काठमाडौं– लगानीकर्तालाई दिने बोनसका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको बोनसदर प्रतिशेयर ६२ देखि ८२ रुपैयाँसम्म रहेको बिमा समितिले जानकारी दिएको छ।
_x000D_
_x000D_
बिमा समितिको पछिल्लो तथ्यांकअनुसार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को बोनसदर प्रतिवर्ष ६१ देखि ७५ रुपैयाँसम्म रहेको छ। त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सका बोनसदर प्रतिवर्ष ६० देखि ८१ रुपैयाँ रहेको छ भने एशियन लाइफ इन्स्योरेन्सको बोनसदर प्रतिवर्ष ४१ देखि ८५ रुपैयाँसम्म रहेको छ।
_x000D_
_x000D_
समितिको विवरणअनुसार सूर्या लाइफ इन्स्योरेन्सको बोनसदर प्रतिवर्ष ३८ देखि ८३ रुपैयाँसम्म रहेको छ। त्यस्तै प्राइम लाइफ इन्स्योरेन्सको बोनसदर प्रतिवर्ष ३५ देखि ७५ रुपैयाँसम्म रहेको बीमा समितिको तथ्यांक छ। अमेरिकन (मेट) लाइफ इन्स्योरेन्स बोनसदर प्रतिवर्ष ३५ देखि ६० रुपैयाँसम्म रहेको छ। सबैभन्दा कम बोनसदर गुराँस लाइफ इन्स्योरेन्सको रहेको छ। इन्स्योरेन्सको बोनसदर प्रतिवर्ष २९ देखि ७६ हजार रुपैयाँसम्म रहेको छ।
_x000D_
_x000D_
४९ करोड ९३ लाख मागदाबी भुक्तानी गर्न बाँकी
_x000D_
_x000D_
चालु आर्थिक वर्ष (२०७५/०७६)को भदौ मसान्तसम्ममा जीवन बिमा कम्पनीहरुमा ८ हजार ५ सय ९२ वटा मागदाबी परेको छ। ती मागदाबीमध्ये ८ हजार ४ सय ४१ मागदाबीको भुक्तानी भएको छ। १ सय १५ मागदाबीका ४९ करोड ९३ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको समितिले जानकारी दिएको छ।
_x000D_
_x000D_
जीवन बिमा कम्पनीहरुले भदौ मसान्तसम्म ४५ करोड २१ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन्। त्यस्तै जीवन बिमा व्यवसायमा बिमकको कुल लगानी रकम १ खर्ब ८३ अर्ब ९९ करोड २० लाख रुपैयाँ पुगेको छ भने बिमा कम्पनीहरुको कुल चुक्तापुँजी २५ अर्ब ४२ करोड रुपैयाँ रहेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।