काठमाडौं- 'फेसबुक'बाट नेपाली रजतपटमा डेब्यु गरेका अभिनेता स्वतन्त्र प्रताप शाहले गैरआवासीय नेपाली संघ (एनआरएनए) को युवा संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन्।
अस्ट्रेलिया बस्दै आएका शाहले नेपाल र बाहिर रहेका नेपाली युवालाई एउटै सञ्जालमा जोड्नु आफ्नो प्रमुख लक्ष्य रहेको बताए। सिप आदान-प्रदानबाट युवाहरूलाई सक्षम बनाउनका लागि आफूले उम्मेदवारी दिएको उनको भनाइ छ। 'नेपालमा बस्ने युवाहरूलाई विदेशिएका युवाले हासिल गरेको सिप र ज्ञान दिएर स्वदेशमै रोजगार सिर्जना गर्ने केही योजनाहरु छन्,' उनले भने।
काठमाडौंमा एनआरएनको आठौं सम्मेलनमा युवा संयोजक पदमा शाहसहित डेनमार्कबाट लोकराज शर्मा, जापानबाट सुदन थापा जापान र इजरायलबाट दीपक ओलीले पनि उम्मेदवारी दिने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।