काठमाडौं–सामसङले नयाँ ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड८, ग्यालेक्सी जेड फ्लिप८ तथा ग्यालेक्सी वाच अल्ट्रा२ र वाच९ नेपालमा सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार नयाँ ग्यालेक्सी जेड सिरिजले फोल्डेबल प्रविधिमा नयाँ अनुभव प्रदान गर्नेछ। यसमा उत्पादकत्व, मनोरञ्जन तथा व्यक्तिगत अभिव्यक्तिलाई प्राथमिकता दिइएको छ।
ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रामा ८ इन्चको मुख्य डिस्प्ले, सुधारिएको क्यामेरा प्रणाली र शक्तिशाली कार्यक्षमता रहेको कम्पनीले जनाएको छ। ग्यालेक्सी जेड फोल्ड८ नयाँ डिजाइन र ४ः३ मुख्य डिस्प्लेसहित आएको छ।
त्यस्तै, ग्यालेक्सी जेड फ्लिप८ मा ५० मेगापिक्सेल क्यामेरा, प्रोभिजुअल इन्जिन र फ्लेक्सक्याम सुविधा समावेश गरिएको छ।
नयाँ ग्यालेक्सी वाच अल्ट्रा२ र वाच९ ले स्वास्थ्यसम्बन्धी गतिविधिको निरन्तर निगरानी तथा दैनिक स्वास्थ्य व्यवस्थापनलाई सहज बनाउने कम्पनीको दाबी छ।
नयाँ उपकरणहरू अगस्ट २६ देखि नेपालभर बिक्रीका लागि उपलब्ध भएका छन्। सामसङले २४ महिनासम्मको सहज किस्ता सुविधा पनि उपलब्ध गराएको जनाएको छ।
ग्यालेक्सी जेड फोल्ड८ अल्ट्राको मूल्य रु २ लाख ९९ हजार ९९९ देखि ३ लाख ३९ हजार ९९९, फोल्ड८ को रु २ लाख ७४ हजार ९९९ र फ्लिप८ को रु १ लाख ९४ हजार ९९९ तोकिएको छ।
त्यस्तै, ग्यालेक्सी वाच अल्ट्रा२ को मूल्य रु १ लाख २३ हजार ४९९ तथा वाच९ को मूल्य रु ६६ हजार ४९९ देखि रु ७१ हजार ४९९ सम्म तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।