• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रेस काउन्सिलका अध्यक्षको प्रश्न– लोककल्याणकारी विज्ञापन आखिर हो के?

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २६, २०८३  १३:३०
1140x725

काठमाडौं– सरकारले छापा माध्यमले राज्यबाट प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनबापतको रकममा आधासम्म कटौती गरेपछि पत्रकारिता क्षेत्र आक्रोशित भएको छ। 

सरकारी निर्णय खारेजीको माग गर्दै नेपाल पत्रकार महासंघले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई भेट गरेको छ। मन्त्री तिमिल्सिना भने आफ्नो निर्णयमा टसमस नदेखिएको बताइएको छ।

सरकारी निर्णयबाट खासगरी देशका दूरदराजबाट प्रकाशित छापामाध्यम बन्द हुने सम्भावना बढेको छ। यसको समाधानका लागि माग भइरहेको छ।

यसै सन्दर्भमा बिहीबार प्रेस काउन्सिल नेपालमा समेत यसबारे छलफल भयो।

छलफलमा लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती नगर्न, तर बेथिति भए समाधानका लागि भरपर्दो आधार तय गर्न माग भएको छ। बिहीबार काउन्सिलमा भएको छलफलपछि काउन्सिल अध्यक्ष उमेश श्रेष्ठले फेसबुकमा लोककल्याणकारी विज्ञापनबारे लामो स्टाटस लेखेका छन्। उनले लोककल्याणकारी विज्ञापनका नाममा भएका गलत अभ्यास रोक्दै छापामाध्यम जोगाउन असल अभ्यास गर्ने छापामाध्यमलाई विज्ञापनबापतको रकम कटौती गर्न नहुने तर्क गरेका छन्।

उनले लोककल्याणकारी विज्ञापन सूचना हो वा सरकारी विज्ञापन भन्नेमा पनि स्पष्ट हुनुपर्नेमा जोड दिएका छन्। उनको सामाजिक सञ्जाल फेसबुक पोस्टमा लेखिएको लोककल्याणकारी विज्ञापनबारेको टिप्पणी जस्ताको तस्तै तल प्रस्तुत गरिएको छः

“७–८ हजार प्रति छाप्छु” भनेर विवरण बुझाइएको पत्रिका, वितरण हुने भनिएको पसलमा फोन गर्दा उत्तर आउँछ, “त्यो पत्रिका त यहाँ दस वर्षदेखि आएको छैन।’’ यदि यस्तो भइरहेको छ भने प्रश्न उठ्छ, लोककल्याणकारी विज्ञापनको नाममा हामी पत्रकारिता जोगाइरहेका छौँ कि दुरुपयोग पनि जोगाइरहेका छौँ?

आज (बिहीबार) छापा माध्यम बचाउ सुझाव कार्यदलका साथीहरूसँग प्रेस काउन्सिल नेपालमा लामो छलफल भयो।
उहाँहरूको पीडा मार्मिक छ। कागज महँगिएको छ। छपाइ खर्च बढेको छ। वितरण महँगिएको छ। निजी मिडियाले सरकारी विज्ञापन पाउने बाटो खुम्चिएको छ। व्यावसायिक विज्ञापन साना पत्रिकासम्म खासै पुग्दैन। उता फेसबुक, युट्युब, टिकटक र अनलाइनले पाठक र विज्ञापन दुवै तानेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो बेला लोककल्याणकारी विज्ञापनको रकम पनि उल्लेख्य रूपमा घटाइयो भने साना र स्वरोजगारमूलक छापा माध्यम संकटमा पर्छन् भन्ने उहाँहरूको चिन्ता जायज छ।
विशेषगरी स्थानीय तहमा चलेका मिडियालाई काठमाडौंको ठूलो मिडियासँग एउटै चस्माले हेर्न मिल्दैन। हुम्ला, जुम्ला, ताप्लेजुङ वा सोलुखुम्बुमा पत्रिका निकाल्नु र काठमाडौंमा निकाल्नु एउटै कुरा होइन। त्यहाँ लागत फरक छ, बजार फरक छ, विज्ञापन बजार झन् सानो छ। त्यसैले साना र स्थानीय मिडियालाई राज्यले संरक्षण गर्नुपर्छ भन्ने कुरामा मेरो विमति छैन। तर संरक्षणको मागसँगै हामीले एउटा असजिलो सत्य पनि हेर्नैपर्छ।

 

