पेसाले पत्रकार हुन्, मनऋषि धिताल। तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आउनुपूर्व सन् २००६ सम्म पत्रकारिताभन्दा फरक पेसामा थिए उनी। माओवादी युद्धमा सहभागी भएका उनीसँग २००६ भन्दा पहिले नेपालका दुर्गम गाउँ र जंगलसँग समेत नजिकिएको अनुभव छ।
_x000D_
_x000D_
मृदुभाषी र सरल मिजासका ४० वर्षीय धिताल हाल अस्ट्रेलियाबाट प्रकाशन हुने काठमाडौं केन्द्रित एक अनलाइन समाचार संस्थामा संवाददाताका रुपमा कार्यरत छन्।
_x000D_
_x000D_
नेपाली सेनाले लक्षित गरेर हेलिकोप्टरबाट गोली हानेको अनुभव धिताललाई ताजै छ। नजिकै विस्फोट भएको बमले आँखैअगाडि धेरै मानिस मरेका देखेका छन् भने उत्तिकै मात्रामा पक्राउ परेका दृश्य पनि। सन् १९९६ बाट नेपालमा सुरु भएको दसवर्षे जनयुद्ध २००६ मा सरकार र माओवादी र बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि अन्त्य भएको थियो।
_x000D_
_x000D_
सो जनयुद्धमा परी १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो भने १३ हजारभन्दा बढी बेपत्ता भएको बताइएको छ। ‘मेरो युवा अवस्थामा परिवारले जस्तो अवस्थामा गुज्रिनुपर्यो त्यही परिस्थितिले आज मलाई यो स्थानसम्म ल्याएको छ’, धिताल विगत सम्झन्छन्। पश्चिम नेपालको विकट मानिने कर्णालीमा पर्ने जुम्लाको सिञ्जामा धितालको जन्म भएको थियो।
_x000D_
_x000D_
उनको जन्म भएको ठाउँमा कुनै विद्यालय नभएकाले अभिभावकले स्थानीय मन्दिरमा सेवानिवृत सैनिक सञ्चालन गरेको अनौपचारिक पाठशालामा पठाएका थिए। छोरा भएर जन्म लिनु उनका लागि ठूलो वरदान भयो। उनीभन्दा माथिका दिदीले पढ्न नपाए पनि उनलाई त्यसको खासै असर परेन।
_x000D_
_x000D_

_x000D_
_x000D_
दस वर्षसम्म जुम्लाका स्थानीय नेताले उनको परिवारमाथि गरेको दुर्व्यवहार हेर्न र सहन बाध्य भए। सानै उमेरमा उनले समाजका ‘उच्च वर्गले गर्ने थिचोमिचो’को अनुभव पनि गरे।
_x000D_
_x000D_
OOO
_x000D_
_x000D_
सन् १९८० मा राजा वीरेन्द्रले नेपालमा सुधारिएको पञ्चायती व्यवस्था वा प्रजातन्त्र के आवश्यक छ भन्ने विषयमा जनमत संग्रह गराउने निर्णय गरे। उनका बुबाले गाउँलेहरुको विचारभन्दा फरक अर्थात् प्रजातन्त्रका पक्षमा मतदान गरे। जसले गर्दा समाजका शक्तिशाली व्यक्तिले उनका बुबालाई सामाजिक बहिष्कारसम्म गर्न पछि परेनन्। बहिष्कारमा परेपछि उनीहरुको नाममा रहेको जमिन कब्जा गरियो र गाउँ छोड्न विवश पारियो। सन् १९८८ मा उनको आमाको निधनपश्चात् उनको परिवार देशको दक्षिण-पश्चिम बर्दियामा बसाइँ सरे।
_x000D_
_x000D_
‘म त्यसबेला बर्दिया राष्ट्रिय निकुञ्ज र बर्दियाका वनजंगल संरक्षणसम्बन्धी कविता लेख्थेँ’, आफ्नो बाल्यावस्था सम्झिँदै उनी भन्छन्, ‘म त्यसपछि विस्तारै नेपालको इतिहास लेख्न क्राान्तिकारी पत्रकार भएँ।’
