• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

जर्मनीमा दक्षिणपन्थी लहरको नेतृत्व गर्ने वीडल : आफैं ‘लेस्बियन’, पार्टी समलैंगिक विवाहविरोधी

64x64
नेपाल लाइभ बिहीबार, भदौ २५, २०८३  ०८:१४
1140x725

काठमाडौं– जर्मनीको स्याक्सोनी–आनहाल्टमा सेप्टेम्बर २०२६ मा भएको चुनावमा अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले ठूलो सफलता हासिल गरेको छ। दोस्रो विश्वयुद्धपछि पहिलोपटक जर्मनीको कुनै राज्यमा दक्षिणपन्थी पार्टी सत्तानजिक पुगेको हो।

प्रवासी र समलैंगिक विवाहप्रति कडा धारणा राख्ने एएफडीको नेतृत्व भने एलिस वीडलले गरिरहेकी छन्। पार्टीको राजनीतिक विचारधारासँग उनको निजी जीवनको ठूलो विरोधाभास देखिन्छ। 

वीडल स्वयं ‘लेस्बियन’ हुन्। श्रीलंकामा जन्मिएकी स्विस फिल्म निर्माता सारा बोसार्डसँग उनी लामो समयदेखि सम्बन्धमा छन्। उनीहरू स्विट्जरल्यान्डमा आफ्ना दुई छोरासँग बस्दै आएका छन्।

जर्मनीमा एएफडीको प्रभाव विस्तारमा वीडलको महत्त्वपूर्ण भूमिका रहेको मानिन्छ। राजनीतिमा आउनुअघि अर्थशास्त्र, बैंकिङ र चीनको अर्थतन्त्रबारे अनुभव हासिल गरेकी वीडल अहिले जर्मन दक्षिणपन्थी राजनीतिका प्रमुख अनुहारमध्ये एक बनेकी छन्।

जर्मन अखबार डाइ वेल्टका अनुसार वीडलको बाल्यकाल राजनीतिक चर्चाले भरिएको परिवारमा बितेको थियो। उनका अभिभावक कुनै राजनीतिक दलसँग आबद्ध थिएनन्। तर‚ उनका हजुरबुबा हान्स वीडल हिटलरको नाजी पार्टीसँग आबद्ध थिए र उनको राजनीतिक तथा प्रशासनिक करिअर पनि अघि बढेको थियो।

हिटलरले उनलाई सन् १९४१ मा नाजी कब्जामा रहेको वार्सामा सैन्य न्यायाधीश नियुक्त गरेका थिए। त्यसबेला वीडल परिवार सिलेसियामा बस्थ्यो, जुन अहिले पोल्यान्डको भू–भागमा पर्छ।

दोस्रो विश्वयुद्धमा जर्मनी पराजित भएपछि परिवार पश्चिमी जर्मनी पुगेको थियो। त्यहाँ उनीहरूले फर्निचरको व्यवसाय सुरु गरे। एलिस वीडलको जन्म सन् १९७९ मा भएको थियो। उनी ६ वर्षकी हुँदा उनका हजुरबुबाको मृत्यु भयो। वीडलका अनुसार नाजी शासनका क्रममा हजुरबुबाले गरेका कामबारे परिवारमा खासै चर्चा हुने गरेको थिएन।

आफ्नो विद्यालय जीवनबारे बताउँदै वीडलले त्यहाँका अधिकांश शिक्षक वामपन्थी विचारधाराबाट प्रभावित रहेको दाबी गरेकी छन्। उनका अनुसार शिक्षक र उनीबीच राम्रो सम्बन्ध थिएन।

Ncell 2
Ncell 2
nimb
nimb

उनले शिक्षकलाई जिस्क्याउन आफ्ना बुबाको मर्सिडिज कारमा स्कुल जाने गरेको बताएकी छन्। बाल्यकालमा वीडल डाक्टर बन्न चाहन्थिन्। तर उनका बुबाले उनलाई त्यसबाट निरुत्साहित गरे। बुबाको सुझावअनुसार उनले अर्थशास्त्र र व्यवसाय अध्ययन गरिन्।

