काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीच भएकाे भेटवार्तामा सर्वियाबाट उर्जामा लगानी र पर्यटक भित्र्याउने विषयमा छलफल भएको छ। युरो–एसिया इनर्जी सेक्युरिटी फोरममा भाग लिन सर्विया पुगेका उर्जामन्त्री पुन र उपप्रधानमन्त्री इभिकाबीच शनिवार शिष्टाचार भेटवार्ता भएको हो।
_x000D_
_x000D_
भेटमा द्विपक्षीय हितका विषयमा छलफल हुनुका साथै दुवै देशको बीचमा आगामी दिनमा गर्ने सहकार्यका विषयमा समेत कुराकानी भएको थियो।
_x000D_
_x000D_
गत मे महिनामा उपप्रधानमन्त्री इभिकाले गरेको नेपाल भ्रमणप्रति नेपाल सरकार,परराष्ट्रमन्त्री र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद समेत मन्त्री पुनले व्यक्त गरेका थिए।
_x000D_
_x000D_
भेटमा नेपाल र सर्विया असंलग्न आन्दोलनका सहयात्री मुलुक भएको भन्दै आगामी दिनमा समेत विश्व मंचमा प्रस्तुत हुंदा साझा धारणा बनाएर जाने विषयमा समेत छलफल भएको बताइएको छ।
_x000D_
_x000D_
मन्त्री पुनले नेपालको उर्जा र जलविद्युत क्षेत्रमा लगानीका लागि सर्वियाली लगानीकर्तालाई उत्प्रेरित गरिदिन समेत आग्रह गरे। उनले सरकारले १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य अघि सारेको भन्दै त्यसमा लगानी जुटाउन आफुले पहल गरिरहेको धारणा राखेका थिए।
_x000D_
_x000D_
सरकारले नेपालमा विदेशी पर्यटकहरुलाई भित्रयाउन भिजिट २०-२० कार्यक्रम अघि सारेको भन्दै त्यसमा सर्भियाली पर्यटकलाई नेपाल भ्रमणमा पठाउने वातावरण बनाईदिन पनि उनले उपप्रधानमन्त्री इभिकासंग आग्रह गरेका थिए।
_x000D_
_x000D_
‘तपाई आफै पनि नेपाल भ्रमणमा जानुभएको छ, नेपाल निकै सुन्दर पनि छ, सरकारले अघि सारेको अभियानमा सर्वियाली पर्यटकलाई नेपाल भ्रमणको लागी उत्प्रेरित गरेर सहयोग गर्नुभयो भने हामी आभारी हुने थियौ’ भेटमा मन्त्री पुनको भनाई उदृत गर्दै उनका निजी सचिव कमानसिंह थापाले भने।
_x000D_
_x000D_
जवाफमा सर्वियाका उपप्रधानमन्त्री इभिकाले नेपालसंगको सम्बन्ध मजवुत बनाउन सर्विया ईच्छुक रहेको भन्दै नेपालमा लगानीको लागी आफुले निजी क्षेत्रलाई उत्प्रेरित गर्ने र सर्वियाली पर्यटकलाई नेपाल भ्रमणमा जाने वातावरण बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
_x000D_
_x000D_
उनले इनर्जी फोरममा नेपाल सहभागी हुनुले पनि नेपाल र सर्वियाबीचको सम्बन्ध मजबुत भएको पुष्टि गरेको भन्दै आगामी दिनमा समेत दुबै देशको बीचमा थप सहकार्य हुने विश्वास व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।