• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २४, २०८२ Mon, Nov 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ढाड दुख्ने समस्यामा गर्न हुने र नहुने काम

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ४, २०७५  १५:१६
1140x725

ढाड दुखाइ भनेको के हो ?
_x000D_ -  घाँटी भन्दा तल्लो र पुठो भन्दा माथिको भागमा भएको दुखाइलाई ढाड दुखाइ भनिन्छ ।
_x000D_ - मान्छेको ठाडो शारीरिक बनावट भएकोले माथिल्लो शरीरको भार ढाडहुँदै दुवै खुट्टाबाट भूइँमा जाने हुनाले ढाड दुख्ने समस्या बढी देखिन्छ ।
_x000D_ -  ढाड शरीरका अन्य भाग भन्दा कम चल्ने र बढी स्थिर हुने भएकोले ढाडमा स्टिफनेसले गर्दा पनि दुख्ने समस्या उत्पन्न हुन्छ ।

_x000D_ _x000D_

 ढाडको दुखाइलाई तीन भागमा विभाजित गर्न सकिन्छ :
_x000D_ माथिल्लो ढाड : घाँटी भन्दा मुनि दुवै पाताको बीचको भाग
_x000D_ मध्य ढाड : पाता भन्दा तल र कम्मर भन्दा माथिको भाग
_x000D_ तल्लो ढाड : तल्लो ढाडलाई कम्मर पनि भनिन्छ ।

_x000D_ _x000D_

ढाड दुखेको कसरी थाहा पाउने ?
_x000D_  बस्दा, हिंड्दा, बसेर, उभिंदा वा काम गर्दा असजिलो हुने, कहिलेकाहीं वा नियमित ढाड वा खुट्टातिर दुख्ने, निदाउने वा झमझमाउने, लाटो हुने, पोल्ने जस्ता समस्या भएमा ढाड दुखेको भन्ने बुझिन्छ ।

_x000D_ _x000D_

ढाड दुख्ने कारणहरु के–के हुन् ?
_x000D_ माथिल्लो ढाड : माथिल्लो ढाडको दुखाइ खासगरी मांशपेशीका कारण– जस्तै मसल्स स्पाजम, टिगर प्वाँइन्ट, फाइब्रोमाइल्जिया, फाइब्रोसाइटिस आदि हुन् भने घाँटीमा नशा च्यापिएको कारणले पनि माथिल्लो ढाड दुख्ने, पातातिर पोल्ने, लाटो हुने, झमझमाउने हुन्छ । त्यसैगरी कहिलेकाहीं घाँटीमा हड्डीसम्बन्धी समस्याहरु– जस्तै हड्डी खिइएको, सर्भाइकल रिब्सले गर्दा सरेको दुखाइ हुन्छ । त्यस्तै मेरुदण्डसम्बन्धी समस्याहरु– जस्तै स्पाइना बाइफिडा, स्कुल जाँदा भारी ब्याग बोक्ने, गलत तरिकाले बसेर लामो समयसम्म पढ्ने, सानै उमेरदेखि लामो समयसम्म कम्प्युटर, मोबाइल, ल्यापटप जस्ता उपकरण अगाडि निहुरेर चलाउने गरेको अवस्थामा माथिल्लो ढाड कुप्रो हुन जान्छ जसलाई काइफोटिक पोस्चर भनिन्छ । यसका साथै कुम जाम भएको अवस्थामा पनि माथिल्लो ढाड दुख्ने हुन्छ ।

_x000D_ _x000D_

मध्य ढाड : खासगरी मेरुदण्डका विकृति– जस्तै स्कोलियोसिस वा मेरुदण्डको संक्रमण जस्तै– स्पोन्डोलाइटिस, पोट्स स्पाइन, ट्रान्सभर्स माइलाइटिस इत्यादिका साथै मसल्स स्पाजम वा टाइटनेसले गर्दा दुखेको पाइन्छ ।