_x000D_
_x000D_
OOO
_x000D_
_x000D_
‘सानै उमेरमा मेरो परिवारले खेप्न परेको सामाजिक उत्पीडन, म जन्मिएको गाउँको सामाजिक वातावरण र त्यससँगै मार्क्स, लेनिन र माओसम्बन्धी अध्ययनले समानताका लागि आवाज उठाउन मलाई प्रेरित गर्यो,' ती घटनाको सम्बन्ध नेपालको सन् १९९० को प्रजातान्त्रिक आन्दोलनसँग पनि जोडिएको उनी स्वीकार्छन्।
_x000D_
_x000D_
स्कुलमा कम्युनिस्ट पार्टी समर्थक आएर वर्गीय चेतना फैलाउने किसिमको गीतसंगीत सुनाउँदै कक्षा सञ्चालन गर्ने गरेको धिताल सुनाउँछन्। ‘कहिलेकाहीँ साथीसँग स्कुलबाट भागेर उनीहरुको कार्यक्रम हेर्न गरेका थियौं र कहिलेकाहीँ त त्यो रातिसम्म पनि चल्ने गरेको थियो’, उनी भन्छन्। १९९५ मा काठमाडौँ आउँदासम्म उनी क्रान्तिकारी विद्यार्थी आन्दोलनको सदस्य भइसकेका थिए।
_x000D_
_x000D_
अनि बने पत्रकार
_x000D_
धिताल १९९८ बाट क्रान्तिमा लाग्दासम्म नेपालमा सशस्त्र विद्रोह ठिक कि बेठिक भनेर मानिसहरु दुई खेमामा विभाजित हुन सुरु भइसकेका थिए। अर्को शब्दमा भन्नुपर्दा मानिसहरु १९९० को परिवर्तनपछि आएको संविधानको पक्षमा वा विपक्षमा उभिन थालिसकेका थिए।
_x000D_
_x000D_
आन्दोलनको पक्षमा लेख्नु, संविधान पुनःलेखन र दमनकारी सत्ता र सरकारविरुद्ध लेख्नुपर्ने निष्कर्षसहित सहित आन्दोलनमा होमिएको उनले बताए। यो सबै कुरा सञ्चालनका लागि सञ्चारमाध्यम नै उत्तम विकल्प रहेको निष्कर्ष निकालेका धिताल आफूसँग भएको लेखन सिप र रिपोर्टिङ क्षमताले निकै सहयोग गरेको बताउँछन्। केही बिन्दुमा आफूहरू ‘प्रयोग’ भएको आभास पनि हुने गरेको थियो उनलाई।
_x000D_
_x000D_
'मलाई माओवादी आन्दोलनभित्रको पनि अभिव्यक्ति स्वतन्त्रताको विषयमा लेख्न मन लाग्थ्यो। फरक विषयमा समाचार लेख्न मन लागे पनि प्रकाशन गर्नुपूर्व माओवादी नेताबाट स्वीकृत गराउनुपर्ने भएकोले त्यसो हुन पाएन,’ धितालले भने।
_x000D_
_x000D_
युद्धमोर्चाको अग्रभागबाट
_x000D_
धिताल माओवादी युद्धका बेला सर्लाही जिल्लाको प्रहरी बिट हमला भएको रातबारे लेख्छन्, ‘सरकारी पक्ष र हाम्रो पक्षबीच मध्यरातमा युद्ध भएकाले त्यस युद्धको फोटो लिन सक्ने मसँग कुनै उपाय थिएन, त्यसैले मैले त्यो युद्धको अडियो रेकर्ड गर्ने निर्णय गरेँ।’
_x000D_
_x000D_
बायाँ हातमा युद्धका क्रममा गोली लागे पनि दायाँ हातले युद्धको विषयमा लेख्न सक्ने निष्कर्षसहित सर्लाही युद्धमा आफनो बायाँ हातले रेकर्डर समातेर युद्धको आवाज रेकर्ड गरे उनले। युद्धका विषयमा माओवादी नेताहरु औपचारिक रुपमा पत्रकारलाई सूचना दिऊन् भन्ने चाहन्थे। स्थानीय स्तरका माओवादी नेतालाई सूचना कसरी दिने भन्ने जानकारी नहुँदा धिताल आफैले स्थानीय नेतालाई समाचार लेख्ने प्रशिक्षण पनि दिए।
_x000D_
_x000D_
