• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ३०, २०८२ Sat, Mar 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रहरीकै जग्गा अतिक्रमण : माओवादीको 'जग्गा कब्जा नीति' प्रहरीलाई बन्यो काउसो

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १५, २०७५  ०३:१०
1140x725

दाङ- यदि तपाईंको घरजग्गा कसैले अतिक्रमण वा कब्जा गरेको छ भने के गर्नुहुन्छ? पक्कै पनि प्रहरी गुहार्नुहुनेछ।

_x000D_ _x000D_

तर, यहाँ प्रहरीकै जग्गा अतिक्रमण र कब्जा हुँदा भने प्रहरी नै मूकदर्शक बनेको छ। दाङ र रुपन्देहीमा अतिक्रमित जग्गा प्रहरीले नै खाली गराउन सकेको छैन।

_x000D_ _x000D_

— दृश्य १ —

_x000D_ _x000D_

दाङको इलाका प्रहरी कार्यालय, तुलसीपुर। यहाँ प्रहरीको नाममा ५ कठ्ठा २ धुर जग्गा छ। तर आधा जमिन सुकुम्बासीको नाममा अतिक्रमण भएको छ। अतिक्रमित जग्गामा पक्की भवन बनिसकेका छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

जग्गा अभावमा कार्यालय र आवश्यक केही संरचना बनेको भए पनि स्थान अभावमा नियन्त्रणमा लिइएका सवारीसाधन कार्यालयकै अगाडि असरल्ल राख्नुपरेको छ। जसका कारण कार्यालयको शोभा त घटेको छ नै कार्यालय व्यवस्थापनमा समेत समस्या परेको कार्यालय प्रमुख डिएसपी प्रकाश सापकोटा बताउँछन्। ‘कार्यालय भवन र ब्यारेक व्यवस्थापनमा समस्या छ,’ उनले भने, ‘आफ्नै जग्गा प्राप्तिमा हामीलाई समस्या छ, यसका लागि राजनीतिक सहमति नभई हुन्न।’

_x000D_ _x000D_

— दृश्य २ —

_x000D_ _x000D_

तत्कालीन अञ्चल प्रहरी कार्यालय। हाल यो कार्यालयको नाम परिवर्तन भएर संघीय प्रहरी इकाइ भएको छ। यो कार्यालयको पनि करोडौं मूल्यको जग्गा अतिक्रमणको चपेटामा परेको वर्षौं भइसक्यो। कार्यालयको जग्गामा अहिले १० जनाले पक्की घर बनाइसकेका छन् भने केही जग्गा नजिकैको सरकारी विद्यालयले प्रयोग गरेको छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

संघीय प्रहरी इकाइ स्थापना भएपछि यहाँ पनि स्थानको अभाव देखिएको छ। कार्यालय परिसरमा स्थान अभाव भएपछि व्यक्तिको घर भाडामा लिएर प्रहरीले प्रयोग गरिरहेको छ। जसको मासिक भाडा मात्र करिब एक लाख छ।

_x000D_ _x000D_

— दृश्य ३ —

_x000D_ _x000D_

लमही नगरपालिका वडा नं ३ टिकलगढ। २१ बिघाभन्दा बढी क्षेत्रफल भएको खेतीयोग्य जमिन। यो जग्गा नेपाल प्रहरी स्कुलको नाममा छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

तत्कालीन दीपेन्द्र प्रहरी आवासीय विद्यालयको नाममा रहेको साढे २१ बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा भएको छ। यहाँ सुकुम्बासीसहित केही अन्य व्यक्तिले पनि कब्जा गरेका छन्। अहिले यो स्थानमा ६० घरटहरा बनेका छन्। यति ठूलो जमिन र यहाँको उब्जनीबाट विद्यालय अहिले विमुख बनेको छ।

_x000D_ _x000D_

२०६१ सालयता सुकुम्बासीको नाममा जग्गा कब्जा हुँदै आएको छ।

_x000D_ _x000D_

तत्कालीन माओवादीले नै २०६१ सालतिर जग्गा कब्जा भएको घोषणा गर्दै सुकम्बासीको नाममा यहाँ सर्वसाधारणलाई ल्याएर बसालेको थियो।

_x000D_ _x000D_

त्यस्तै, रुपन्देहीको तिनाउ नगरपालिका ३ मा रहेको अस्थायी प्रहरी पोस्टको २१ फिट जग्गा पनि अतिक्रमणमा परेको छ। 

