काठमाडौं। सिन्धुपाल्चोकमा टिपर पल्टिँदा एक जनाको मृत्यु भएको छ।
बाह्रबिसे नगरपालिका –०८ मानेश्वरास्थित भित्री सडक खण्डमा ढुङ्गा बोकेको बा ५ ख ४११० नम्बरको टिपर पल्टिँदा बाह्रबिसे नगरपालिका –०८ निवासी २९ वर्षीय राजु लामाको मृत्यु भएको थ इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ।
काभ्रेको पाँचखाल नगरपालिका–१३ बस्ने २५ वर्षीय अनिस पाण्डेले चलाएको उक्त टिपर बुधबार साँझ करिब ६:५० बजेको समयमा मानेश्वराबाट बाह्रबिसेतर्फ आउँदै गरेको गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो। लामा सडक छेउतर्फ हाम फालेका थिए । त्यसपछि सोही स्थानमा टिपर पल्टिँदा उनी टिपरले च्यापिएको प्रहरीले जनाएको छ।
बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनको उद्धार गरी उपचारका लागि नगर अस्पताल बाह्रबिसे पठाएको थियो । तर उपचारकै क्रममा साँझ ७:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरिएको हो।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवको पोस्टमार्टम पश्चात् मृतकका बुवा हिरा बहादुर तामाङलाई जिम्मा लगाएको छ। दुर्घटनामा संलग्न टिपर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।