• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नलगाड जलविद्युत आयोजनाको डीपीआर दराजमै, लगानी अभावमा काम अलपत्र

64x64
नेपाल लाइभ बुधबार, भदौ ३१, २०८३  ०८:३७
1140x725

सुर्खेत– जाजरकोटको पूर्वी क्षेत्रमा निर्माण गर्ने भनिएको ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको दुई वर्ष बितिसक्दा पनि निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन। आयोजना निर्माणका लागि आवश्यक लगानीको स्रोत सुनिश्चित हुन नसक्दा डीपीआर प्रतिवेदन नै दराजमा थन्किएको छ 

नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत विद्युत् गृह र बारेकोट गाउँपालिका–८ अँधेरी खोलामा बाँध निर्माण गर्ने गरी आयोजनाको डीपीआर तयार गरिएको छ। डीपीआर स्वीकृत भएको लामो समय बितिसक्दा पनि निर्माणका लागि आवश्यक लगानी जुट्न नसकेको हो।

आयोजना निर्माणका लागि बजेटको व्यवस्था नहुँदा दुई वर्षदेखि काम ठप्पजस्तै रहेको स्थानीयवासीको गुनासो छ। सरकारको प्राथमिकतामा आयोजना नपर्दा पूर्वाधार निर्माणको महत्त्वपूर्ण परियोजना ओझेलमा परेको उनीहरूको भनाइ छ।

आठ वर्ष लगाएर बनेको डीपीआर पनि प्रयोगविहीन
आयोजनाको डीपीआर तयार गर्न करिब आठ वर्ष लागेको थियो। तत्कालीन ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतको कार्यकालमा डीपीआर स्वीकृत भएको थियो। तर डीपीआर स्वीकृत भएयता आयोजनाको निर्माणतर्फ उल्लेख्य प्रगति हुन सकेको छैन।

स्थानीयवासीले भने आयोजना निर्माणमा जानुको सट्टा सरकारले पुनः अध्ययन तथा अनुसन्धानको विषय उठाएर कामलाई पुरानै प्रक्रियामा फर्काउन खोजेको आरोप लगाएका छन्।

आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) समेत हुन सकेको छैन। लगानीको स्रोत सुनिश्चित नहुनु, मुआब्जा विवाद र पीपीए प्रक्रिया अघि नबढ्नुले आयोजनाको निर्माण प्रक्रिया थप अन्योलमा परेको छ।

आयोजना निर्माणका लागि आवश्यक लगानीको टुङ्गो नलागेसम्म निर्माण प्रक्रिया अघि बढाउन कठिन हुने देखिएको छ।

 आयोजनाको बाँध स्थलसम्म पुग्न कच्ची सडक निर्माणको काम पूरा भएको छ। त्यस्तै पुल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

आयोजना नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका विभिन्न वडामा फैलिएको छ। प्रस्तावित आयोजनाबाट नलगाड नगरपालिकाका वडा नम्बर २, ५, ७ र ८ तथा बारेकोट गाउँपालिकाका वडा नम्बर १, २, ५, ६, ७, ८ र ९ प्रभावित हुनेछन्।

नलगाड नगरपालिका–७ दल्लीमा विद्युत् गृह र बारेकोट गाउँपालिका–८ अँधेरी खोलामा आयोजनाको बाँधस्थल प्रस्ताव गरिएको छ। नलगाड खोला र ठूलीभेरीको दोभान नजिकै भूमिगत पावर हाउस निर्माण गर्ने योजना छ।

अँधेरीखोलादेखि दल्लीसम्म ८.५ किलोमिटर लामो मुख्य सुरुङ निर्माण गरिनेछ। त्यसबाहेक दुईदेखि तीन किलोमिटरसम्मका तीन वटा सहायक सुरुङ निर्माण गर्ने डीपीआरमा उल्लेख छ।