जिल्लास्तरका गैरमाओवादी पत्रकारलाई घटनाका विषयमा तयार पारिएको प्रेस विज्ञप्ति वितरण गर्ने गर्थे। उनले दिएको विवरणअनुसार नै उनीहरुले समाचार लेखेर आफू सम्बद्ध सञ्चारमाध्यममा प्रकाशन र प्रसारणका लागि पठाउँथे।
_x000D_
_x000D_

_x000D_
_x000D_
OOO
_x000D_
_x000D_
सन् २००१ नोभेम्बर २६ का दिन माओवादी युद्धका कारण दुई हजारभन्दा बढी नेपालीको ज्यान गएको समाचार आयो। यसपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीलाई अपदस्थ गरी संकटकाल घोषणा गरे। त्यस उपरान्त विद्रोही पक्षलाई समर्थन गर्दै सरकारी पक्षविरुद्ध समाचार प्रकाशन र प्रसारण भए। त्यो दण्डको भागीदार हुने अवस्था पत्रकारलाई पनि आयो।
_x000D_
_x000D_
संसदीय स्वतन्त्रता र नागरिक सर्वोच्चताका विषय कागजमा मात्रै सीमित हुन पुग्यो। संकटकाल घोषणा भएकै दिन माओवादीलाई पनि सरकारले ‘आतंककारी’का रुपमा सूचीकृत गर्यो। माओवादी समर्थक पत्रिकामा प्रहरीले छापा मार्दा धितालसहित अन्य सात पत्रकार प्रहरी नियन्त्रणमा परे। उनीहरु एक वर्षपछि काठमाडौँबाट रिहा भए।
_x000D_
_x000D_
OOO
_x000D_
_x000D_
सरकारी पक्ष र विद्राही पक्षबीच शान्ति वार्ता पनि चल्यो यसैबीचमा। तर वार्ताले सकारात्मक मोड लिन सकेन। वार्ता भङ्ग भएपछि धिताल र अन्य साथीहरु काठमाडौँ छाडेर भूमिगत हुन बाध्य भए। भूमिगत भएपछि उनीहरुले पत्रकारको पनि माओवादी लडाकु जस्तै निर्देशन संयन्त्र गठन गरेर देशका विभिन्न क्षेत्रमा रहेर कार्य सम्पादन गर्न थाले।
_x000D_
_x000D_
यो कार्यविभाजनपछि धिताल मध्यपश्चिममा खटिए। ‘युद्धभूमिबाट रिपोर्टिङ गरेको त्यो सुरुवाती चरण थियो’, धिताल भन्छन्। त्यसपछि उनीहरुले पत्रकारलाई रेडियो कार्यक्रम उत्पादन र प्रसारणको तालिम दिन थाले। देशका विभिन्न भागमा रहेका जंगल र पहाडी इलाकाबाट रेडियो प्रसारण हुन थाल्यो। धिताल भन्छन्, ‘तालिमपछि करिब एक सय पत्रकारलाई देशका विभिन्न भागमा परिचालन गरियो।’
_x000D_
_x000D_
OOO
_x000D_
_x000D_
२००१ को मध्यसम्ममा माओवादीले २२ जिल्लामा समानान्तर सरकार गठन गरिसकेको थियो। सो क्षेत्र पूर्ण रुपमा उनीहरुकै नियन्त्रणमा थियो। सरकारलाई जस्तै माओवादीलाई पनि मानव अधिकार हनन र मानिस बेपत्ता बनाएको आरोप पनि लाग्न थालेको थियो।
_x000D_
_x000D_
सन् २००४ मे ३ मा परेको प्रेस स्वतन्त्रता दिवसका अवसरका माओवादी अध्यक्ष प्रचण्डको अन्तर्वार्ता लिँदै धितालले 'पार्टीले पत्रकारहरुलाई स्वतन्त्र रुपमा समाचार संकलनमा अड्चन पारेको हो त? भनेर प्रश्न गरेका थिए। माओवादीले प्रेस स्वतन्त्रताको सधैं सम्मान गर्ने र माओवादी नियन्त्रित क्षेत्रमा पत्रकारले स्वतन्त्र रुपमा समाचार संकलन गर्न सक्ने प्रचण्डको भनाइ थियो। प्रचण्डले यो पनि भनेका थिए, ‘पत्रकारको भेषमा हाम्रा लडाकुका विषयमा सूचना संकलन गर्न आउने वा हत्या गर्ने उद्देश्यले आउनेलाई त्यो काम आत्मघाती हुनेछ।'
