काठमाडौं– दुई वर्षयता अलैंचीको मूल्यमा भारी गिरावट आएपछि किसान र व्यवसायी चिन्तित बनेका छन्। कुनै समय प्रतिमन १ लाख रुपैयाँमा बिक्री हुने अलैंचीको मूल्य अहिले ३० हजारमा झरेपछि किसान र व्यवसायी निराश भएका हुन्।
_x000D_
_x000D_
पूर्वी पहाडी जिल्लाको मुख्य खेती अलैंची हो। पछिल्लो समय अन्य नगदेबाली उत्पादन हुने जमिन मासेर किसानले अलैंची खेती गर्दैआएका छन्।
_x000D_
_x000D_
अलैंची खेतीमा बढोत्तरी भए पनि बजार मूल्यमा आएको उच्च गिरावटका कारण यो खेतीप्रति किसानको आशा घट्दै गएको छ।
_x000D_
_x000D_
सरकारले अलैंची खेतीलाई उपेक्षा गरेको किसानको आरोप छ। सरकारले विदेश निर्यात हुने अलैंचीको मूल्य निधारण गर्न नसक्दा अन्य देशमा उत्पादन भएको अलैंचीभन्दा सस्तो भाउमा बिक्री गर्नुपरेको याङवारक गाँउपालिकका किसान डिल्ली न्यौपानेले बताए। अलैंची खेतीका लागि आवश्यक लगानी राज्यले नगरेको उनको आरोप छ। न्यौपानेले वार्षिक ९ देखि ११ मन अलैंची उत्पादन गर्दैआएका छन्।
_x000D_
_x000D_
यस्तै, बिर्तामोडमा भेटिएका इलाम फिक्कलका किसान रामबाबु गौतमले आधुनिक तरिकाले गर्नुपर्ने अलैंची खेती अझै परम्परागत तरिकाले नै गर्ने गरेको बताए। यस्ता विषयमा सरकारले चासो नदिएको उनको गुनासो छ।
_x000D_
_x000D_
परम्परागत खेती गरेकै कारण नेपालमा उत्पादन भएको अलैंचीले विदेशी बजारमा राम्रो भाउ नपाएको उनको भनाइ छ। सरकारले अलैंची किसानलाई यो खेतीसम्बन्धी तालिम नदिँदा वर्षौंदेखि परम्परागत खेती गर्नुगरेको गौतमको बुझाइ छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
भारतको आसाममा अलैंचीको उत्पादन अत्यधिक बढ्नु, भारत र पाकिस्तानको द्वन्द्वका कारण पाकिस्तान निर्यात हुने ५५ प्रतिशत अलैंचीमा गिरावट आउनु तथा नेपालमा उत्पादन बढे पनि विदेशी बजारमा भाउ बृद्धि नहुँदा किसानसँगै व्यवसायी पनि मारमा परेको नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले बताए।
_x000D_
_x000D_
चीनले अलैंची जस्तै जडीबुटी आफ्नै मुलुकमा उत्पादन गरेर बजारीकरण गर्नुले नेपालमा उत्पादन भएको अलैंचीको मूल्यमा गिरावट आएको उनको भनाइ छ।
_x000D_
_x000D_
सरकारले अलैंचीको मूल्य सरकारी स्तरमा छलफल गरेर निधारण गर्नुपर्ने अध्यक्ष भट्टराई बताँउछन्।
_x000D_
_x000D_
कतिपय व्यवसायीले मूल्य बढ्ने आशामा दुई वर्षदेखि अलैंची बिक्री नगरी गोदाममा राखेको उनीहरुको भनाइ छ। अलैंचीको मूल्यमा आएको गिरावटका कारण अर्थतन्त्र र व्यवसायीमा असर परेको व्यवसायी बताउँछन्।
_x000D_
_x000D_
भारत र भुटानमा अलैंची उत्पादन बृद्धि
_x000D_
_x000D_
नेपालको जस्तै हावापानी भएको भारतको सिक्किम र आसाम आसपासका क्षेत्रमा पछिल्लो समय अलैंची खेती बृद्धि भइरहेको छ।
_x000D_
_x000D_
सिक्किममा अलैंची उत्पादनमा सरकारले नै लगानी सुरु गरेको छ। विस्तारै भारतमा १५ देखि २५ सय मिटर उचाइसम्मको जमिनमा अलैंची खेती गर्ने क्रम बढदै गएको छ।
_x000D_
_x000D_
भट्टराईका अनुसार आसामको अलैंची नसकिँदासम्म नेपालमा माग आउने सम्भावना कम रहेको छ। अघिल्लो वर्षको तुलनामा असोज तेस्रो सातासम्म पनि माग कम आएको उनको भनाइ छ।
_x000D_
_x000D_
प्रतिमन ३० हजार
_x000D_
_x000D_
विगत दुई वर्ष प्रतिमन १ लाखसम्म पुगेको अलैंचीको भाउ हाल ३० देखि ३२ हजार प्रतिमन (४० किलो) बिक्री भइरहेको व्यवसायीहरुले बताएका छन्। बिर्तामोडमा पाँच जिल्लाको अलैंची संकलन हुने गरेको छ।
_x000D_
_x000D_
नेपालमा उत्पादन भएको अलैंची भारतीय बजारमा पुग्दा ३५ हजार मन बिक्री हुने गरेको छ। अलौंची उत्पादन हुने जिल्ल्लामा २७ हजार प्रतिमन व्यवसायीले किन्ने गरेका छन्।
_x000D_
_x000D_
भारतीय बाटोहुँदै युरोप निर्यात
_x000D_
_x000D_
नेपाल, भारत र भुटानमा उत्पादन भएको अलैंची भारतको बाटोहुँदै पाकिस्तान, खाडीका देश र युरोपमा निर्यात हुन्छ। सबैभन्दा बढी सामुद्रिक मार्ग भएर अलैंची निर्यात हुने व्यवसायीहरुले बताएका छन्। उच्च तापक्रम भएका देशमा अलैंचीलाई मसला बनाउने गरिन्छ। भारतहुँदै निर्यात हुने अलैंचीको मूल्य अहिलेको भन्दा तीन गुणा बढी हुने गरेको व्यवसायीले जानकारी दिएका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
अलैंची उत्पादन बढ्दो
_x000D_
_x000D_
कृषि मन्त्रालयका अनुसार अलैंची उत्पादन वार्षिक रुपमै बढ्दै गएको छ। मन्त्रालयको तथ्यांकअनुसार नेपालभित्र वार्षिक ४ देखि ५ हजार मेट्रिक टन अलैंची उत्पादन हुने गरेको छ।
_x000D_
_x000D_
हाल ४३ जिल्लामा अलैंची खेती हुने गरेको मन्त्रालयले जानकारी दिएको छ। प्रायः पहाडी जिल्लामा अलैंची खेती हुने गरेको छ।
_x000D_
_x000D_
ताप्लेजुङ, पाँचथर, इलाम तेहथुम, धनकुटा, भोजपुर संखुवासभा लगायतका जिल्लामा धेरै अलैंची उत्पादन हुने गरेको छ। ओसिलो ठाँउमा अलैंची खेती हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।