काठमाडाैं– नेपाल नागरिक उड्डयन प्राधिकरणले हुम्लाको सिमिकोट विमानस्थल विस्तार गर्ने भएको छ। प्राधिकरणले १९ करोड ८६ लाख रुपैयाँ लगानी गरी विमानस्थलको एप्रोन निर्माण र हेलिप्याडलाई व्यवस्थित गर्न लागेको हो।
_x000D_
_x000D_
प्राधिकरणको एरोड्रम इन्जिनियरिङ विभागमा प्रमुख इन्जिनियर ध्रुवदास भोछिभोयाका अनुसार १८ महिनाभित्र सिमिकोट विमानस्थल विस्तारको काम सम्पन्न हुनेछ।
_x000D_
_x000D_
विमानस्थलमा एप्रोन निर्माणको काम दसैंअगाडि नै सुरु भए पनि कामले तिब्रता भने तिहारपछिबाट लिने उनको भनाइ छ।
_x000D_
_x000D_
विमानस्थल विस्तारको जिम्मा एपेक्स ग्लावा क्याराभान जेभीले पाएको छ। विमानस्थलमा ३ वटा जहाज पार्किङ गर्न सक्नेगरी एप्रोन निर्माण हुने उनले जानकारी दिए। साथै विमानस्थलमा बढ्दो हेलिकोप्टरको मुभमेन्टलाई मध्यनजर राख्दै हेलिप्याडलाई समेत व्यवस्थित गरिने उनको भनाइ छ।
_x000D_
_x000D_
मानसरोबर जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेसँगै सिमिकोट विमानस्थलमा हवाई मुभमेन्ट बढेको छ। हवाई मुभमेन्ट बढेपछि अहिलेको विमानस्थलको संरचनाले उडान व्यवस्थित गर्न असहजता भएको भन्दै प्राधिकरणले विमानस्थलमा एप्रोन निर्माण गर्न लागेको भोछिभोया बताउँछन्।
_x000D_
_x000D_
हुम्लाको सिमिकोट विमानस्थलमा अहिले समिट, तारा, सीता र मकालु एयरलाइन्सका जहाजले उडान भरिरहेका छन्। साथै नेपाल एयरलाइन्सले पनि हुम्लाको सिमिकोट विमानस्थलमा उडान सुचारु गर्ने तयारी गरिरेहेको छ।
_x000D_
_x000D_
नेपाल एयरलाइन्सले दसैंअगाडि नै सिमिकोट विमानस्थलमा परीक्षण उडान समेत गरिसकेको छ। साथै यो विमानस्थलमा हेलिकोप्टर कम्पनीहरुले समेत हवाई सेवा दिंदै आएका छन्। सिमिकोट विमानस्थलमा नेपालगञ्ज विमानस्थललाई बेस बनाउँदै उडान हुने गरेको छ।
_x000D_
_x000D_
सिमिकोट विमानस्थल हुम्ला जिल्लाको सिमिकोट नगरपालिकामा रहेको छ। सिमिकोट कैलाश माउन्टेन र मानसरोवर प्रवेश गेटको रुपमा पनि चिनिन्छ। सिमिकोट विमानस्थल १९७७ बाट सञ्चालनमा आएको हो। विमानस्थलको रनवे लम्बाई ६ सय २० मिटर र चौडाई २० मिटरको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।