काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य सोबिता गौतमले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् ।
गौतमले मंगलबार निर्वाचन अधिकृतको कार्यालय गएर उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा रास्वपा चितवनका जिल्ला सभापति कृष्णप्रसाद भुसाल र समर्थकमा रास्वपाको भरतपुर महानगरपालिका समितिका उपसभापति आशिष लो तामाङ रहेका छन् ।
गौतम २०७९ को निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन् । यसपटक रास्वपाका निवर्तमान सांसदहरू २०७९ मा जितेकै निर्वाचन क्षेत्रबाट उम्मेदवार हुँदा गौतम भने चितवन गएकी हुन् । काठमाडौं २ मा रास्वपाले सुनिल केसीलाई उम्मेदवार बनाएको छ । केसीले सोमबार मात्रै राप्रपा परित्याग गरी रास्वपा प्रवेश गरेका थिए ।
चितवन ३ मा नेकपाकी रेनु दाहाल उम्मेदवार बनेकी छन् । भरतपुर महानगरपालिका प्रमुखबाट राजीनामा दिएर दाहाल उम्मेदवार बनेकी हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।