त्यसपछि उनले बैंकिङ तथा व्यवसाय क्षेत्रमा करिअर सुरु गरिन्। केही समय अमेरिकी लगानी कम्पनी गोल्डम्यान स्याक्समा काम गरेपछि उनी चीन गइन्।

चीनमा वीडलले बैंक अफ चाइनामा काम गरिन् र करिब पाँच वर्ष त्यहाँ बसिन्। त्यही क्रममा उनले म्यान्डरिन भाषा सिक्नुका साथै व्यवसाय परामर्शदाताका रूपमा पनि काम गरिन्।

चीनमा रहँदा उनको रुचि त्यहाँको अर्थतन्त्रतर्फ बढ्यो। उनले चीनको पेन्सन प्रणालीको भविष्यबारे अनुसन्धान गरिन् र सन् २०११ मा यही विषयमा विद्यावारिधि पूरा गरिन्। त्यसपछि उनी जर्मनी फर्किइन्।

राजनीतिमा प्रवेश गर्नुअघि नै अर्थशास्त्र, बैंकिङ, व्यवसाय र चीनको अर्थतन्त्रबारे उनको अनुभव भइसकेको थियो। सन् २००७ मा वीडलको भेट सारा बोसार्डसँग भयो। बोसार्ड स्विट्जरल्यान्डकी फिल्म निर्माता हुन् र उनको जन्म श्रीलंकामा भएको थियो। उनी तीन महिनाकी हुँदा स्विट्जरल्यान्डका एक पादरी दम्पतीले उनलाई धर्मपुत्रीका रूपमा अपनाएका थिए।

वीडल र बोसार्डको मित्रता पछि प्रेम सम्बन्धमा परिणत भयो। उनीहरू सन् २००९ देखि सँगै छन्। दुवैले स्विट्जरल्यान्डमा आफ्ना दुई छोराको पालनपोषण गर्दै आएका छन्। बोसार्डले शुक्रकीट दानको सहयोगमा दुवै बच्चालाई जन्म दिएकी हुन्। दुवै बच्चाका जैविक पिता फरक–फरक पुरुष हुन्। उनीहरूका जैविक पिताको पहिचान भने सार्वजनिक गरिएको छैन।

वीडलका अनुसार राजनीतिमा प्रवेश गर्ने विचार पनि बोसार्डबाटै आएको थियो। एक कार्यक्रममा वीडल युरोपेली संघको राजनीतिबारे लगातार कुरा गरिरहेकी थिइन्। उनको लामो राजनीतिक बहसबाट दिक्क भएपछि बोसार्डले उनलाई राजनीतिबारे यति धेरै कुरा गर्ने भए आफैं राजनीतिमा जान सुझाव दिएको वीडलले बताएकी छन्।

एएफडीमा प्रवेशसँगै बढ्यो राजनीतिक प्रभाव
वीडल सन् २०१३ मा नयाँ स्थापना भएको एएफडी मा आबद्ध भइन्। त्यतिबेला पार्टीको मुख्य मुद्दा आप्रवासन वा समलैंगिक विवाह थिएन। पार्टीको मुख्य चासो युरो र युरोजोन संकट थियो।

आर्थिक संकटमा रहेका युरोपेली देशलाई जर्मनीले निरन्तर आर्थिक सहयोग दिनुपर्ने नीतिको एएफडी ले विरोध गरेको थियो। वीडल पनि युरोसम्बन्धी जर्मनीको नीतिकी आलोचक थिइन्। यही कारण उनी एएफडी तर्फ आकर्षित भएकी थिइन्।

