काठमाडौं– आख्यानकार नयनराज पाण्डेको संस्मरण संग्रह ‘यार’लाई ‘पद्मश्री साहित्य पुरस्कार’ र डाक्टर तारानाथ शर्मा (तारानाथ भण्डारी)लाई ‘पद्मश्री साधना सम्मान’ प्रदान गरिएको छ।
_x000D_
_x000D_
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष २ लाख राशिसहितकाे उक्त सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेकाे छ।
_x000D_
_x000D_
‘पद्मश्री साहित्य पुरस्कार’ वर्षभरी प्रकाशित कृतिमध्ये उत्कृष्ट कृतिलाई र ‘पद्मश्री साधना सम्मान’ नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा दीर्घ साधना गरी विशिष्ट योदना दिने व्यक्तिलाई प्रदान गरिँदै आएको छ।
_x000D_
_x000D_
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने र उनका अामा हरिकला लामिछानेद्वारा संयुक्त रुपमा ती पुरस्कार एवम् सम्मान प्रदान गरिएकाे थियाे।
_x000D_
_x000D_
यार आफ्ना निकट साथीहरूका माध्यमबाट नेपाली समाज,साहित्य र कलाका साथै त्यहाँभित्रका मानिसको मनोदशालाई विशिष्ट शैलीमा प्रस्तुत गरिएको संस्मरणात्मक कृति हाे। प्रतिष्ठानले वर्षकै उत्कृष्ट कृतिको रुपमा यारलाई छनाेट गरेको थियाे।
_x000D_
_x000D_
त्यसैगरी डा.तारानाथ शर्मा विगत ६ दशकदेखि नेपाली नियात्रा,निबन्ध, समालोचना, आख्यान, अनुवाद र सम्पादनमा विशिष्ट योगदान दिँदै आइरहेका छन्। उनी नेपाली साहित्यमा झर्रोवादी अभियानका एक अभियान्ता पनि हुन्।
_x000D_
_x000D_
प्रतिष्ठानले २०६२ देखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई ‘पद्मश्री साहित्य पुरस्कार’प्रदान गर्दै आएको थियो। २०६६ सालबाट देश तथा विदेशबाट समेत नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ।
_x000D_
_x000D_
त्यसैगरी २०६७ सालबाट नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट व्यक्तिलाई‘पद्यश्री साधना सम्मान’ प्रदान गर्दै आइरहेको प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले बताए।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।