काठमाडौं– नेशनल, फर्स्ट र वोमी माइक्रोफाइनान्सले चालू आर्थिक वर्ष २०७५/०७६ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक वित्तीय विवरण अनुसार फर्स्ट माइक्रोफाइनान्सको अधिकांश सूचक नकारात्मक रहेको छ भने अन्य दुईको बढेको छ।
_x000D_
_x000D_
नेशनल माइक्रोफाइनान्सको नाफा २ कारोड ६४ लाख
_x000D_
_x000D_
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले असोज मसान्तसम्ममा २ करोड ६४ लाख ७२ हजार खुद मुनाफा कमाएको छ, जुन अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा ३४ दशमलब २१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले १ करोड ९७ लाख २३ रुपैयाँ खुद मुनाफा कमाएको थियो।
_x000D_
_x000D_
त्यस्तै संस्थाले ५ करोड ३४ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा १४ लाख १७ हजारले बढी हो। संस्थाले पहिलो त्रैमाससम्ममा ४ करोड १५ लाख ९९ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ।
_x000D_
_x000D_
१५ करोड रुपैयाँ चुक्ता पुँजी भएको संस्थाको पहिलो त्रैमास (वार्षिक)मा ७० रुपैयाँ ३८ पैसा प्रतिसेयर आम्दानी रहेको छ। तरलता अनुपात १८ दशमलव ८९ प्रतिशत र मूल्य आम्दानी अनुपात १ सय २१ रुपैयाँ १७ पैसा रहेको छ।
_x000D_
_x000D_
फर्स्ट माइक्रोफाइनान्सको अधिकांश सूचक नकारात्मक
_x000D_
_x000D_
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको मुनाफा ११ लाख रुपैयाँले घटेको छ। संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा २ करोड ३० लाख रुपैयाँ कमाएको छ। अघिल्लो वर्ष संस्थाले २ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो।
_x000D_
_x000D_
त्यस्तै संस्थाको खुद ब्याज आम्दानी ३५ लाख ४२ हजार रुपैयाँले घटेर ३ करोड ७३ लाख रुपैयाँ पुगेको छ। संस्थाले अघिल्लो वर्ष ४ करोड ८ लाख रुपैयाँ कमाएको थियो। संस्थाले असोज मसान्तसम्ममा १६ लाख ६५ हजार रुपैयाँ सञ्चालन मुनाफा घटाएको छ।
_x000D_
_x000D_
६८ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी भएको संस्थाको पहिलो त्रैमास सम्ममा प्रतिसेयर आम्दानी (वार्षिक) १३ रुपैयाँ ४८ पैसा रहेको छ। मूल्य आम्दानी अनुपात २९ दशमलव २२ गुणा रहेको छ।
_x000D_
_x000D_
वोमी माइक्रोफाइनान्सको नाफा ४८ प्रतिशतले बढ्यो
_x000D_
_x000D_
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले १ करोड ८ लाख ७० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा ४८ दशमलव ५५ पतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ७३ लाख १७ हजार रुपैयाँ खुदनाफा कमाएको थियो।
_x000D_
_x000D_
संस्थाले अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी ७० दशमलव ४६ प्रतिशतले बढाएको छ। साथै संस्थाको सञ्चालन मुनाफा ५५ लाख ८३ हजार रुपैयाँले बढेर १ करोड ७० लाख रुपैयाँ पुगेको छ।
_x000D_
_x000D_
१० करोड १० लाख रुपैयाँ चुक्ता पुँजी भएको संस्थाको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ०१ पैसा रहेको छ। मूल्य आम्दानी अनुपात २४ दशमलब ११ गुणा तरलता अनुपात १३ दशमलब ८८ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।