_x000D_
_x000D_
माओवादी नेतासँगको अन्तर्वार्ता उनले सह–लेखन गरेको पुस्तक युद्ध र पत्रकारिता भन्ने पुस्तकमा समेटिएको छ। प्रचण्डले धितालसँग प्रेस स्वतन्त्रताको सम्मान गर्ने बताएको एक महिनापछि रेडियो नेपालमा कार्यरत पत्रकारलाई माओवादीले हत्या गरेको थियो। अगस्ट ११ का दिन अपहरणमा परेका डेकेन्द्र थापालाई सरकारी सुराकीको आरोपमा हत्या गरियो।
_x000D_
_x000D_
OOO
_x000D_
_x000D_
यो घटनाको एक महिना बित्न नपाउँदै सेप्टेम्बर ६ मा अर्का पत्रकार ज्ञानेन्द्र खड्कालाई चार जना मानिसले पछाडि हात बाँधेर अपहरण गरी लगे। खड्कालाई उनकै श्रीमतीको अगाडि हत्या गरियो। माओवादी सम्बद्ध सञ्चारमाध्यमले सरकारी स्तरबाट भएका अपराधको विषयमा बारम्बार समाचार प्रसारण गरे पनि आफ्नो तर्फबाट भएका अपराधको कुनै समाचार बनाएन।
_x000D_
_x000D_
२००५ जुन ५ मा चितवनमा यात्रु बोकेको बसमाथि माओवादीले बम प्रहार गरे। चितवनको माडीमा भएको उक्त आक्रमणमा परी ३८ जनाको मृत्यु भयो। ७२ जना घाइते भए। यो घटनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यानाकर्षण गरेको थियो। तर माओवादी समर्थित सञ्चारमाध्यमले यस विषयमा कुनै समाचार प्रकाशित गरेनन्।
_x000D_
_x000D_
‘हामीले कमजोरी र गलत कार्यका विषयमा खासै कुनै समाचार लेखेनौं। हामीले त्यही लेख्यौँ जुन सूचना हाम्रो नेतृत्वले आधिकारिक रुपमा बाहिर ल्याएको थियो। उनीहरुका आधिकारिक वक्तव्यमा मात्र आधारित रहेर समाचार लेख्यौं,’ उनी भन्छन्।
_x000D_
_x000D_
उनीहरुले सम्प्रेषण गरेको समाचार भनेको माओवादी अध्यक्ष प्रचण्डले घटनाका विषयमा क्षमायाचना गरेको मात्रै थियो।
_x000D_
_x000D_

_x000D_
_x000D_
OOO
_x000D_
_x000D_
एकतन्त्रीय निरकुंश पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनर्बहालीपछि नेपालको सञ्चार क्षेत्रमा ठूलो परिवर्तन आयो। राजनीतिक र व्यावसायिक एजेन्डा बोकेका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको नेपाली बजारमा बाढी नै आउन थाल्यो।
_x000D_
_x000D_
सन् २००३ सम्ममा माओवादी समर्थित सञ्चारमाध्यमको व्यापक उपस्थिति रहन थालेको थियो। जनदिशा पत्रिका, कृष्णसेन अनलाइन र देशभर सुन्न सकिने गरी पाँच रेडियो सञ्चालनमा आइसकेका थिए।
_x000D_
_x000D_
नेपालबाट मात्र होइन भारतबाट पनि एक साप्ताहिक प्रकाशित हुने गरेको थियो। नेपालमा संकटकाल घोषणा भएपछि भारतमा भूमिगत रहेको समूहले प्रकाशन गर्ने गरेको धिताल बताउँछन्। २००४ को मध्यबाट धिताल र उनका सहकर्मी मिलेर माओवादी सम्बद्ध भिडियो बनाउन थाले। यसले दाङलाई केन्द्र बनाई माओवादी नियन्त्रित केबल टिभीको सुरुवात भयो।
