दक्षिण कोरिया– शैक्षिक तालिममा सहभागी हुन नेपालका १८ निजी विद्यालयका प्रधानाध्यापकको टोली दक्षिण कोरिया आएको छ। वुमन सिइओ सेन्टर कोरियाले प्रदान गरेको गामा ट्रेनर ट्रेनिङमा सहभागी हुन भैरहवा र काठमाडौंका गरी १८ निजी विद्यालयका प्रधानाध्यापकहरुको टोली कोरिया आएको हो।
शैक्षिक क्षेत्रका नयाँ प्रविधिसँगै विद्यालय व्यवस्थापकीय तालिम लिनका लागि दक्षिण कोरिया आएको टोलीका एकजना शिक्षक गम्भीर गुरुङले बताए।
कोरियाको जिरिसानमा ५ अक्टोबरदेखि सञ्चालित तालिम १७ अक्टोबरसम्म १३ दिन चल्ने बताइएको छ।
आफूहरुले तालिममा सिकेका कुरा नेपालको शैक्षिक सुधारमा सहयोगी बन्ने शिक्षक गोकुल पोखरेलको भनाइ छ।
तालिममा सामूहिक विद्यालय परिवार भैरहवा अन्तर्गतका ११ जना प्रधानाध्यापक र काठमाडौंको स्कुल्स फोरमका ७ प्रधानाध्यापक सहभागी छन्।
तालिममा सहभागी हुन आउँदाको सबै खर्च शैक्षिक क्षेत्रमा काम गर्ने संस्था वुमन सिइओ सेन्टर कोरियाले व्यहोरेको छ।
संस्थाले सन् २०१८ मा अस्ट्रियामा क्षमतावान् प्रशिक्षक निर्माण तालिम प्रदान गर्ने तालिम सञ्चालिका हादाल नामले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।