प्रेस काउन्सिलका कर्मचारीले छलफलमा सुनाएको तथ्य गम्भीर थियो। स्थानीय तहमा केही सय प्रति छापिने पत्रिकाले समेत हजारौँ प्रति सर्कुलेसन दाबी गरेका उदाहरण रहेछन्। धेरै सर्कुलेसन दाबी गर्ने ३० वटा पत्रिकाको नमुना अध्ययन गर्दा वितरण हुने भनिएका कतिपय स्टेसनरीमा फोन गरिएको रहेछ। त्यहाँबाट “पत्रिका आउँदैन” वा “दस वर्षअघि आउँथ्यो” भन्ने जवाफसमेत आएको रहेछ।
अब यो प्रश्नबाट भाग्न मिल्दैन।

वास्तविकभन्दा धेरै सर्कुलेसन देखाएर सरकारी पैसा लिइएको छ भने त्यो पत्रकारिता संरक्षण हो कि सार्वजनिक स्रोतको दुरुपयोग?
तर यसैलाई आधार बनाएर अर्को अतिवादमा पनि जान हुँदैन, “केहीले बदमासी गरे, त्यसैले सबैलाई पैसा बन्द गरौँ।”
त्यो पनि न्याय होइन। बैठकमा एक प्रकाशकले भनेको एउटा वाक्य मलाई अर्थपूर्ण लाग्यो– रोग लाग्यो भने उपचार गर्ने कि अंगै काट्ने?”
ठीक यही हो।

दुरुपयोग छ भने दुरुपयोग रोकौँ। झुटो सर्कुलेसन छ भने सर्कुलेसन जाँचौँ। नक्कली बिल छ भने अडिट गरौँ। पत्रिका नियमित निस्कँदैन भने सुविधा रोकौँ।
सरकारी रकम पाउनकै लागि कागजमा मात्रै पत्रिका देखाइएको छ भने त्यस्तो माध्यमलाई प्रणालीबाट निकालौँ। तर त्यसको सजाय वास्तविक रूपमा २०, ३०, ५० वर्षदेखि पत्रकारिता गरिरहेका मिडियालाई किन दिने? अर्कोतर्फ “२० प्रति मात्र छापेर काउन्सिलमा बुझाएर पैसा खान्छन्” भन्ने भाष्य पनि छलफलमा जोडदार रूपमा अस्वीकार गरियो।
प्रकाशकहरूको तर्क थियो, पत्रिका छाप्दा प्लेट, प्रेस र मेसिन चलाउने निश्चित लागत हुन्छ। २० प्रति र सयौँ प्रति छाप्दा सबै लागत समान नहुने भए पनि “२० प्रति मात्र छापेर पैसा खाइन्छ” भन्ने चित्रण व्यवहारिक वास्तविकतासँग मेल खाँदैन। उनीहरूले पनि दुरुपयोग भएको छ भने नियन्त्रण गर्नुपर्ने कुरा स्वीकार गरे।
यही ठाउँबाट अर्को अझ ठूलो प्रश्न उठ्छ–लोककल्याणकारी विज्ञापन आखिर हो के?

 

Xtrem

Xtrem

विज्ञापन हो कि मिडियालाई दिइने राज्य सहायता हो? यदि विज्ञापन हो भने त्यसको आधार पाठक हुनुपर्छ। कति जनाले पढे? कुन समुदायसम्म पुग्यो? कति प्रभावकारी भयो? स्वास्थ्यसम्बन्धी सूचना छापियो भने लक्षित समुदायसम्म पुग्यो कि पुगेन? विपद्सम्बन्धी सूचना थियो भने जोखिममा रहेका नागरिकसम्म पुग्यो कि पुगेन? राज्यले विज्ञापनमा पैसा खर्च गर्छ भने रिच र इम्प्याक्ट खोज्नु स्वाभाविक हो। तर यदि यसको वास्तविक उद्देश्य साना, स्वरोजगारमूलक र स्थानीय मिडियालाई आर्थिक रूपमा बचाउनु हो भने यसलाई विज्ञापनको खोल किन ओढाउने?
खुला रूपमा भनौँ, यो मिडिया सपोर्ट हो। त्यसपछि सहायता पाउने स्पष्ट आधार बनाऔँ। पत्रिकाले आफ्नै पत्रकार राखेको छ कि छैन? मौलिक समाचार उत्पादन गर्छ कि गर्दैन? स्थानीय सरकारको निगरानी गर्छ कि गर्दैन? भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, कृषि, वातावरण र सार्वजनिक सेवाका विषय उठाउँछ कि उठाउँदैन? आचारसंहिता पालना गर्छ कि गर्दैन? पत्रकारलाई पारिश्रमिक दिन्छ कि दिँदैन? स्थानीय भाषा र समुदायलाई सेवा गर्छ कि गर्दैन?

