पोखरा- पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कर्मचारीलाई सेवाग्राहीसँग एक पैसा बढी र एक पैसा कम राजश्व नलिन निर्देशन दिएका छन्। आर्थिक पारर्दशिता, मुस्कान सहितको सेवा प्रवाह र मीठो बोलीले सेवा प्रवाह गर्न आग्रह समेत गरे।
_x000D_
_x000D_
महानगरपालिकाको कर तथा राजश्व परिचालनसम्बन्धी १ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै उनले जनतासँग राजश्व लिँदा अनुचित काम नगर्न समेत उनले निर्देशन दिए। व्यक्तिगत फाइदा लिएको पाइएमा मान्य कारबाही गरिने समेत मेयर जिसीले उल्लेख गरे। ‘आर्थिक प्रशासनमा मिलाउने भन्ने कुरा हुँदैन, यदि त्यस्तो भएको पाइए ‘कम्प्रमाइज’ हँुदैन,’ उनले भने।
_x000D_
_x000D_
मेयर जिसीले पैसाभन्दा ठूलो सामाजिक प्रतिष्ठा हुने बताउँदै पैसा जति भएपनि त्यसले प्रतिष्ठा किन्न नसकिने बताए। ‘आर्थिक प्रलोभनमा नपरी इमान्दारिताका साथका काम गर्न कर्मचारीलाई निर्देशन दिन्छु,’ उनले भने, ‘कर तिर्न आउने सेवाग्राहीलाई गोप्य कोठामा लैजाने वातावरण नहोस्। भए महानगरलाई सह्य हुँदैन। कारबाही हुन्छ।’
_x000D_
_x000D_
महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले करमा मिलेमतो भएको पुष्टि भए ‘च्याँ’ पनि गर्न नपाउने चेतावनी दिए। ‘करमा तलमाथि गरेको प्रमाण फेला परे तपार्इंहरूको कुनै अनुरोध मान्न तयार छैनौं। तत्काल बर्खास्त गरिन्छ, त्यसैले राम्रो काम गर्नुस्,’ उनले भने, ‘कर्मचारीमा इमान्दारिता, कर्तव्यनिष्ठता र अनुशासन हुनुपर्छ, कर प्रशासनमा कुनै क्षमा हुँदैन।’
_x000D_
_x000D_
नागरिकको सेवा र सुविधाकै लागि कर संकलन गरिने भएकाले विलासिताका लागि कर प्रयोग नगर्न प्रशासकीय अधिकृत पौडेलले आग्रह गरे। उनले भने, ‘जनताले वडाबाटै सहज सेवासुविधा प्राप्त गरुन् भनेर अधिकार प्रत्योजन गरिएको छ। करबारे धेरै टीकाटिप्पणी भइरहेकाले त्यसलाई सुधारिने वाचा उनले गरे।
_x000D_
_x000D_
महानगरभित्रका ३३ वटै वडाका सचिव, कर तथा राजश्व प्रशासनसँग सम्बन्धित कर्मचारीलाई महानगरले हालै सञ्चालनमा ल्याएको कर प्रणाली, कर क्षेत्र, कर शुल्क लगायतबारे जानकारी दिइएको थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।