_x000D_
_x000D_
यथार्थ कि कथा
_x000D_
धिताल यथार्थलाई छुट्याउन नसक्दा रिपोर्टिङका क्रममा धेरै गल्ती भएको स्वीकार्छन्। उदाहरणका लागि सरकारले कारबाही गर्दा अछाम जिल्लामा दर्जनौँ विद्रोही मारिएको समाचार राष्ट्रिय रेडियोले प्रसारण गर्यो। त्यो समाचारलाई विश्वास गरेर माओवादीले नेपाली सेनामाथि आक्रमण गर्दा अछामका दर्जनौँ गाउँलेको निधन भएको समाचार प्रसार गर्यो। त्यसको केही हप्तापछि धिताल र उनका सहकर्मी अछाम जाँदा उनीहरुले त्यहाँ न कुनै आक्रमण भएको पाए, न कसैको मृत्यु। त्यहाँ कुनै आक्रमण नै भएको थिएन।
_x000D_
_x000D_

_x000D_
_x000D_
निधन भएको भनी समाचार बनेको मान्छेलाई जिउँदै भेटेको सम्झिए। बन्दुक नै नचलेको अवस्थामा पनि बन्दुक चलेको समाचार आएको उनी बताउँछन्। ‘हामी त्यसबेला समाचारको विश्वनीयतामा भन्दा पनि समाचार प्रकाशित गर्ने ध्याउन्नमा हुन्थ्यौं,’ धिताल भन्छन्। यस किसिमको भ्रामक समाचार दिने काममा सरकारी सञ्चारमाध्यम पनि लागि परेको उनको आरोप छ।
_x000D_
_x000D_
रेडियोले पत्रिकाको ठाउँ लियो
_x000D_
नेपालमा २००१ मा संकटकाल घोषणा भएपछि जनादेश साप्ताहिकका प्रधान सम्पादकको हत्या गरियो। धितालजस्ता निकै पत्रकारहरु पक्राउ परे। धिताल युद्धताकाको रिपोर्टिङ सम्झँदै भन्छन्, ‘हामी जस्ता पत्रकारलाई आफू जहाँ जाँदा पनि छपाइ मेसिन र पत्रिका प्रकाशन गर्न चाहिने कागज बोकेर जानुपर्ने स्थिति थियो। चाहे त्यो दुर्गम गाउँ होस् वा जंगल।'
_x000D_
_x000D_
माओवादीको आधार इलाका दुर्गम गाँउमा हुनु र आम मानिसको साक्षरता प्रतिशत कम हुँदा माओवादी आन्दोलनका विषयमा बुझाउन र समर्थक बढाउन निकै मेहनत गर्नुपरेको उनको अनुभव छ। २००१ को जनगणनाअनुसार नेपालको साक्षरता प्रतिशत ५४ दशमलव १ थियो जसमा ७० प्रतिशत राजधानी काठमाडौंकेन्द्रित थिए। काठमाडौंका तुलनामा माओवादीको आधार रहेको हुम्लामा जम्मा २७ दशमलव १ प्रतिशत जनता मात्र साक्षर थिए। राष्ट्रिय रुपमा बढ्दै गएको एफएम रेडियोको लोकप्रियताका विषयमा माओवादी अध्यक्ष प्रचण्ड पनि परिचित थिए।
_x000D_
_x000D_
बोकेर हिँड्न मिल्ने रेडियो स्टुडियो बनाउने प्रचण्डले निर्णय गरे। जसले राजधानी काठमाडौं र माओवादीको मुख्य थलो रोल्पा र रुकुममा पनि सुनिन सकिने व्यवस्थासहित पाँच स्थानमा यस्तो रेडियो स्थापना गर्ने निर्णय भयो। नोभेम्बर ७, २००३ मा अध्यक्ष प्रचण्डले पहिलो रेडियो च्यानलका रुपमा रेडियो जनगणतन्त्रको सुरुवात गरे। सरकारी हस्तक्षेपलाई ध्यानमा राख्दै माओवादीले यस्तो रेडियो घुमन्ते बनाए। यस्तो रेडियोको एन्टेना अरुले थाहा नपाउने किसिमका हुने गर्थे। ‘हामीले प्रत्यक्ष समाचार प्रसारण गर्न इन्टरकम प्रविधिदेखि स्याटेलाइट फोनसम्मका सबै प्रविधि प्रयोग गर्यौं’, धिताल भन्छन्।