डिजिटल रूपान्तरणको प्रयास गरेको छ कि छैन? त्यसका आधारमा सहयोग गरौँ। कागजको थान र सर्कुलेसनको एउटा अंकलाई मात्रै पत्रकारिताको मूल्य नबनाऔँ। अझ एउटा संवेदनशील समस्या छ। अहिले पत्रपत्रिकाको वर्गीकरण र त्यसैका आधारमा पाइने लोककल्याणकारी विज्ञापन एकअर्कासँग जोडिएका छन्।
छलफलमा सहभागीबाटै प्रश्न उठ्यो, प्रेस काउन्सिलले नियमन पनि गर्ने, आचारसंहिताको कारबाही पनि गर्ने र त्यही संस्थाको प्रक्रियाबाट मिडियाको आर्थिक सुविधामा असर पर्ने वर्गीकरण पनि हुने हो भने स्वार्थ बाझिँदैन? भोलि कुनै पत्रिकाले प्रेस काउन्सिलकै आलोचना गर्नुपर्‍यो भने “मेरो वर्गीकरणमा असर पर्ला कि?” भन्ने डर सिर्जना हुनु स्वस्थ प्रणाली होइन। छलफलमा वर्गीकरण र नियमनको भूमिका अलग गर्नुपर्ने तर्क पनि बलियो रूपमा आयो। म स्वयं पनि यही मान्यता राख्छु, नियमन गर्ने संस्था र आर्थिक सुविधा निर्धारण गर्ने संरचनाबीच पर्याप्त दूरी हुनुपर्छ। किनकि प्रेस स्वतन्त्रता सरकारबाट मात्र होइन, नियमनकारी संरचनाबाट पनि सुरक्षित हुनुपर्छ।

अर्को कुरा पनि स्पष्ट हुनुपर्छ। यो बहसलाई “पत्रकारले सरकारी पैसा मागे” भनेर मजाक बनाउनु गलत हो। तर “प्रेस स्वतन्त्रता” भन्ने शब्द प्रयोग भयो भन्दैमा सार्वजनिक पैसामाथि प्रश्न नै गर्न नपाइने सोच पनि गलत हो। प्रेस स्वतन्त्रताको अर्थ सार्वजनिक पैसा प्रश्नविहीन हुनु होइन। र, सार्वजनिक पैसाको हिसाब माग्नुको अर्थ स्वतन्त्र मिडिया समाप्त गर्नु पनि होइन। दुवै कुरा सँगसँगै सम्भव छन्।
म साना मिडिया जोगिनुपर्छ भन्ने पक्षमा छु। यसको एउटा महत्त्वपूर्ण कारण छ। ठूला मिडियाले नदेख्ने सयौँ स्थानीय समस्या साना मिडियाले देख्छन्। स्थानीय अस्पतालमा औषधि छैन। विद्यालयमा शिक्षक छैन। गाउँपालिकामा अनियमितता छ। सडक पाँच वर्षदेखि बनेको छैन। सिँचाइको योजना कागजमा पूरा भयो, खेतसम्म पानी पुगेन।
यस्ता विषय काठमाडौंका ठूला न्युजरुमको प्राथमिकतामा नपर्न सक्छन्। तर स्थानीय पत्रकारका लागि यही समाचार हो। अर्कोतर्फ ठूला कर्पोरेट विज्ञापनदाताको प्रभावबाट बाहिर रहेका साना मिडियाले कहिलेकाहीँ ठूला स्वार्थविरुद्ध लेख्ने ठाउँ पनि दिन्छन्। त्यसैले सानो मिडिया भनेको सानो महत्त्व होइन। तर, सानो मिडिया जोगाउनुपर्छ भन्दैमा डमी मिडिया पनि जोगाउनुपर्छ भन्ने हुँदैन। त्यहाँ स्पष्ट रेखा कोर्नुपर्छ।

अहिले सामाजिक सञ्जालको युगमा यो झन् महत्त्वपूर्ण छ। मोबाइल उठाएर जे देख्यो त्यही फेसबुकमा हाल्न सकिन्छ। तर त्यो सबै पत्रकारिता होइन।
कसैले एउटा भिडियो हाल्यो, त्यो सूचना हुन सक्छ। पत्रकारले त्यसलाई पुष्टि गर्छ। सन्दर्भ खोज्छ। अर्को पक्ष सोध्छ। तथ्य जाँच्छ। सम्पादकीय जिम्मेवारी लिन्छ। त्यसपछि बल्ल त्यो समाचार बन्छ।
छलफलमा पनि “सूचना र समाचार फरक हुन्छ” भन्ने विषय उठ्यो। आजको समस्या के हो भने हामी एकातिर जिम्मेवार पत्रकारितालाई कमजोर बनाउँदैछौँ, अर्कोतिर एल्गोरिदमले धकेलेको अपुष्ट र सनसनीपूर्ण सामग्रीलाई बजार सुम्पिरहेका छौँ। त्यसैले छापा माध्यम मरोस् भन्ने सोच पनि दूरदर्शी होइन।
तर पुरानै संरचना जसरी चल्यो त्यसरी नै अनन्तकाल चल्नुपर्छ भन्ने सोच पनि सही होइन।

त्यसो भए समाधान के?