२४८ मिटर अग्लो बाँध, चार वटा टर्बाइन

Xtrem

Xtrem

आयोजनामा ५०० मिटर लामो र २४८ मिटर अग्लो बाँध निर्माण हुनेछ। जलाशयमा ४७ करोड ४० लाख घन मिटर पानी जम्मा हुने अनुमान गरिएको छ।

आयोजनामा चार वटा टर्बाइन जडान गरिनेछन्। प्रत्येक टर्बाइनबाट १०४.२५ मेगावाटका दरले कुल ४१७ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ।

आयोजनाबाट वार्षिक १ हजार २८०.४ गिगावाट घण्टा विद्युत् उत्पादन हुने डीपीआरमा उल्लेख छ। सुख्खायाममा ६०४.९ गिगावाट घण्टा र वर्षायाममा ६७५.५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।

उत्पादित विद्युत् ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत कोहलपुर सबस्टेसनमा जोडिनेछ। आयोजनास्थलदेखि कोहलपुरसम्म ११२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने योजना छ।

एक खर्ब २१ अर्बभन्दा बढी लागत अनुमान
आयोजना निर्माण सम्पन्न गर्न एक खर्ब २१ अर्ब ९१ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। निर्माण सुरु भएपछि छ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

कम्पनीले २०७४ मङ्सिर १६ गते विद्युत् उत्पादनका लागि सर्वेक्षण अनुमति पाएको थियो। तर‚ सर्वेक्षण अनुमति पाएको झन्डै नौ वर्ष पुग्न लाग्दा पनि आयोजना निर्माणको चरणमा प्रवेश गर्न सकेको छैन।

आयोजनाबाट प्रभावित हुने ५०३ घरधुरीका करिब ९७५ भौतिक संरचनाको मुआब्जा वितरणमा विवाद रहेको छ। ती संरचनाका लागि करिब ९० करोड रुपैयाँ मुआब्जा आवश्यक पर्ने अनुमान गरिएको छ।

परामर्शदाताले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार आयोजनाबाट कुल १ हजार १७२ घरधुरी प्रभावित हुने देखिएको छ।

ह्रास कट्टीमा अर्थ मन्त्रालयको पुरानै अडान
ऊर्जा मन्त्रालयले ह्रास कट्टी नगरी मुआब्जा उपलब्ध गराउन अनुरोधसहित अर्थ मन्त्रालयमा फाइल पठाएको थियो। तर अर्थ मन्त्रालयले पुरानै अडान कायम राख्दै ह्रास कट्टी गरेर मात्रै मुआब्जा उपलब्ध गराउन निर्देशन दिएको आयोजनाका फिल्ड प्रमुख इन्जिनियर पदम थापाले बताए।

उनका अनुसार ह्रास कट्टी गर्दा आयोजना प्रभावितले संरचनाको सुरु आती मूल्यभन्दा कम रकम पाउने अवस्था हुन्छ। आयोजना प्रभावितले भने ह्रास कट्टी नगरी संरचनाको सुरु आती मूल्यअनुसार नै मुआब्जा पाउनुपर्ने माग गर्दै आएका छन्।

आयोजना निर्माणपछि हरितगृह ग्यास उत्सर्जन घट्नुका साथै वार्षिक करिब सात लाख १७ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन हुनबाट जोगिने अनुमान गरिएको छ।

आयोजनाले क्षेत्रीय पूर्वाधार विकास, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, ग्रामीण अर्थतन्त्रको विकास तथा व्यापार व्यवसायका अवसर विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तर‚ लगानीको स्रोत सुनिश्चित नहुनु, मुआब्जा विवाद समाधान नहुनु र विद्युत् खरिद–बिक्री सम्झौता हुन नसक्दा जाजरकोटको ठुलो जलविद्युत् आयोजना अहिले निर्माणभन्दा बढी डीपीआरमै सीमित हुने जोखिममा परेको छ। 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  ०८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्