काठमाडौं– नेपाली बजारमा टाटाको नयाँ विद्युतीय एसयूभी सिएरा ईभी सार्वजनिक भएको छ। नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बुधबारदेखि सुरु भएको नाडा अटो शो २०२६ मा सिएरा ईभी सार्वजनिक गर्दै प्रि–बुकिङसमेत खुला गरेको हो।
कम्पनीका अनुसार सिएरा ईभीको डेलिभरी आगामी दसैँदेखि सुरु हुनेछ। नयाँ विद्युतीय एसयूभीको आगमनसँगै नेपाली ईभी बजारमा टाटाको उपस्थितिलाई थप बलियो बनाउने कम्पनीको विश्वास छ। सिप्रदीले हाल नेपाली बजारमा टियागो ईभी, पन्च ईभी, नेक्सन ईभी र कर्भ ईभी बिक्री गर्दै आएको छ।
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा ईभीको यात्रा नयाँ उचाइमा पुगेको बताए। ‘नयाँ टियागो ईभी र नयाँ पन्च ईभीमा नेपाली ग्राहकले देखाउनुभएको अभूतपूर्व विश्वासले हामीलाई उत्साहित बनाएको छ। काठमाडौंका सडकदेखि देशका विकट भूगोलसम्म दिगो यातायातको पहुँच पुर्याउन टाटा ईभी अग्रणी बनेको छ,’ श्रेष्ठले भने।
उनका अनुसार सिएरा ईभीको आगमनले प्रिमियम एसयूभी खोज्ने ग्राहकका लागि नयाँ विकल्प थप्नेछ। आकर्षक डिजाइन, कार्यक्षमता, फराकिलो इन्टेरियर र अत्याधुनिक प्रविधिसहित आएको सिएरा ईभीमा २०५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ।
कम्पनीले सिएरा ईभीलाई विशिष्ट डिजाइन, रोमाञ्चक कार्यक्षमता र दैनिक प्रयोगको व्यावहारिकतालाई ध्यानमा राखेर तयार पारिएको जनाएको छ।
नेक्सन ईभीको नयाँ भेरियन्ट सार्वजनिक
नाडा अटो शोको अवसरमा सिप्रदीले लोकप्रिय नेक्सन ईभीको नयाँ भेरियन्ट ‘नेक्सन ईभी रिलोड’ समेत सार्वजनिक गरेको छ।
कम्पनीले यसको नियमित मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ। तर नाडा अफरअन्तर्गत ग्राहकले ४२ लाख ४९ हजार रुपैयाँमै नेक्सन ईभी रिलोड खरिद गर्न सक्नेछन्। अर्थात् ग्राहकले १ लाख ५० हजार रुपैयाँ छुट पाउनेछन्।
पन्च र टियागो ईभीमा पनि १–१ लाख छुट
कम्पनीले हालै सार्वजनिक गरेका टियागो ईभी र पन्च ईभी फेसलिफ्टमा समेत नाडा अटो शोको अवसरमा विशेष छुट घोषणा गरेको छ। अफरअन्तर्गत पन्च ईभीमा १ लाख रुपैयाँ र टियागो ईभीमा पनि १ लाख रुपैयाँ छुट उपलब्ध हुनेछ।
छुटपछि ग्राहकले पन्च ईभी ३२ लाख ९९ हजार रुपैयाँ र टियागो ईभी २७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। यससँगै नाडा अटो शोमा टाटाले नयाँ सिएरा ईभीको प्रि–बुकिङदेखि लोकप्रिय मोडलमा विशेष छुटसम्मका योजना सार्वजनिक गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।