काठमाडौं– जर्मनीको स्याक्सोनी–आनहाल्टमा सेप्टेम्बर २०२६ मा भएको चुनावमा अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले ठूलो सफलता हासिल गरेको छ। दोस्रो विश्वयुद्धपछि पहिलोपटक जर्मनीको कुनै राज्यमा दक्षिणपन्थी पार्टी सत्तानजिक पुगेको हो।
प्रवासी र समलैंगिक विवाहप्रति कडा धारणा राख्ने एएफडीको नेतृत्व भने एलिस वीडलले गरिरहेकी छन्। पार्टीको राजनीतिक विचारधारासँग उनको निजी जीवनको ठूलो विरोधाभास देखिन्छ।
वीडल स्वयं ‘लेस्बियन’ हुन्। श्रीलंकामा जन्मिएकी स्विस फिल्म निर्माता सारा बोसार्डसँग उनी लामो समयदेखि सम्बन्धमा छन्। उनीहरू स्विट्जरल्यान्डमा आफ्ना दुई छोरासँग बस्दै आएका छन्।
जर्मनीमा एएफडीको प्रभाव विस्तारमा वीडलको महत्त्वपूर्ण भूमिका रहेको मानिन्छ। राजनीतिमा आउनुअघि अर्थशास्त्र, बैंकिङ र चीनको अर्थतन्त्रबारे अनुभव हासिल गरेकी वीडल अहिले जर्मन दक्षिणपन्थी राजनीतिका प्रमुख अनुहारमध्ये एक बनेकी छन्।
जर्मन अखबार डाइ वेल्टका अनुसार वीडलको बाल्यकाल राजनीतिक चर्चाले भरिएको परिवारमा बितेको थियो। उनका अभिभावक कुनै राजनीतिक दलसँग आबद्ध थिएनन्। तर‚ उनका हजुरबुबा हान्स वीडल हिटलरको नाजी पार्टीसँग आबद्ध थिए र उनको राजनीतिक तथा प्रशासनिक करिअर पनि अघि बढेको थियो।
हिटलरले उनलाई सन् १९४१ मा नाजी कब्जामा रहेको वार्सामा सैन्य न्यायाधीश नियुक्त गरेका थिए। त्यसबेला वीडल परिवार सिलेसियामा बस्थ्यो, जुन अहिले पोल्यान्डको भू–भागमा पर्छ।
दोस्रो विश्वयुद्धमा जर्मनी पराजित भएपछि परिवार पश्चिमी जर्मनी पुगेको थियो। त्यहाँ उनीहरूले फर्निचरको व्यवसाय सुरु गरे। एलिस वीडलको जन्म सन् १९७९ मा भएको थियो। उनी ६ वर्षकी हुँदा उनका हजुरबुबाको मृत्यु भयो। वीडलका अनुसार नाजी शासनका क्रममा हजुरबुबाले गरेका कामबारे परिवारमा खासै चर्चा हुने गरेको थिएन।
आफ्नो विद्यालय जीवनबारे बताउँदै वीडलले त्यहाँका अधिकांश शिक्षक वामपन्थी विचारधाराबाट प्रभावित रहेको दाबी गरेकी छन्। उनका अनुसार शिक्षक र उनीबीच राम्रो सम्बन्ध थिएन।
उनले शिक्षकलाई जिस्क्याउन आफ्ना बुबाको मर्सिडिज कारमा स्कुल जाने गरेको बताएकी छन्। बाल्यकालमा वीडल डाक्टर बन्न चाहन्थिन्। तर उनका बुबाले उनलाई त्यसबाट निरुत्साहित गरे। बुबाको सुझावअनुसार उनले अर्थशास्त्र र व्यवसाय अध्ययन गरिन्।
त्यसपछि उनले बैंकिङ तथा व्यवसाय क्षेत्रमा करिअर सुरु गरिन्। केही समय अमेरिकी लगानी कम्पनी गोल्डम्यान स्याक्समा काम गरेपछि उनी चीन गइन्।
चीनमा वीडलले बैंक अफ चाइनामा काम गरिन् र करिब पाँच वर्ष त्यहाँ बसिन्। त्यही क्रममा उनले म्यान्डरिन भाषा सिक्नुका साथै व्यवसाय परामर्शदाताका रूपमा पनि काम गरिन्।
