले भने।
_x000D_
_x000D_
आर्थिक समृद्धिका लागि युवाको भुमिका महत्वपूर्ण रहेको भन्दै उनले भने, ‘सरकारले वैदेशिक रोजगारीमा जाने अथवा कार्यरत कामदारलाई सञ्चय कोष र सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने तयारी गरिरहरेको छ।’
_x000D_
_x000D_
विश्वको जुनसुकै कुनामा रहेका नेपाली श्रमिकको सुरक्षा श्रम मन्त्रालयले गर्ने उनको दाबी थियो। श्रम र रोजगारी सवैको साझा समस्या भएको र यसलाई सबैले मिलेर समाधान खोज्नुपर्ने मन्त्रीले बताए।
_x000D_
_x000D_
सरकारको सम्पति युवा नै भएको बताउँदै उनले सबैलाई अनुभुति हुने गरी काम गरेर देखाउने जिकिर गरे।
_x000D_
_x000D_
सरकारले देशभित्र र बाहिरको रोजगारीलाई सुरक्षित बनाउने प्रयास गरिरहेको मन्त्री विष्टले उल्लेख गरे।
_x000D_
_x000D_
भिडियोे
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।