काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का आगामी फागुन २१ लाई तोकिएको प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन्।
खड्काले आफू चुनाव नलड्ने भए पनि आफ्ना समर्थक नेताहरूलाई पार्टीभित्रै मिलेर रूख चिह्नबाटै चुनाव लड्न, तथा नवनिर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिसँग संवाद गरेर अघि बढ्न निर्देशन दिए।
‘म कार्यवाहक सभापतिको जिम्मेवारीमा रहँदा संवादबाट समाधान खोज्नुपर्ने बेला हामी मुद्दामामिलामा गयौं, त्यसैले नैतिक हिसाबले म यो चुनाव लड्न सक्दिनँ,’ भन्दै खड्काले आफ्नो समूहमा भनेका थिए।
प्रतिनिधिसभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम छ।
कांग्रेसले संसदीय बोर्ड बैठक गरी उम्मेदवार तय गर्दैछ। निवर्तमान सभापति देउवानिकट नेताहरूलाई पनि टिकट दिने तयारी रहेको नेताहरूले जनाएका छन्। उम्मेदवारको टुंगो लगाउन बार्ड बैठक बसिरहेको छ । आजको बठकले सबै क्षेत्रको उम्मेदवारको निक्र्याेल गर्ने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।