_x000D_
_x000D_
समाचार प्रेषणमा कसले कुन पक्षको रिपोर्टिङ गरेको हो भन्नेमा भर पर्दथ्यो। एक उदाहरण दिँदै धिताल भन्छन्, ‘मैले रिपोर्टिङ गरेको समाचारमा ७७ माओवादी र १ सय ५० सरकारी पक्षको निधन भएको समाचार हुन्थ्यो भने सरकारी समाचार माध्यमको रिपोर्टिङमा ३१ सुरक्षाकर्मी, दर्जनौँ स्थानीय र सयौंको संख्यामा माओवादी मारिएको रिपोर्टिङ हुन्थ्यो।’
_x000D_
_x000D_
OOO
_x000D_
_x000D_
युद्ध मैदानमा माओवादीसँग जाँदा, उनीहरुसँग एउटै शिविरमा परिवार जसरी बस्दा र उनीहरुको मृत्युलाई नजिकबाट देख्दा माओवादी पक्षमै रिपोर्टिङ गर्न मन लाग्ने उनी बताउँछन्।
_x000D_
_x000D_
बेनीमा भएको सरकारी पक्ष र माओवादी पक्षको द्वन्द्वबाट फर्किंदा सैन्य हेलिकोप्टरबाट आक्रमण भएको उनी सम्झन्छन्। ‘तीन लडाकुले एक घाइते लडाकुलाई बोकेका थिए। ती सबै मेरो आँखाअगाडि नै मारिए’, घटना सम्झिँदै धिताल भन्छन्, ‘म नजिक पनि एउटा बम विस्फोट भयो, जसको असरले म पाँच मिटेनसम्म अर्धचेत अवस्थामा पुगेँ। जब मेरो चेत खुल्यो, अगाडि धेरै मृत शरीर लडेका थिए। यस्तो घटना देखेपछि हामीले जति चाहे पनि हाम्रो काममा माओवादीप्रतिको निष्ठा देखिन्थ्यो। हामी तटस्थ बस्न सकेनौं।’
_x000D_
_x000D_
माओवादीद्वारा सञ्चालित क्रान्तिको समर्थक भए पनि क्रान्तिका अवधिमा जेनेभा महासन्धिमा युद्धबन्धकहरु बारेमा पढेको कुराहरु सधैँ सम्झिने गरेको उनी बताउँछन्। उनले भने, ‘हामीले विद्रोही समूहलाई महासन्धिको विषयमा बरम्बार बताउने गरेका थियौं। र, सरकारी बन्धकलाई युद्धबन्धक नीतिअनुसार नै व्यवहार गर्न आग्रह गर्थ्यौं।’
_x000D_
_x000D_
राष्ट्रिय टिभी प्रसारण नियन्त्रणमा
_x000D_
‘भिडियो फुटेजहरु सूचनाका महत्वपूर्ण स्रोत हुन सक्ने निर्णयपश्चात् २००६ मा धितालले भिडियो सम्बन्धी तालिम दिन थाले। भिडियो क्यामेरा कसरी सञ्चालन गर्ने कसैलाई थाहा थिएन। धितालले भने, ‘हामीले यो सिक्यौँ र हाम्रा गतिविधिको भिडियो र रिपोर्टिङको भिडियो बनाउन थाल्यौँ। पहिलो परीक्षण प्रसारण २००६ अप्रिलबाट सुरु गरेका थिए उनीहरुले। धिताल सहितका उनका सहकर्मीले भिडियो, भ्वाइस ओभर र समाचार सहितको रिपोर्टिङ निर्माण गरे।
_x000D_
_x000D_

_x000D_
_x000D_
उनीहरुले निर्माण गरेको भिडियो समाचारलाई माओवादी लडाकु धेरै भएको स्थानमा त्यहाँका स्थानीय केबल टिभी सञ्चालकहरुले राष्ट्रिय समाचारको स्थानमा राति ८ बजे प्रसारण गर्न थाले। 'यो हाम्रो प्रोपगान्डाको उच्चतम रुप थियो,' धिताल भन्छन्, ‘त्यो समय स्थानीय बासिन्दामा माओवादीले राष्ट्रिय टिभीलाई नियन्त्रणमा लिएको भ्रामक बुझाइ थियो। यथार्थमा त्यस्तो थिएन।'
_x000D_
_x000D_
