स्वीट्जरल्याण्ड- चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड (यूएसबी) ले गरेको एक अध्ययनले जनाएको छ।
_x000D_
_x000D_
चीनमा अर्बपतिहरूको सङ्ख्या सन् २०१६ मा ३१८ रहेकोमा सन् २०१७ भरीमा ३१७ जना पुगेका र उनीहरूको संयुक्त सम्पत्ती एक करोड खर्ब १२ अर्ब रहेको उक्त बैङ्कले गरेको सर्वेक्षण प्रतिवेदनले देखाएको छ।
_x000D_
_x000D_
यसले चीन विश्वका धनाढ्य व्यवसायी उत्पादन गर्ने मुलुकमध्ये अग्रणी राष्ट्र बन्न सफल भएको उक्त बैङ्कको ठहर छ।
_x000D_
_x000D_
विश्वभरका दुई हजार १५८ धनाड्य व्यवसायीसँगको सम्पत्ती सन् २०१७ मा १९ प्रतिशतले बढी ८.९ ट्रिलियन पुगेको प्रतिवेदनमा जनाइएको छ। रिपोर्टमा यो पनि उल्लेख गरिएको छ कि स्थापित चिनियाँ धनाढ्यहरूलाई नबधनाढ्यहरूले पछि पार्ने गरेका छन्। सन् २०१७ मा १०६ जना नयाँ व्यक्तिले आफूलाई विश्वका धनाढ्य व्यवसायीको सूचीमा दर्ता गरेका थिए भने यस पहिले उक्त सूचीमा रहेका ५१ जना भने धनाढ्य व्यवासायीको सूचीबाट हटेका थिए।
_x000D_
_x000D_
'वितेको एक दशकमा चिनियाँ पूँजीपतिहरूले विश्वका केही ठूला तथा सफल कम्पनीहरूको स्थापना गर्न सफल भएका देखिएको छ' यूबिइस ग्लोबल म्यानेजमेन्टका प्रमुख जोसेफ स्टाडलरले भने, 'तर यो मात्रै शुरुवात हो। चीनको विशाल जनसङ्ख्या, नयाँ प्रबिधिको आविस्कार र उत्पादकत्व वृद्धिका लागि चिनियाँ सरकारले गरेको सहयोगले धनाढ्य व्यवसायीलाई आफ्नो व्यवसायको सफलताका लागि मात्र नभै यहाँका जनताको जीवनपद्धतिलाई अहिलेकोभन्दा राम्रो अवस्थामा पुर्याउने अभूतपूर्व मौका दिएको छ।'
_x000D_
_x000D_
यूबिएस तथा लेखा परीक्षकहरूको संस्था पिडब्लुसीका अनुसार अमेरिकामाभन्दा एसियामा अहिल्य नै धेरै धनाढ्यहरू रहेका छन्। वर्तमान प्रवृति कायम रहेमा उनीहरू धनी अमेरिकी व्यवसायीको तुलनामा आगामी तीन बर्षभित्र थप धनी बन्ने उक्त अध्ययन रिपोर्टमा उल्लेख छ।
_x000D_
_x000D_
सन् २०१६ मा विश्वका धनी व्यक्तिहरूको सूचीमा १६ जना चिनियाँ रहेकोमा अहिले विश्वका हरेक पाँच धनी व्यवसायीमध्ये एक जना चिनियाँ छन्।
_x000D_
_x000D_
बैङ्कले भनेको छ, ' धनी बनेकाहरुमध्ये ९७ प्रतिशत चिनियाँहरू आफ्नै परिश्रमले आफुलाई धनी व्यक्तिहरूको सूचीमा पार्न सफल भएका छन् र अधिकांश प्रबिधि तथा फुटकर सामानहरूको बिक्रेता रहेका छन्।'
_x000D_
_x000D_
प्रतिवेदनमा अमेरिकी क्षेत्र अझै पनि धेरै धनाढ्य व्यक्ति भएको क्षेत्र हो तर सम्पत्ती वृद्धि गर्ने उनीहरूको गति निकै कम रहेको छ। पाँच बर्ष पहिले अमेरिकाले विश्वका ८७ जना धनी व्यक्तिहरू उत्पादन गर्न सफल भएकोमा गत बर्ष सो सङ्ख्या ५३ मा झरेको थियो। पश्चिम यूरोपमा सन् २०१७ मा ४१४ मा १७ थप गरी जम्मा ४३१ धनीको संख्या पुगेको थियो ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।