काठमाडौं- हिमालयन हाइड्रो एक्स्पो २०१९ काठमाडौंको भृकुुटीमण्डपमा अायोजना हुने भएको छ। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा एक्स्पो अायोजना गरेका हुन्। माघ ४ गतेदेखि एक्स्पो अयोजना गरिने आयोजकले जनाएको छ।
_x000D_
_x000D_
ऊर्जा क्षेत्रमा फरक आयाम दिने गरी सबै सरोकारवालालाई एक ठाउँमा भेला गर्ने उदेश्यले एक्स्पो आयोजना हुन लागेको इप्पान अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए।
_x000D_
_x000D_
आगामी माघ ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने हिमालयन हाइड्रो एक्स्पो २०१९ मा एक सयभन्दा बढी स्टल रहने छन्। जलविद्युत प्रवर्द्धक, इक्युपमेन्ट सप्लायर, लगानीकर्ता, बैंक, बिमालगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल राखिने भएको छ।
_x000D_
_x000D_
ती स्टलमध्ये करिब आधा विदेशी स्टल रहनेछन्। २०१८ को एक्स्पोमा स्वदेशी तथा विदेशी गरेर एक सय भन्दा बढी स्टल थिए भने ५० हजार भन्दा धेरैले एक्स्पो अवलोकन गरेका थिए।
_x000D_
_x000D_
एक्स्पोमा ऊर्जासंग सम्वन्धित नयाँ प्रविधिका साथै ग्रिड कनेक्टेड सोलार सिस्टम आकर्षण बन्ने बताइएको छ। यसका साथै एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्तालाई हेलीकोप्टर मार्फत् हाइड्रोपावर कम्पनीको समेत भ्रमण गराउने व्यवस्था गरेको इप्पान अध्यक्ष गुरागाईले बताए।
_x000D_
_x000D_
विद्युतको सही व्यवस्थापन हुन नसकिरहेको सन्दर्भमा एक्स्पोले नयाँ प्रविधिका साथै सम्बद्ध पक्षको सहभागितामा नयाँ आयाम थप्न टेवा पुर्याउने विश्वास गुरागाईले लिएका छन्।
_x000D_
_x000D_
एक्स्पोमा इन्जिनियरिङ संकायका विद्यार्थीबीच प्रतिस्पर्धा गरिनुका साथै हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने जानकारी दिइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।