_x000D_ _x000D_

तल्लो ढाड : तल्लो ढाडको दुखाइका कारणहरु– बस्ने, उठ्ने तरिका नमिलेर, मसल्स स्पाजम, हड्डी खिइएर, नशा च्यापिएर, स्टेनोसिस इत्यादि हुन् । भने धेरैजसो ह्याम्स्ट्रिङ्ग टाइटनेस, पाइरिफर्मिस सिन्ड्रोमले गर्दा पनि तल्लो ढाड दुख्ने महत्वपूर्ण कारण हुन् । साथै गर्भवती भएको वा शारीरिक तौल समान्य भन्दा बढी भएको बेला मेरुदण्ड अगाडितिर तानिन्छ । त्यसैगरी कहिलेकाहीं चोटपटक लागेर मेरुदण्डका हड्डी फ्याक्चर, मसल्स वा लिगामेन्ट टिअरले गर्दा पनि कम्मर दुख्ने समस्या उत्पन्न हुन्छ । त्यसैगरी मांशपेशी कमजोर भएर पनि ढाड दुख्ने हुन्छ ।

_x000D_ _x000D_

ढाड दुख्ने समस्या भएमा फिजियोथेरापीमा कुन बेला जाने ?
_x000D_ - ढाड वा खुट्टातिर दुख्न थालेमा र आराम गरेपछि पनि दुखाइ कम नहुँदा वा खुट्टातिर झमझमाउने वा निदाउने, पोल्ने, हिंड्न गाह्रो हुनेबित्तिकै फिजियोथेरापीमा जाने वा हाड जोर्नी तथा नशारोग विशेषज्ञकोमा रोग निदान गरी फिजियोथेरापीमा रोकथाम, सावधानी अपनाउने तरिकाबारे जानकारी लिन र उपचारको लागि जाने ।

_x000D_ _x000D_

ढाड दुख्ने समस्या भएमा कति समयसम्म फिजियोथेरापी गर्ने ?
_x000D_ - फिजियोथेरापीको कुनै निश्चित अवधि नभएकोले फिजियोथेरापिष्टको सल्लाह र परामर्शअनुसार गर्ने । फिजियोथेरापीद्वारा समस्या कम गरिनुका साथै बढ््नबाट पनि जोगाउने हुनाले भनिएको सावधानी अपनाउनु आवश्यक हुन्छ ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

_x000D_ _x000D_

दुखाइको कारणअनुसार फिजियोथेरापी
_x000D_ -  मसल्स स्पाजमले गर्दा दुखाई भएमा तातोले सकेर स्ट्रेचिङ्ग, मायोफेसिउल रिलिज, निङ्गि, रोलिङ्ग, ट्यापिङ्ग इत्यादि गरिन्छ ।
_x000D_ -  मांशपेशी टाइटनेसले गर्दा भएको दुखाइमा तातोले सकेर ३०–६० सेकेन्ड स्ट्रेचिङ्ग गरिन्छ र आफंै गर्ने तरिका सिकाइन्छ । 
_x000D_ -  मांशपेशी कमजोर भएर दुखेमा मांशपेशीलाई बलियो बनाउन स्ट्रेन्थेनिङ्ग व्यायामहरु जस्तैः खुट्टा खुम्च्याएर कम्मर माथि उचाल्ने, कम्मरले मुनितिर धकेल्ने, कोर मसल्स स्ट्रेन्थेनिङ्ग इत्यादि गराइन्छ ।
_x000D_ - मसल्स टिअर भएर दुखेमा आइस प्याकले १५–२० मिनट सेकेर आइ.एफ.टी. मेसिनको प्रयोग गरी दुखाइ कम गर्न सकिन्छ भने च्यातिएको मांशपेशीलाई चाँडो निको पार्न अल्ट्रासाउण्ड मेसिन प्रयोग गरिन्छ ।
_x000D_ -  हड्डी खिइएको कारणले भएको दुखाइमा आइ.एफ.टी. मेसिन लगाएर मांशपेशीलाई बलियो बनाउने अभ्यासहरु गराई हड्डीलाई आफ्नो ठाँउमा तानेर राख्न मद्दत पु¥याउँछ । जसले अझै खिइनबाट जोगाउँछ ।
_x000D_ -   गर्भवती भएको बेला दुखेमा भिन्न प्रकारका व्यायामहरु गराइन्छ ।
_x000D_ -   नशा च्यापिएका कारणले भएको दुखाइ र खुट्टा झमझमाएको, पोलेको कम गर्न ट्राक्सन मेसिनको प्रयोग, मांशपेशीको दुखाइ कम गर्न टेन्स मेसिनको प्रयोग र मांशपेशी बलियो बनाउन व्यायामहरु पनि गराइन्छ ।

