काठमाडाैं– नेपाल र थाइल्यान्डबीच ४७ वर्षपछि हुन लागेको दुईपक्षीय हवाई सम्झौताका लागि नेपाली टोली थाइल्यान्ड प्रस्थान गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव सुरेश आर्चायको टोली थाइल्यान्ड प्रस्थान भइसकेको मन्त्रालयकै सह–सचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।
_x000D_
_x000D_
दुई देशबीचको हवाई सम्झौता भोलि बिहीबार र पर्सि शुक्रबार थाइल्यान्डमा हुँदै छ। ‘नेपाल र थाइल्यान्डबीच ४७ वर्षपछि हवाई सेवा सम्झौता हुने लागेको हो’, सहसचिव लामिछानेले भने, ‘दुई देशबीच सन् १९७१ मा हवाई सम्झौता भए पनि अहिलेसम्म पुनरावलोकन हुन सकेको थिएन।’
_x000D_
_x000D_
दुई देशबीचको हवाई सम्झौताले पुरानो हवाई सम्झौता खारेज गर्दै नयाँ सम्झौता गर्ने उनको भनाइ छ। सन् १९७१ को हवाई सम्झौतामा सातामा १० वटा मात्रै उडान गर्न पाउने थियो। तर, अबको सम्झौतामा सातामा २१ वटासम्म उडान गर्न पाउनेगरी हवाई सम्झौताको तयारी भएको लामिमछानेले बताए। नयाँ हवाई सम्झौतापछि दुई देशको गरी ४२ वटा उडान हुने पाउने अवस्था आउने मन्त्रालयले जनाएको छ।
_x000D_
_x000D_
अहिले नेपाल एयरलाइन्सले थाइल्यान्ड उडान भरिरहेको छ भने थाइल्यान्डबाट थाई एयरवेज र थाइलाइन एयरले उडान भर्दै आएको छ। थाइल्यान्डबाट थाई एयरवेजले दैनिक काठमाडौंमा उडान गर्दै आएको छ भने थाइलाइन एयरले सातामा ३ वटामात्रै उडान गर्दै आएको छ।
_x000D_
_x000D_
थाइलाइन एयरले पनि दैनिक उडान गर्न खोजको छ भने नेपालबाट पनि निगमले थाइल्यान्ड उडान थप गर्न खोजेका कारण दुवैपक्षलाई सम्झौता गर्न परेको मन्त्रालयको भनाइ छ। योसँगै थाइल्यान्डसँग पहिलोपटक निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान गराउनेगरी हवाई सम्झौता गर्न लागको मन्त्रालयको भनाइ छ। नेपालले पनि थाइल्यान्डको बैंकक र फुकेटका लागि उडान गर्न पाउने सम्झौता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।