_x000D_ _x000D_

करोडौंको जग्गा अतिक्रमण, प्रहरी मौन
_x000D_ अतिक्रमित जग्गा फिर्ताका लागि सामान्य पहल गरे पनि वर्षौंअघि घरटहरा निर्माण भइसकेकाले हटाउन समस्या भएको इलाका प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटा बताउँछन्।

_x000D_ _x000D_

‘हामीले जग्गा पाउनुअघि नै यहाँ बस्ती बसिसकेको थियो, अहिले आफैलाई जग्गा अभाव हुँदा पनि केही गर्न सकेको छैनौं,’ डिएसपी सापकोटा भन्छन्, ‘राजनीतिक सहमति नहुँदासम्म जग्गा फिर्ता पाउन गाह्रो छ।’

_x000D_ _x000D_

_x000D_ _x000D_

सम्पूर्ण अतिक्रमित जग्गा र अतिक्रमण गर्नेको विवरण प्रहरीसँग छ तर फिर्ता गराउन अझैसम्म सकेको छैन। 

_x000D_ _x000D_

किन त? 
_x000D_ प्रदेश नं ५ का प्रहरी प्रवक्ता डिएसपी पुष्पराज मल्ल भन्छन्, 'कतिपय जग्गा  द्वन्द्वकालमा अतिक्रमण र कब्जा भएकाले यसको समाधानका लागि राजनीतिक स्तरबाटै निर्णय भए सहज हुन्छ। सरकारी जग्गा त्यतिकै कसैले प्रयोग गर्ने भन्ने हुन्न, हामी फिर्ता गराएरै छोड्छौं।’ जबरजस्ती खाली गराउँदा राजनीतिक रुप लिन सक्ने जोखिम भएकाले प्रहरी आफैं अघि बढ्न सकेको छैन।

_x000D_ _x000D_

जग्गा खाली गराउँदा राजनीतिक दबाबसहित ठूलै समस्या उत्पन्न हुन सक्ने भएकाले यो राजनीतिक रुपमै हल हुनुपर्ने प्रवक्ता मल्ल बताउँछन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

के भन्छन् अतिक्रमणकारी?
_x000D_ घरबासको विकल्प दिए जग्गा छोड्न आफू तयार रहेको अतिक्रमण गरी बसेका एक जनाले बताए। वर्षौंदेखि पक्की घर बनाएर बसिरहेकाले सजिलै छोड्न नसक्ने उनी बताउँछन्। उनले भने, ‘पहिले घर बनाउँदा नै रोक्नुपर्थ्यो, अहिले छोड भन्नेबित्तिकै कहँ हुन्छ? कि त विकल्पमा अर्को ठाँउ दिनु पर्यो।’

_x000D_ _x000D_

त्यस्तै, लमहीको खेतीयोग्य जमिनमा धान स्याहार्दै गरेका अर्का वृद्ध किसान  अरुको लहलहैमा त्यहाँ बस्न सुरु गरेको बताउँछन्। धेरैले ठाउँ रोकेर टहरा हालेको थाहा पाएपछि आफू पनि जग्गाविहीन भएकाले बस्न थालेको उनको भनाइ छ।

_x000D_ _x000D_

‘२०६१ सालबाट यहाँ बसेका हौं, उब्जनी पनि गर्दै आइरहेका छौं,' उनले भने, 'अहिलेसम्म कसैले 'हाम्रो जग्गा हो, छोड' भनेका छैनन्।’

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०७५  ०३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ
रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण रास्वपाको सचिवालय बैठक सर्‍यो
कांग्रेस प्रवक्ता चालिसेले भने – पार्टी पुनर्निमाणमा जुटौं, बाटो हेरेर आक्रमण गर्ने काम विरोधीको हो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण रास्वपाको सचिवालय बैठक सर्‍यो शनिबार, फागुन ३०, २०८२
कांग्रेस प्रवक्ता चालिसेले भने – पार्टी पुनर्निमाणमा जुटौं, बाटो हेरेर आक्रमण गर्ने काम विरोधीको हो शनिबार, फागुन ३०, २०८२
एमालेको सचिवालय बैठक बस्दै शनिबार, फागुन ३०, २०८२
रास्वपा सचिवालय बैठक आज शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि, विभिन्न दलका शीर्ष नेताहरु उपस्थित शुक्रबार, फागुन २९, २०८२
एमालेको सचिवालय बैठक बस्दै शनिबार, फागुन ३०, २०८२
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्