पार्टीमा आबद्ध भएपछि उनको राजनीतिक प्रभाव तीव्र रूपमा बढ्यो। केही समयमै उनी राष्ट्रिय नेतृत्वमा पुगिन् र आर्थिक विषयमा जानकार तथा सञ्चारमाध्यममा पार्टीको धारणा प्रभावकारी रूपमा राख्न सक्ने नेताका रूपमा स्थापित भइन्।

सन् २०१५ मा जर्मनीसहित युरोपले ठूलो शरणार्थी संकटको सामना गर्‍यो। सिरियाको गृहयुद्धसँगै अफगानिस्तान, इराकलगायत देशमा युद्ध तथा हिंसाबाट प्रभावित ठूलो संख्याका मानिस सुरक्षित स्थानको खोजीमा युरोपतर्फ लागे। ठूलो संख्यामा शरणार्थी जर्मनी पुगे।

यो संकट एएफडी का लागि महत्वपूर्ण राजनीतिक मुद्दा बन्यो। आर्थिक र युरोसम्बन्धी मुद्दाबाट सुरु भएको पार्टी क्रमशः आप्रवासी तथा शरणार्थीविरोधी राजनीतिक धारका रूपमा स्थापित हुँदै गयो।

सन् २०१६ मा पार्टीले पहिलो घोषणापत्र सार्वजनिक गर्दा समलैंगिकतासम्बन्धी विषय पनि राजनीतिक एजेन्डामा समेटियो। एएफडी ले विद्यालयमा यौन शिक्षा तथा यौन विविधतासम्बन्धी शिक्षाको विरोध गर्‍यो।

‘लेस्बियन’ भएर पनि समलैंगिक विवाहको विरोध
यहीँबाट वीडलको व्यक्तिगत जीवन र उनको नेतृत्वमा रहेको पार्टीको नीतिबीचको विरोधाभास स्पष्ट हुन्छ। आफू लेस्बियन भए पनि वीडल समलैंगिक विवाहलाई कानुनी मान्यता दिने पक्षमा छैनन्।

उनले भने समलैंगिक जोडीलाई विवाहबाहेक कानुनी साझेदारीको अधिकार दिनुपर्ने धारणा राख्दै आएकी छन्। यस्तो साझेदारीअन्तर्गत सम्पत्ति, चिकित्सकीय निर्णय तथा केही आर्थिक र पारिवारिक विषयमा कानुनी अधिकार प्राप्त गर्न सकिन्छ।

वीडललाई आफू लेस्बियन भएर समलैंगिक अधिकारप्रति आलोचनात्मक पार्टीको नेतृत्व किन गरिरहेको भन्ने प्रश्न पटक–पटक उठ्ने गरेको छ। उनको जवाफमा व्यक्तिगत जीवन र पार्टीका सबै राजनीतिक मुद्दा एउटै हुन आवश्यक नभएको तर्क पाइन्छ।

उनले आफ्नो परिवारसम्बन्धी सोच पार्टीको तुलनामा बढी उदार रहेको स्वीकार गरेकी छन्। समलैंगिक विवाह जर्मनीको सबैभन्दा ठूलो प्राथमिकता नभएको उनको धारणा छ। उनका अनुसार समलैंगिक व्यक्तिका लागि सार्वजनिक स्थानमा आफ्नो पार्टनरसँग निर्भय भएर बस्न पाउनु बढी महत्वपूर्ण विषय हो।

वीडलले समलैंगिक व्यक्तिका लागि केही मुस्लिम समूहबाट खतरा रहेको दाबी गर्दै आप्रवासनमा कडाइ गरेमा समलैंगिक व्यक्तिको सुरक्षा बढ्ने तर्कसमेत गर्दै आएकी छन्। यसरी उनले आफ्नो लैंगिक पहिचानलाई नै एएफडीको कडा आप्रवासन नीतिको बचाउका लागि प्रयोग गर्ने गरेकी छन्।