त्यही समय धितालको निर्देशनमा माओवादी लडाकुले प्रमुख राजनीतिक दलका वरिष्ठ नेतालाई सहर प्रवेशमा रोक लगायो। ती नेतासँग धितालले अन्तर्वार्ता लिई आफ्नो समाचारमा प्रसार पनि गरेका थिए। जसले गर्दा स्थानीयको भ्रममा थप बल पुगेको थियो।
_x000D_
_x000D_
यस्ता अन्तर्वार्ताको प्रतिफल प्रजातन्त्र प्राप्तिको जनआन्दोलनमा जनताहरु तत्कालीन राजतन्त्रको विरुद्धमा सडकमा आउन थालेको धितालको बुझाइ छ। माओवादीले पाल्पाको तानसेनमा १ फेब्रुअरी २००६ मा गरेको आक्रमण नौतिक रुपमा राजाविरुद्ध विजय भएको उनी बताउँछन्। उक्त युद्धको उनले भिडियो पनि बनाए। रातिको समय भएको युद्धमा हातमा भिडियो क्यामेरा लिएर उनले युद्धको प्रत्यक्ष छायांकन गरे।
_x000D_
_x000D_
इतिहासको पुनःलेखन
_x000D_
‘हाम्रो पत्रकारिताको उद्देश्य नै नेपालको इतिहासको पुनःलेखन गर्नु थियो’, धिताल भन्छन्, ‘हामीले इतिहासलाई छायाकंन गर्दै थियौँ, हामीले नेपालको कथा लेख्यौँ, अडियो रेकर्डिङ गर्यौँ र भिडियो पनि बनायौँ।’
_x000D_
_x000D_
२००६ सम्म सम्पूर्ण नेपालीको माग नै नयाँ संविधान भई सकेको थियो। नयाँ संविधानको एजेन्डा आफूहरु जस्ता क्रान्तिकारी पत्रकारको माग मात्रै नभई मुलधारका पत्रकारको पनि साझा माग रहेको उनी बताउँछन्। हाम्रो एजेन्डाले राष्ट्रिय रुप लिँदा हामीलाई युद्ध जितेको अनुभूति भइसकेको थियो र हामीले इतिहास लेख्यौँ भन्ने विश्वास भइसकेको थियो।
_x000D_
_x000D_
OOO
_x000D_
_x000D_
यो विषयमा नेपालको एक अंग्रेजी साप्ताहिक पत्रिका नेपाली टाइम्सका सम्पादक कुन्दन दीक्षित भने शंका व्यक्त गर्छन्। दीक्षितका अनुसार माओवादी एक हदसम्म सफल भए पनि त्यो पत्रकारिताको माध्यमबाट थिएन। उनीहरुले वर्षौंदेखि नेपालमा रहँदै आएको शासित वर्गलाई उत्पीडन र थिचोमिचोबाट मुक्त गर्ने वाचाका कारण उनीहरु सफल भएका थिए।
_x000D_
_x000D_
माओवादी पत्रकारबाट नेपालको इतिहास लेखनमा केही सहयोग गरे पनि सम्पूर्ण श्रेय लिन उनीहरुले नसक्ने बताउँछन्, दीक्षित। नेपाली सञ्चारमाध्यमलाई माओवादीले गरेको ज्यादती कहिल्यै बिर्सिन नसकिने उनी बताउँछन्।
_x000D_
_x000D_
प्रत्येक देशको राजनीतिक आन्दोलनमा त्यहाँका सञ्चारमाध्यमको प्रत्यक्ष हात रहने धिताल बताउँछन्। 'हामीले रिपोर्टिङका क्रममा आफनो वैयक्तिक स्वार्थलाई भन्दा देशको परिर्वतनमा बढी केन्द्रित रह्यौँ,' उनी भन्छन्, ‘यसो गर्नु हाम्रो राष्ट्रिय दायित्व पनि थियो। अझ हाम्रो सम्पादकको हत्यापछि हामीले मर्न परे पनि लेख्न नछाड्ने हाम्रो प्रतिबद्धता गरेका थियौं।’
_x000D_
_x000D_
OOO
_x000D_
_x000D_
