काठमाडौं– विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित ग्राहकलाई सहयोग गर्दै डिसहोमले प्रभावित क्षेत्रमा १५ दिनसम्म निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।
प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भइरहेका बेला सूचना, सञ्चार तथा आपत्कालीन समन्वयमा इन्टरनेटको महत्वपूर्ण भूमिका हुने भएकाले प्रभावित ग्राहकलाई थप निःशुल्क सेवा दिने निर्णय गरिएको कम्पनीले जनाएको छ।
डिसहोम इन्टरनेटको पहुँच पुगेका त्रिशूली, बट्टार, गल्छी, आदमघाट र मलेखु क्षेत्रका ग्राहकले उक्त सुविधा पाउनेछन्।
विपद्को कठिन परिस्थितिमा ग्राहक तथा प्रभावित समुदायसँगै उभिँदै सेवा निरन्तरता र सूचना पहुँच सहज बनाउनु आफ्नो सामाजिक उत्तरदायित्व भएको डिसहोमले जनाएको छ। कम्पनीले सेवा तथा प्राविधिक सहयोगका लागि सम्बन्धित सेवा केन्द्र वा आधिकारिक ग्राहक सेवा माध्यमबाट सम्पर्क गर्न आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।