सन् २०१३ मा स्थापना भएको एएफडीले त्यही वर्षको संघीय चुनावमा ४.७ प्रतिशत मत पाएको थियो। पछिल्ला सर्वेक्षणहरूमा भनेगायत राज्यमा एएफडी को प्रभाव बलियो छ। हालै स्याक्सोनी–आनहाल्टमा पार्टीले करिब ४४ प्रतिशत मत पाएको छ, जुन चान्सलर बन्न पर्याप्त हुने छैन। 

जर्मनीका अन्य प्रमुख दलहरूले एएफडी सँग गठबन्धन गर्न अस्वीकार गर्दै आएका समीकरणमा कसरी परिणत हुन्छ र त्यसले एलिस वीडललाई जर्मनीको चान्सलर बन्ने अवसर पार्टीको समर्थन करिब २७–२८ प्रतिशतसम्म पुगेको उल्लेख गरिएको छ।

पूर्वी जर्मनीका स्याक्सोनी र थुरिङियालगायत राज्यमा एएफडी को प्रभाव बलियो छ। हालै स्याक्सोनी–आनहाल्टमा पार्टीले करिब ४४ प्रतिशत मत पाएको छ, जुन उसको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो।

तर चुनावमा सबैभन्दा धेरै मत पाउनु मात्र वीडललाई जर्मनीको चान्सलर बन्न पर्याप्त हुने छैन। जर्मनीका अन्य प्रमुख दलहरूले एएफडी सँग गठबन्धन गर्न अस्वीकार गर्दै आएका छन्।

त्यसैले एएफडी ले सरकार गठन गर्न अन्य दलको समर्थन जुटाउनुपर्ने हुन्छ। पार्टीको बढ्दो लोकप्रियता आगामी राजनीतिक समीकरणमा कसरी परिणत हुन्छ र त्यसले एलिस वीडललाई जर्मनीको चान्सलर बन्ने अवसर दिन्छ कि दिँदैन भन्ने कुरा आगामी राजनीतिक विकासले निर्धारण गर्नेछ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  ०८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
२० दिनदेखि मुगु सडक सम्पर्कविहीन : दैनिक उपभोग्य वस्तुको हाहाकार, करोडौँको स्याउ बाटोमै कुहियो
एप्पलको फोल्डेबल ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य ?
पहिरोका कारण भेरी करिडोर अवरुद्ध, भेरी थुनिएको खबर गलत
सम्बन्धित सामग्री
जर्मनीमा दक्षिणपन्थी लहरको नेतृत्व गर्ने वीडल : आफैं ‘लेस्बियन’, पार्टी समलैंगिक विवाहविरोधी जर्मनीको स्याक्सोनी–आनहाल्टमा सेप्टेम्बर २०२६ मा भएको चुनावमा अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले ठूलो सफलता हासिल गरेको छ। दोस्रो विश्व... बिहीबार, भदौ २५, २०८३
राष्ट्रसंघको ८१औँ महासभा सुरु: ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ ‘विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन: सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको... बुधबार, भदौ २४, २०८३
इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी ट्रम्पले मध्यपूर्वमा जारी सैन्य कारबाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै युद्धपछि बजार स्थिर हुने बताए । उनले इरानलाई आणविक हतिय... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
२० दिनदेखि मुगु सडक सम्पर्कविहीन : दैनिक उपभोग्य वस्तुको हाहाकार, करोडौँको स्याउ बाटोमै कुहियो बिहीबार, भदौ २५, २०८३
एप्पलको फोल्डेबल ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य ? बिहीबार, भदौ २५, २०८३
पहिरोका कारण भेरी करिडोर अवरुद्ध, भेरी थुनिएको खबर गलत बिहीबार, भदौ २५, २०८३
जर्मनीमा दक्षिणपन्थी लहरको नेतृत्व गर्ने वीडल : आफैं ‘लेस्बियन’, पार्टी समलैंगिक विवाहविरोधी बिहीबार, भदौ २५, २०८३
नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
जलेको घर बालकोटबाट ओलीले सम्बोधन गर्ने बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्