काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई जिस्काउने काम महँगो पर्ने चेतावनी दिएका छन्। झापा-५ मा उम्मेदवारी दर्तापछि एमालेलाई नबिच्काउने आग्रह गरे।
उनले आफूहरू उम्मेदवारी दर्ता गर्न आउने क्रममा रास्वपाका कार्यकर्ताबाट असभ्य खालको क्रियाकलाप देखाएको बताए।
उनले चुनावमा आफूहरू स्वस्थ प्रतिस्पर्धा गर्ने पक्षमा रहेको समेत बताए । उम्मेदवारी दर्ता गर्न ओली जाने क्रममा रास्वपा कार्यकर्ताहरूले नाराबाजी गरेपछि झडप भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।