काठमाडौं- देशको गहना मानिन्छ कलाकारलाई। देश चिनाउने प्रतिनिधि अनुहार पनि हुन् उनीहरु। आम धारणा छ- कलाकार सत्ताको दास हुनुहुन्न। बलिउडले पनि बेलाबेला यसलाई प्रमाणित गरिदिएको छ।
बलिउडका कलाकार थुप्रै पटक सत्ताविरूद्ध उभिँदै आएका छन्। बलिउड अभिनेता राजकुमार, आमिर खान त्यसका उदाहरण हुन्। आमिरले नर्मदा बचाउ आन्दोलनमा गुजरात सरकारविरूद्ध उभिए जसका कारण उनी गुजरात सरकारको आँखाको तारो बन्न पुगे। सन् १९७५ को समयमा इन्दिरा गान्धीले लगाएको संकटकालको मूल्य भारतीय जनताले राम्रै गरी चुकाए। बलिउड र इन्दिरा गान्धी सरकार एकअर्काको विरूद्ध आमनेसामने भए। बलिउडले संकटकालको आफ्नै किसिमले विरोध गर्योअ। त्यही बेला केही कलाकार सरकारविरूद्ध उभिए।
कोको थिए संकटकालको विरुद्धमा उभिने कलाकारहरु:
राज कुमार
राजकुमारले भारतमा लगाइएको संकटकालको खुलेरै विरोध गरे। सन् १९९५ मा दिएको एक अन्तरवार्तामा उनले संकटकालको समर्थन गर्न गरेको आग्रहलाई आफूले अस्विकार गरेको खुलासा गरेका थिए। 'भारत सरकारले मलाई संकटकालको समर्थन गर्न आग्रह गर्यो् तर मैले सिधै अस्विकार गरेँ। त्यतिमात्र होइन मैले यसको विरोध गर्नेको खुलेर समर्थन गर्ने जवाफ पनि फर्काएँ,' उनले भनेका थिए।
मनोज कुमार
मनोज कुमारले सेन्सर झलेमाबाट मुक्त गर्दै अमिताभ बच्चनको 'शोले'लाई सेन्सर पास गराए। तत्कालीन सूचना तथा प्रसारण मन्त्री विद्याचरण शुक्ललाई भनेर उनले सेन्सर मनोजले पास गराएका थिए। शुक्लसँग उनको निकट सम्बन्ध थियो। तर उनले आफ्नै फिल्म 'दस नम्बरी'लाई भने सेन्सर पास गराउन सकेनन्।
मनोजले संकटकालको खुलेर विरोध गरेका कारण फिल्मलाई सेन्सरमा रोकियो। फिल्म पास नभएपछि उनले सरकारविरूद्ध अदालतमा मुद्दा हाले। लाखौं रकम खर्च गरे। पछि भाजपाको सरकार आएपछि लालकृष्ण आणवाडीले मनोजको पक्षमा फैसला गरिदिए। त्यसपछि मनोज सरकार विरूद्दको मुद्दा जित्ने एकमात्र फिल्मकर्मी बने।
त्यतिमात्र होइन उनले चर्चित उपन्यास 'पिन्जर' लेखिका अमृता प्रितमलाई समेत लज्जित पारिदिए, जसको खुलासा उनले एक अन्तरवार्तामा गरेका छन्। प्रितमले मनोजलाई संकटकालको समर्थनमा लेखिएको वृत्तचित्रको निर्देशन गर्न आग्रह गरेकी थिइन्, जसलाई उनले ठाडै अस्विकार गरिदिए। प्रितमले पछि त्यसका लागि मनोजसँग माफी माग्नुपरेको थियो। मनोजलाई उनले आफ्नो स्क्रिप्ट जलाउन समेत भनेकी थिइन्।
किशोर कुमार
गायक तथा अभिनेता किशोर कुमारले पनि संकाटकाल विरोधको राम्रै मूल्य चुकाउनुपर्योन। संकटकालका बेला सूचना तथा प्रसारण मन्त्रालयले उनलाई एक कार्यक्रममा गीत गाउन भन्यो। किशोरले अस्विकार गरे। त्यसपछि उनी सरकारको नजरमा खलनायक बने।
सञ्जय गान्धी र शुक्लले अल इन्डिया रेडियोमा उनको गीतमा प्रतिबन्ध लगाइदिए। प्रतिबन्धको बाबजुद किशोर आफ्नो विचारबाट टसमस भएनन्। किशोसँगै मोहम्मद रफी तथा मन्ना डे पनि सरकारविरूद्ध नै उभिए। रफीले त सञ्जयलाई 'यस्तो गर्नेले कुन आधारमा आफूलाई नेहरू जस्ता महान् मान्छेको नाति हुँ भनेर गर्व गर्छौ' समेत भने। रफी र मन्ना डेको हस्तक्षेपपछि किशोरमाथिको प्रतिबन्ध फुकुवा गर्न सञ्जय बाध्य भए।
देवानन्द
दूरदर्शनमा संकटकालको अभियान चलाउन अस्विकार गरेपछि सदाबहार अभिनेता देवानन्दले थुप्रै चुनौतीको सामना गर्नुपर्योो। उनी 'देश परदेश' फिल्मको सुटिङ गरिरहेका थिए। फिल्मको लन्डन सुटिङको अनुमति लिनका लागि उनलाई अवरोध गरियो। सरकारको यस रवैयाबाट असन्तुष्ट देवानन्दले राजनीतिक पार्टी नै गठन गरे, सरकारविरूद्ध लड्न। पार्टी गठनपछि उनले जुहुमा संकटकालविरूद्ध पहिलो भाषण दिए। पछि उनको पार्टी नै विघटन भयो।
सत्यजित रे
भारतीय सिनेमालाई विश्वमा चिनाउने पहिलो श्रेय पाएका कान अवार्ड विजेता निर्देशक सत्यजित रे पनि सरकारको संकटकालविरूद्द उभिए। संकटकालका बेला तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले जवाहरलाल नेहरूको वृत्तचित्र निर्देशन गर्न गरेको आग्रह उनले मानेनन्।
सत्यजितको उँचो कद बलिउडमा यति ठूलो थियो कि सरकारले छुने हिम्मत समेत गरेन। उनलाई भारतीय कम्युनिस्ट पार्टिको समेत समर्थन थियो।
वी शान्ताराम, गुलजार तथा विनोद खन्ना जस्ता कलाकारले पनि संकटकालको खुलेर विरोध गरेका थिए।
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।