चीनमा रहँदा उनको रुचि त्यहाँको अर्थतन्त्रतर्फ बढ्यो। उनले चीनको पेन्सन प्रणालीको भविष्यबारे अनुसन्धान गरिन् र सन् २०११ मा यही विषयमा विद्यावारिधि पूरा गरिन्। त्यसपछि उनी जर्मनी फर्किइन्।
राजनीतिमा प्रवेश गर्नुअघि नै अर्थशास्त्र, बैंकिङ, व्यवसाय र चीनको अर्थतन्त्रबारे उनको अनुभव भइसकेको थियो। सन् २००७ मा वीडलको भेट सारा बोसार्डसँग भयो। बोसार्ड स्विट्जरल्यान्डकी फिल्म निर्माता हुन् र उनको जन्म श्रीलंकामा भएको थियो। उनी तीन महिनाकी हुँदा स्विट्जरल्यान्डका एक पादरी दम्पतीले उनलाई धर्मपुत्रीका रूपमा अपनाएका थिए।
वीडल र बोसार्डको मित्रता पछि प्रेम सम्बन्धमा परिणत भयो। उनीहरू सन् २००९ देखि सँगै छन्। दुवैले स्विट्जरल्यान्डमा आफ्ना दुई छोराको पालनपोषण गर्दै आएका छन्। बोसार्डले शुक्रकीट दानको सहयोगमा दुवै बच्चालाई जन्म दिएकी हुन्। दुवै बच्चाका जैविक पिता फरक–फरक पुरुष हुन्। उनीहरूका जैविक पिताको पहिचान भने सार्वजनिक गरिएको छैन।
वीडलका अनुसार राजनीतिमा प्रवेश गर्ने विचार पनि बोसार्डबाटै आएको थियो। एक कार्यक्रममा वीडल युरोपेली संघको राजनीतिबारे लगातार कुरा गरिरहेकी थिइन्। उनको लामो राजनीतिक बहसबाट दिक्क भएपछि बोसार्डले उनलाई राजनीतिबारे यति धेरै कुरा गर्ने भए आफैं राजनीतिमा जान सुझाव दिएको वीडलले बताएकी छन्।
एएफडीमा प्रवेशसँगै बढ्यो राजनीतिक प्रभाव
वीडल सन् २०१३ मा नयाँ स्थापना भएको एएफडी मा आबद्ध भइन्। त्यतिबेला पार्टीको मुख्य मुद्दा आप्रवासन वा समलैंगिक विवाह थिएन। पार्टीको मुख्य चासो युरो र युरोजोन संकट थियो।
आर्थिक संकटमा रहेका युरोपेली देशलाई जर्मनीले निरन्तर आर्थिक सहयोग दिनुपर्ने नीतिको एएफडी ले विरोध गरेको थियो। वीडल पनि युरोसम्बन्धी जर्मनीको नीतिकी आलोचक थिइन्। यही कारण उनी एएफडी तर्फ आकर्षित भएकी थिइन्।
पार्टीमा आबद्ध भएपछि उनको राजनीतिक प्रभाव तीव्र रूपमा बढ्यो। केही समयमै उनी राष्ट्रिय नेतृत्वमा पुगिन् र आर्थिक विषयमा जानकार तथा सञ्चारमाध्यममा पार्टीको धारणा प्रभावकारी रूपमा राख्न सक्ने नेताका रूपमा स्थापित भइन्।
सन् २०१५ मा जर्मनीसहित युरोपले ठूलो शरणार्थी संकटको सामना गर्यो। सिरियाको गृहयुद्धसँगै अफगानिस्तान, इराकलगायत देशमा युद्ध तथा हिंसाबाट प्रभावित ठूलो संख्याका मानिस सुरक्षित स्थानको खोजीमा युरोपतर्फ लागे। ठूलो संख्यामा शरणार्थी जर्मनी पुगे।
यो संकट एएफडी का लागि महत्वपूर्ण राजनीतिक मुद्दा बन्यो। आर्थिक र युरोसम्बन्धी मुद्दाबाट सुरु भएको पार्टी क्रमशः आप्रवासी तथा शरणार्थीविरोधी राजनीतिक धारका रूपमा स्थापित हुँदै गयो।
सन् २०१६ मा पार्टीले पहिलो घोषणापत्र सार्वजनिक गर्दा समलैंगिकतासम्बन्धी विषय पनि राजनीतिक एजेन्डामा समेटियो। एएफडी ले विद्यालयमा यौन शिक्षा तथा यौन विविधतासम्बन्धी शिक्षाको विरोध गर्यो।
