• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २४, २०८२ Mon, Nov 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

आन्तरिक श्रम बजारमा सरकारी उपेक्षा

64x64
नेपाल लाइभ सोमबार, कात्तिक ५, २०७५  ००:१४
1140x725

काठमाडौं–सरकारले आन्तरिक श्रम बजारलाई उपेक्षा गर्दा स्वदेशको रोजगारी युवाका लागि विश्वासिलो माध्यम बन्न सकेको छैन। राज्यकै उपेक्षाका कारण स्वदेशमै रोजगारमैत्री वातावरण निर्माण हुन नसक्दा कामको खोजीमा दैनिक एक हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाने गरेका छन्।

_x000D_ _x000D_

आन्तरिक श्रम बजारमा काम गर्ने मजदुरले देशभित्रको रोजगारी भरपर्दो नहुदाँ त्यसको विकल्पमा कामको खोजीमा विदेशिनु परेको बताँउछन्।लामो समय निर्माण क्षेत्रमा रोजगारी गर्दै आएका लमजुङका दिनेश थापा देशभित्रको रोजगार ‘न आस न भरोसा’ हुने बताउँछन्।

_x000D_ _x000D_

‘बल र बैंस भएसम्म सबैले काम दिन्छन्। घाइते, अपांग र बिरामी भयो भने कामबाट जबरजस्ती निस्कनुपर्छ। एकातिर रोजगारको ग्यारेन्टी हुँदैन अर्कोतिर काम गर्दा शरीरिक सुरक्षा छैन,’ उनले भने, ‘त्यसमा पनि नेपाली रोजगारदाता कम्पनीको प्रथामिकतामा भारतीय र बंगाली कामदार पर्छन। सामान्य कामका लागि मात्र नेपाली कामदार लिने गरेका छन्।’

_x000D_ _x000D_

निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको स्वास्थ्य र विमा पनि हुँदैन। यो सुविधा खोज्ने श्रमिकले रोजगारी नपाउने उनको गुनासो छ। तीन वर्षदेखि सुनगाभा निर्माण कन्स्ट्रक्सन कम्पनीमा काम गर्दै आएका रामेछापका तिलक लामालाई कम्पनीले काम हुदाँ मात्र रोजगारी दिने गरेको बताए। 

_x000D_ _x000D_

‘वर्षमा ५ महिना मात्र निर्माण क्षेत्रमा काम हुन्छ, त्यसपछि सात महिना काम नै नगरी घरमा बस्नुपर्छ। यसरी महिनाँै बेरोजगारी बस्नुभन्दा विकल्पमा विदेशिनु नै उचित हुन्छ,’ उनले भने, ‘राज्यले आन्तरिक श्रम बजारमा अनुगमन नगर्दा निर्माणलगायत अन्य क्षेत्रमा काम गर्ने श्रमिकका समस्या बाहिर आउँदैन। सरकारले पनि आन्तरिक रोजगारीभन्दा विदेश श्रम बजारलाई प्रथामिकता राख्दै आएको छ। निर्माण क्षेत्रमा काम गर्ने श्रमिकले  निकै जोखिम मोल्नुपर्ने उनको भनाइ छ।

_x000D_ _x000D_

 यस्तै, राजविराजका धनराज यादव हाल अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन निर्माणमा काम गरिरहेका छन्। उनी गिटी बालुवा घोल्न क्रसर घुमाउने काम गर्छन। कार्यस्थलमै भेटिएका यादवले हातमा सामान्य पन्जा लगाएर काम गरिरहेको थिए। यो काम विगत ४ वर्षदेखि गर्दै आएको उनले बताए। उनी पनि देशभित्रको रोजगारीमा सुरक्षा र ग्यारेन्टी नहुने गरेको बताउँछन्।

_x000D_ _x000D_

यादव, लामा र थापा जस्ता आन्तरिक श्रम बजारमा करिब ४० श्रमिक कार्यरत रहेको सरकारी अनुमान छ। आन्तरिक श्रम बजारमा रोजगारीको ग्यारेन्टीसँगै सुरक्षा नुहदाँ बाध्यताले कामको खोजीमा धरै युवा भारत, मलेसियाजस्ता खाडी मुलुकमा पलायन हुने क्रम बढदो छ। 

_x000D_ _x000D_

विगतका दिनमा आन्तरिक श्रम बजारमा जे जस्तो समस्या थिए। आगामी दिनमा त्यस्ता समस्या समाधान गदै श्रमिकको सुरक्षासँग रोजगारीको ग्यारेन्टी गरिने श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक रामप्रसाद भट्टराईले बताए।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

