काठमाडौं- संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बिहिबार काठमाडौं-निजगढ द्रुतमार्गको स्थलगत अनुगमन गर्ने भएको छ। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले ललितपुरस्थित खोकना र बुङमतीका स्थानीय जनताको मागको सुनुवाई गर्न सो क्षेत्र भित्र पर्ने द्रुतमार्गको स्थलगत अनुगमन गर्ने निर्णय गरेको हो।
_x000D_
_x000D_
खोकना र बुङमतीका स्थानीय जनताले समितिमा उजुरी दिएपछि त्यसलाई सम्बोधन गर्न लागिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन्।
_x000D_
_x000D_
'खोकना र बुङमतीका स्थानीयले जग्गाको मुआब्जा उचित ढंगले नपाएको भन्दै न्याय दिन माग गर्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका थिए। सोही उजुरीलाई सम्बोधन गर्न आफूहरु सो क्षेत्र भित्रको द्रुतमार्गको स्थलगत अवलोकन गर्न जाने निर्णय लिइएको हो,' समितिकी सदस्य पम्फा भुसालले बताइन्।
_x000D_
_x000D_
समितिका अर्का सदस्य कृष्णगोपाल श्रेष्ठले भने सो द्रूतमार्गको स्थलगत अनुगमनमा जाने समितिको निर्णयमा असहमति जनाए। उनले सो द्रुतमार्गका पीडितलाई नै समितिमै बोलाएर सुनुवाई गर्न सकिने धारणा समेत राखे। नेपाली सेनालाई नै समितिको बैठकका बोलाएर सो द्रूतमार्गबारे विस्तृत जानकारी लिन सकिने समिति सदस्य श्रेष्ठको भनाई छ।
_x000D_
_x000D_
नेपाली सेनाले निर्माण गरिरहेको सो दू्रतमार्ग अन्तरगत ललितपुरस्थित खोकना र बुङमतीका स्थानीय जनताले जग्गाको उचित मुआब्जा नदिएको भन्दै सो सडकखण्ड निर्माणको काम अवरुद्ध गरेका छन्। सो सम्बन्धमा स्थानीय जनताको गुनासो सुनुवाई गरी सरकारसँग सचेत गराउने समितिको योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।