‘लेस्बियन’ भएर पनि समलैंगिक विवाहको विरोध
यहीँबाट वीडलको व्यक्तिगत जीवन र उनको नेतृत्वमा रहेको पार्टीको नीतिबीचको विरोधाभास स्पष्ट हुन्छ। आफू लेस्बियन भए पनि वीडल समलैंगिक विवाहलाई कानुनी मान्यता दिने पक्षमा छैनन्।
उनले भने समलैंगिक जोडीलाई विवाहबाहेक कानुनी साझेदारीको अधिकार दिनुपर्ने धारणा राख्दै आएकी छन्। यस्तो साझेदारीअन्तर्गत सम्पत्ति, चिकित्सकीय निर्णय तथा केही आर्थिक र पारिवारिक विषयमा कानुनी अधिकार प्राप्त गर्न सकिन्छ।
वीडललाई आफू लेस्बियन भएर समलैंगिक अधिकारप्रति आलोचनात्मक पार्टीको नेतृत्व किन गरिरहेको भन्ने प्रश्न पटक–पटक उठ्ने गरेको छ। उनको जवाफमा व्यक्तिगत जीवन र पार्टीका सबै राजनीतिक मुद्दा एउटै हुन आवश्यक नभएको तर्क पाइन्छ।
उनले आफ्नो परिवारसम्बन्धी सोच पार्टीको तुलनामा बढी उदार रहेको स्वीकार गरेकी छन्। समलैंगिक विवाह जर्मनीको सबैभन्दा ठूलो प्राथमिकता नभएको उनको धारणा छ। उनका अनुसार समलैंगिक व्यक्तिका लागि सार्वजनिक स्थानमा आफ्नो पार्टनरसँग निर्भय भएर बस्न पाउनु बढी महत्वपूर्ण विषय हो।
वीडलले समलैंगिक व्यक्तिका लागि केही मुस्लिम समूहबाट खतरा रहेको दाबी गर्दै आप्रवासनमा कडाइ गरेमा समलैंगिक व्यक्तिको सुरक्षा बढ्ने तर्कसमेत गर्दै आएकी छन्। यसरी उनले आफ्नो लैंगिक पहिचानलाई नै एएफडीको कडा आप्रवासन नीतिको बचाउका लागि प्रयोग गर्ने गरेकी छन्।
सन् २०१३ मा स्थापना भएको एएफडीले त्यही वर्षको संघीय चुनावमा ४.७ प्रतिशत मत पाएको थियो। पछिल्ला सर्वेक्षणहरूमा भनेगायत राज्यमा एएफडी को प्रभाव बलियो छ। हालै स्याक्सोनी–आनहाल्टमा पार्टीले करिब ४४ प्रतिशत मत पाएको छ, जुन चान्सलर बन्न पर्याप्त हुने छैन।
जर्मनीका अन्य प्रमुख दलहरूले एएफडी सँग गठबन्धन गर्न अस्वीकार गर्दै आएका समीकरणमा कसरी परिणत हुन्छ र त्यसले एलिस वीडललाई जर्मनीको चान्सलर बन्ने अवसर पार्टीको समर्थन करिब २७–२८ प्रतिशतसम्म पुगेको उल्लेख गरिएको छ।
पूर्वी जर्मनीका स्याक्सोनी र थुरिङियालगायत राज्यमा एएफडी को प्रभाव बलियो छ। हालै स्याक्सोनी–आनहाल्टमा पार्टीले करिब ४४ प्रतिशत मत पाएको छ, जुन उसको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो।
तर चुनावमा सबैभन्दा धेरै मत पाउनु मात्र वीडललाई जर्मनीको चान्सलर बन्न पर्याप्त हुने छैन। जर्मनीका अन्य प्रमुख दलहरूले एएफडी सँग गठबन्धन गर्न अस्वीकार गर्दै आएका छन्।
त्यसैले एएफडी ले सरकार गठन गर्न अन्य दलको समर्थन जुटाउनुपर्ने हुन्छ। पार्टीको बढ्दो लोकप्रियता आगामी राजनीतिक समीकरणमा कसरी परिणत हुन्छ र त्यसले एलिस वीडललाई जर्मनीको चान्सलर बन्ने अवसर दिन्छ कि दिँदैन भन्ने कुरा आगामी राजनीतिक विकासले निर्धारण गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।