मेरो विचारमा, लोककल्याणकारी विज्ञापनलाई केवल “रकम घटाउने कि बढाउने?” भन्ने बहसमा सीमित नगरौँ। पूरै प्रणाली पुनरावलोकन गरौँ।
वास्तविक सर्कुलेसनको स्वतन्त्र परीक्षण गरौँ। दाबी गरिएको वितरण प्रमाणीकरण गरौँ। अनलाइनबाट साभार गरेर कपिपेस्ट गर्ने पत्रिकाको साटो मौलिक पत्रकारितालाई बढी महत्त्व दिऔँ। पत्रकार राख्ने संस्थालाई प्राथमिकता दिऔँ। आचारसंहिता पालना गर्नेलाई प्रोत्साहन गरौँ। दुर्गम, स्थानीय र भाषिक मिडियालाई विशेष संरक्षण गरौँ। सार्वजनिक हितको पत्रकारितालाई छुट्टै सहायता दिऔँ। र सरकारी रकमका लागि मात्रै अस्तित्वमा रहेका निष्क्रिय वा नक्कली माध्यमलाई क्रमशः प्रणालीबाट बाहिर निकालौँ।

सबैभन्दा महत्त्वपूर्ण, राज्यको सहायता सरकारको प्रशंसा गरेबापत पाइने पुरस्कार बन्नु हुँदैन। सरकारको सबैभन्दा कडा आलोचना गर्ने पत्रिकाले समेत यदि मापदण्ड पूरा गरेको छ भने समान सहायता पाउनुपर्छ। त्यो नै प्रेस स्वतन्त्रता हो। कार्यदलका साथीहरूले कार्यविधि स्थगित वा पुनरावलोकन गर्न, सरकारी विज्ञापनमा निजी मिडियामाथि लागेको रोक हटाउन र मूल्यांकन प्रणाली पुनरावलोकन गर्न प्रस्ताव गर्नुभएको छ। यी मागमाथि छलफल हुनुपर्छ। तर सँगसँगै हामी मिडियाभित्रबाट पनि भन्न सक्नुपर्छ, जहाँ दुरुपयोग छ, त्यहाँ हामी दुरुपयोगको पक्षमा उभिँदैनौँ। न त “सबै पत्रकार सरकारी पैसा खान बसेका हुन्” भन्ने भाष्य स्वीकार गर्न सकिन्छ। न त “मिडिया संरक्षण” भन्ने नाममा हरेक पुरानो विकृति बचाउन सकिन्छ।

साना मिडिया बचाऔँ। स्थानीय पत्रकारिता बचाऔँ। सम्पादकीय पत्रकारिता बचाऔँ। तर दुरुपयोग नबचाऔँ। किनकि झुटो सर्कुलेसन देखाउने केही संस्थालाई जोगाउँदा सबैभन्दा ठूलो क्षति अन्ततः इमानदार पत्रकारलाई नै हुन्छ। जनताले सबैलाई एउटै नजरले हेर्न थाल्छन्। विश्वास घट्छ। र सार्वजनिक सहायता पाउने नैतिक आधार कमजोर हुन्छ। त्यसैले अहिलेको विवादलाई संकट मात्रै नठानौँ।
यो पुरानो, अपारदर्शी र विवादित प्रणालीलाई सुधारेर वास्तविक पत्रकारितालाई संरक्षण गर्ने नयाँ मोडेल बनाउने अवसर पनि हुन सक्छ। अन्तिम प्रश्न फेरि त्यही– हामी मिडिया बचाउन खोजिरहेका हौँ कि मिडियाको नाममा भएको दुरुपयोग पनि?

तपाईंको यसमा के विचार छ?

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा
सम्बन्धित सामग्री
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता थापाले साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी उनले नयाँ र पुरानो पुस्ताबीच पर्खाल खडा गर्ने नभई दुवै पुस्तालाई जोड्ने ‘सेतु’ बन्ने उद्देश्यले उम्मेदवारी दिएको बताए। मंगलबार, असोज २०, २०८३
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश न्यायाधीश उमेश लुइँटेलको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्