_x000D_ _x000D_

-  चोटपटक लागेर वा नशा च्यापिएर कुनै प्रकारको शल्यक्रिया गर्नुपरेमा शल्यक्रियापछि पनि फिजियोथेरापी अनिवार्य गराउनुपर्छ ।

_x000D_ _x000D_

_x000D_ _x000D_

ढाड दुख्ने समस्या हुँदा गर्नुपर्ने र गर्न नहुने कुराहरु :

_x000D_ _x000D_

गर्नुपर्ने कुराहरु :
_x000D_     दुखाइ हुन्जेलसम्म नियमित फिजियोथेरापी सेन्टरमा गई दुखाइ कम गर्ने मेसिन लगाउने ।
_x000D_     दुखाइ कम भएपछि सिकाइएको व्यायाम नियमित गर्ने ।
_x000D_     काम गर्दा र गाडीमा हिंड्दा लम्बार बेल्टको प्रयोग गर्ने ।
_x000D_     पातलो डस्ना वा दरिलो सतहमा सुत्ने ।
_x000D_     खोक्दा वा हाच्छिउँ गर्दा ढाड पछाडितिर ढल्काउने ।
_x000D_     सामान उचाल्दा ढाड सिधा राख्ने ।
_x000D_     लामो समय उभिनु पर्दा दुवै खुट्टामा बराबर भार दिएर उभिने ।
_x000D_     बसेर काम गर्दा ढाड सिधा राखेर पछाडि तल्लो भागदेखि नै अडेस लागेर बस्ने ।
_x000D_     बसेर उठ्दा ढाडको सामान्य अवस्थालाई कायम राख्ने ।
_x000D_     रोकथाम र अझै बढ्न नदिन भनिएको सावधानी अपनाउने ।

_x000D_ _x000D_

गर्न नहुने कुराहरु :
_x000D_     अगाडि ननिहुँरिने ।
_x000D_     धेरै बेरसम्म लगातार नहिंड्ने ।
_x000D_     एउटै अवस्थामा धेरै समय नबस्ने ।
_x000D_     धेरै समयसम्म नउभिने ।
_x000D_     दुखेको बेला लामो समय गाडीमा यात्रा नगर्ने ।
_x000D_     भारी सामान एक्लै नउचाल्ने ।
_x000D_     दौडने, उफ्रिने, कुद्ने जस्ता क्रियाकलाप नगर्ने ।
_x000D_     खुट्टा तेस्र्याएर नबस्ने ।

_x000D_ _x000D_

-(डा. सोनी देव न्युरो अस्पताल, बाँसबारीमा फिजियोथेरापी विभागको विभागीय प्रमुख हुन्)

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०७५  १५:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकामा संघीय सटडाउन अन्त्यको संकेत
पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्दै निर्वाचन आयोग
काठमाडौं स्पोर्टस एन्ड् एभेन्ट्सको आयोजनामा कर्पोरेट टी–१० क्रिकेट प्रतोयोगिता हुने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अमेरिकामा संघीय सटडाउन अन्त्यको संकेत सोमबार, कात्तिक २४, २०८२
पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्दै निर्वाचन आयोग सोमबार, कात्तिक २४, २०८२
काठमाडौं स्पोर्टस एन्ड् एभेन्ट्सको आयोजनामा कर्पोरेट टी–१० क्रिकेट प्रतोयोगिता हुने सोमबार, कात्तिक २४, २०८२
संविधान मिचेर मुख्यमन्त्री नियुक्त गरिएको भन्दै मधेसका ७ दल छलफलमा सोमबार, कात्तिक २४, २०८२
सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढ्यो सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
सरकारले शिक्षक संघ संगठनलाई मान्यता नदिने,दलीय गतिविधिमा संलग्न भए बर्खास्त गर्ने पुनको चेतावनी आइतबार, कात्तिक २३, २०८२
सुकुमबासी बस्तीमा दुर्गा प्रसाईं : बालेनविरुद्ध लड्ने घोषणा आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्