विघटित संसदलाई तत्कालीन राजाले २००६ मा पुनःस्थापना गरे पनि पुनःगठित संसदले राजाको अधिकार कटौती गर्यो। त्यही वर्ष सरकार र माओवादीले बृहत् शान्ति सम्झौतामा सहमति गरे। दशक लामो गृहयुद्ध अन्त्य भयो। जनवरी २००७ मा माओवादी बहुदलीय प्रतिनिधिसभामा सहभागी भयो। त्यसपछि बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र हटाउने निर्णय लियो। त्यसपछिको अर्को वर्ष भएको संविधानसभा र प्रतिनिधिसभाको निर्वाचनमा माओवादीले ५ सय ७५ सिटमध्ये २ सय २० सिट ल्याई पहिलो पार्टी बन्न सफल भयो।
_x000D_
_x000D_
OOO
_x000D_
_x000D_
युद्ध समाप्त भएको १२ वर्षभन्दा लामो समयसम्म पनि धितालका पूर्व सहकर्मी अझै बेपत्ता छन्। तत्कालीन माओवादी एमालेसँगको एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको छ। नेपाल गणतान्त्रिक राज्य भए पनि धितालका बेपत्ता साथीको अझै अत्तोपत्तो छैन। उनी सरकारले आफ्ना बेपत्ता साथीलाई कहिले न्याय दिन्छ भनेर पर्खिरहेका छन्।
_x000D_
_x000D_
'यो ज्यादै दु:खद कुरा हो। हामीले जनयुद्धलाई समर्थन गर्यौँ। गणतन्त्र पनि स्थापना भयो,' उनी भन्छन्। तर, आफ्नो साथ र समर्थनको कुनै मतलब नराखिएको प्रति उनी धन्यवाद नै दिन्छन्।
_x000D_
_x000D_
जनादेश साप्ताहिकका सम्पादक कृष्ण सेनको हत्याको कथाले धिताललाई अझै कम्पन गराउँछ। 'मैले अपेक्षा गरेको थिएँ, सेन र गैरमाओवादी पत्रकार डेकेन्द्र थापाले न्याय पाउने छन् भनेर,' भन्छन्, 'अर्का हाम्रा सहकर्मी जेपी जोशीलाई के भयो हामीलाई अझै थाहा छैन।’
_x000D_
_x000D_

_x000D_
_x000D_
नेपाल पत्रकार संघको आन्तरिक प्रतिवेदन अनुसार जोशीलाई बेपत्ता पार्न माओवादीहरु आफै संलग्न भएको हुन सक्ने उल्लेख छ। जोशीले माओवादी नेतृत्वको निर्णय अवज्ञा गर्दा उनी बेपत्ता भएको हुन सक्ने धिताल बताउँछन्। राज्य र गैरराज्यका तर्फबाट बेपत्ता पारिएका पत्रकारका विषयमा थाहा दिन र उनीहरुलाई न्याय दिन आवश्यक भएको धितालको मत छ।
_x000D_
_x000D_
माओवादी आफैं पटकपटक सरकारमा गए पनि उनीहरुलाई किन बेपत्ता पारियो भन्ने विषयमा कुनै औपचारिक धारणा आएको छैन। युद्धका दौरान माओवादीलाई निकै ठूलो सहयोग गरे पनि सरकारमा गएपछि माओवादी तत्कालीन सरकारले समर्थक पत्रकारको किन हत्या गर्यो भन्ने विषयमा केही पनि गरेनन्।
_x000D_
_x000D_
‘उनीहरु त्यसको कारण नै पत्ता लाउन चाहँदैनन्। सत्य निरुपण आयोगलाई पूर्ण रुपमा काम गर्न पनि उनीहरुले सहयोग गरिरहेका छैनन्,’ धिताल भन्छन्, ‘न्याय इतिहास भइसक्यो, सायद उनीहरु भविष्यका लागि काम गरिरहेका छु भन्लान्। तर इतिहासले उनीहरुसँग यसको जवाफ अवश्य माग्नेछ।’
_x000D_
_x000D_
माओवादी नाम अब आफैंमा इतिहास भइसक्यो तर धिताल जनयुद्धमा आफूले निर्वाह गरेको भूमिकाप्रति कुनै गुनासो नभएको बताउँछन्।
_x000D_
_x000D_
( यो सामग्री एसबीएस डट कम डट एयूमा प्रकाशित रिपोर्टको सम्पादित रुप हो - सम्पादक )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।