लन्डन– बेलायतको एक अदालतले एक मस्जिदका मुस्लिम इमामलाई नाबालिगको विवाह गराएको आरोपमा जेज सजाय सुनाएको छ। सन् २०२३ को नोभेम्बमा मस्जिदमा उक्त विवाह भएको थियो । जहाँ केटा र केटी दुवैको उमेर १६ वर्षभन्दा कम थियो ।
मस्जिदका इमाम अशरफ उस्मानीले नर्थम्पटन क्राउन कोर्टमा आफूलाई बेलायतमा विवाहको उमेर १८ वर्ष तोकिएको जानकारी नभएको बताएका थिए । बीबीसीका अनुसार ५२ वर्षीय इमाम उस्मानीले यसअघि अदालतको सुनुवाइका क्रममा नर्थम्प्टन सेन्ट्रल मस्जिदमा बाल विवाह गराएको दुईवटा आरोप स्वीकार गरेका थिए ।
अदालतका न्यायाधीशले यस घटनामा ‘हिंसा तथा जबर्जस्ती’ सहभागी नभएको स्वीकार गरेको छ । साथै किशोर र किशोरीले आफ्नो सहमतिमा अशरफ उस्मानी मस्जिदमा विवाह गर्न आएको बताइएको छ ।
यसै आधारमा मस्जिदका इमामलाई १५ साता अर्थात चा महिनाको जेल सजाय सुनाइएको थियो । अब त्यसलाई बढाएर १२ महिनाको बनाइएको छ । उस्मानले निकाह शुल्क ५० पाउन्ड लिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।