विभागले पछिल्लो समय आन्तरिक श्रम बजारमा कार्यरत देश विदेशका श्रमिकको तथ्यांक संकलन गरिरहेको छ। तंथ्याक संकलनपछि स्वास्थ्य, विमा र सरकारले तोकेका न्यूनतम पारिश्रमिकका विषयमा रोजगारदाता कम्पनीसँग परामर्श गरिने महानिर्देशक भटृटराइले बताए।राज्यले आगामी दिनमा आन्तरिक श्रम बजारमा रोजगारीका अवसर निर्माण गदै श्रमिकको सुरक्षामा ध्यान दिने उनको भनाइ छ।

_x000D_ _x000D_

सरकारले आन्तारिक श्रम बजारमा ४० लाख श्रमिक कार्यरत रहेको बताउँदै आएको छ। यी श्रमिकलाई श्रम ऐनअनुसार समेटिएको भने छैन। नेपालमा करिब ९ लाख भारतीय र बंगाली कामदार कार्यरत रहेको विभागको अनुमान छ।

_x000D_ _x000D_

सरकारले नेपालमा कार्यरत श्रमिकको न्यूनतम ज्याला प्रतिमहिना १३ हजार ४ सय ५० रुपैयाँ निधारण गरेको छ। सरकारले तोकेको उक्त तलब सुविधाले आन्तरिक श्रम बजारभित्रका श्रमिकलाई दैनिकी चलाउन धौ–धौ पर्छ।

_x000D_ _x000D_

वर्षमा १ सय २० दिन पनि आय नहुने तथा कुनै पेसा, व्यवसाय र रोजगारीमा संलग्न नभएका नागरिकलाई सरकारले निर्वाह भत्ता दिने गरी ‘रोजगारसम्बन्धी हक विधेयक’ मन्त्री परिषद् र संसदीय बैठकबाट पारित गरिसकेको छ।

_x000D_ _x000D_

संविधानको धारा ३३ मा रोजगारको हक र धारा ३४ मा श्रमको हकलाई उल्लेख गरिएको छ। संविधानमा उल्लेख गरिएको विषयमा सरकार गम्भीर नहुदाँ देशभित्रको रोजगारी र श्रम ग्यारेन्टी गर्ने सकेको छैन। 

_x000D_ _x000D_

मासिक ७ हजारलाई आन्तरिक श्रम बजारमा रोजगारी
_x000D_ पछिल्लो समय देशभित्र उद्योग धन्दा खोल्ने क्रम बढदै गएको छ। यसरी खोलिएका कलकारखानामा मासिक  ५ देखि ७ हजार युवालाई रोजगारीको अवसर निर्माण हुने राष्ट्रिय योजना आयोगको एक प्रतिवेदनमा उल्लेख छ। 

_x000D_ _x000D_

तर, यसरी खोलिएका उद्योग कलकारखानामा नेपाली युवा रोजगारीका लागि खासै आर्कषित भएको देखिँदैन। जसकारण उद्योग कलकारखानाले काम गर्ने, श्रमिक भारत र बंगलादेशबाट आपूर्ति गदै आएका छन्। 

_x000D_ _x000D_

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वार्षिक आन्तरिक श्रम बजारमा वार्षिक एक लाखभन्दा धेरै युवालाई रोजगारी उपलब्ध गराउने बताउँदै आएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०७५  ००:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकामा संघीय सटडाउन अन्त्यको संकेत
पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्दै निर्वाचन आयोग
काठमाडौं स्पोर्टस एन्ड् एभेन्ट्सको आयोजनामा कर्पोरेट टी–१० क्रिकेट प्रतोयोगिता हुने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अमेरिकामा संघीय सटडाउन अन्त्यको संकेत सोमबार, कात्तिक २४, २०८२
पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्दै निर्वाचन आयोग सोमबार, कात्तिक २४, २०८२
काठमाडौं स्पोर्टस एन्ड् एभेन्ट्सको आयोजनामा कर्पोरेट टी–१० क्रिकेट प्रतोयोगिता हुने सोमबार, कात्तिक २४, २०८२
संविधान मिचेर मुख्यमन्त्री नियुक्त गरिएको भन्दै मधेसका ७ दल छलफलमा सोमबार, कात्तिक २४, २०८२
सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढ्यो सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
सरकारले शिक्षक संघ संगठनलाई मान्यता नदिने,दलीय गतिविधिमा संलग्न भए बर्खास्त गर्ने पुनको चेतावनी आइतबार, कात्तिक २३, २०८२
सुकुमबासी बस्तीमा दुर्गा प्रसाईं : बालेनविरुद्ध लड्ने घोषणा आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्