काठमाडौं– एएफसी फुटसल च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ।
इरानमा आइतबार भएको खेलमा नेपाललाई उज्वेकिस्तानले १४–१ ले पराजित गरेको हो। नेपाली फुटसल टिमको यो पहिलो आधिकारिक खेल हो।
पहिलो आधिकारिक खेलमा फराकिलो अन्तरले पराजित भए पनि नेपालले पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सकेको छ। नेपालका लागि कप्तान सुरज राउतले २२ मिनेटमा गरेको गोल नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल बन्न पुग्यो।
छनोटमा मध्य एसियाको समूह 'ए'मा नेपालसहित उज्वेकिस्तान, किर्गिस्तान र तुर्केमिनिस्तान छन्। नेपालले सोमबार किर्गिस्तान र मंगलबार तुर्केमिनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
समूहका शीर्ष २ टिम सन् २०१८ मा चाइनिज ताइपेइमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा छनोट हुनेछन्। च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।