रातो र सेतो दुवै मासु प्रोटिनले भरिपूर्ण हुन्छ। सेतो मासुमाभन्दा रातो मासुमा खनिज पदार्थको मात्रा बढी हुन्छ। सेतो मासुको तुलनामा रातो मासुमा बढी चिल्लो पदार्थ हुन्छ, यसले कोलेस्टेरोल हाई गर्छ। मुटुसम्बन्धी रोगी, उच्च रक्तचापका बिरामीलाई रातो मासु नदिनु नै उपयुक्त मानिन्छ।
_x000D_
_x000D_
रातो मासुको तुलनामा सेतो मासुमा चिल्लो पदार्थ कम हुन्छ। सेतो मासु आवश्यक मात्रामा खानु उपयुक्त मान्न सकिन्छ। बोसो र छालारहित मासु वयस्क व्यक्तिले १ सय ५० ग्रामसम्म खान मिल्छ।
_x000D_
_x000D_
यदि दीर्घ रोग लागेको छ भने त्यस्ता व्यक्तिलाई रातो मासु उपयुक्त हुँदैन। मुटुको रोगी, गाउटका बिरामी, किड्नीका बिरामीलाई रातो मासु उपयुक्त हुँदैन। कुनै संस्कृतिमा रातो मासुको प्रयोग गर्नैपर्ने हुन्छ। जस्तैः नेवारको भोजमा, पूजा गर्दा रातो मासु खानैपर्ने हुन्छ। त्यस्तो बेला थोरै मासु प्रयोगमा ल्याउनु उचित हुन्छ।
_x000D_
_x000D_
मासु खाँदा के कुरामा ध्यान दिनुपर्छ ?
_x000D_
_x000D_
हामीले जनावरको टाउकोदेखि पुच्छरसम्मका सबै अंगको मासु खाइरहेका हुन्छौं। तर, त्यस्तो मासु खाँदा कसरी खाइराखेका छौँ त्यसमा ध्यान दिनुपर्छ। हामीले खाने गरेका सबै अंगको मासु शरीरका लागि स्वास्थ्य कर छन् त ?
_x000D_
_x000D_
जनावरको मुटु–कलेजो खाँदा विचार पुर्याउनुपर्छ। त्यस्तो अंगको मासु धेरै पोषिलो हुनुका साथै भिटामिन र खनिज पदार्थ पाइन्छ। तर यस्तो मासु बनाउने तरिका कस्तो छ र हामीले केसँग खाँदैछौँ त्यसमा ध्यान दिनुपर्छ।
_x000D_
_x000D_
हामीले त्यस्तो अंगको मासु स्वादको निमित्त फ्राई गरेर खाने गर्छौं। एक त त्यस्तो मासु चिल्लो हुन्छ, त्यसमाथि फ्राई गरेर खाँदा चिल्लो पदार्थ झन् थपिने गर्छ। त्यस्तो मासु पेय पदार्थसँग खाँदा पनि स्वास्थ्यलाई हानि पुर्याउँछ।
_x000D_
_x000D_
काँचो मासु स्वास्थ्यका हिसाबले कति उपयुक्त छ ?
_x000D_
मासु मानिसलाई मात्र होइन, जिवाणुलाई पनि उत्तिकै मन पर्छ। यदि मासु खुल्ला ठाउँमा १-२ घण्टा राखियो भने त्यो मासुमा जिवाणु उत्पन्न हुन्छन्। धेरै समुदायले दसैंको बेलामा काँचो मासु साधेर खाने गरेको पाइन्छ। त्यस्तो मासु खानु त्यति उपयुक्त हुँदैन। काँचो माुले अपच हुने, पेट फुल्ने जस्ता समस्या निम्त्याउँछ। यदि त्यस्तो मासु खानै पर्यो भने तोरीको तेलमा झानेर खानु उपयुक्त हुन्छ। यदि पाचन प्रणलीमा कुनै समस्या छैन भने मात्र यस्तो मासु थोरै मात्रामा खाना सकिन्छ, तर पोषणको हिसाबले उपयुक्त हुँदैन।
_x000D_
_x000D_
धेरै मासु ल्याउँदा ध्यान दिनुपर्ने कुरा
_x000D_
दसैंंंँको बेलामा सबै पसल बन्दा हुने भएकाले एकै पटक ५÷६ दिनलाई पुग्ने मासु ल्याउने गरिन्छ। धेरै मासु एकै पटक ल्याएर राख्दा त्यस्तो मासुमा छिट्टै जिवाणु पर्ने भएकाले कस्तो मासु ल्याउने, कहाँबाट ल्याइँदैछ, त्यसमा ध्यान दिनुपर्छ। मासु सफा र स्वस्थ जनावरको ल्याउने र सफा पानीले राम्रोसँग पखालेर पकाउने र बाँकी मासु हावा नछिर्ने बनाएर प्याक गरी फ्रिजमा तापक्रम मिलाएर राख्नुपर्छ।
_x000D_
_x000D_
कुनै घरमा मासुमा नुन नहाली तेलमा भुटेर मात्र पनि राख्ने चलन छ। भुटेको मासु पनि राम्रोसँग प्याक गरी फ्रिजमा राख्नुपर्छ। मासु राखेको फ्रिजमा अन्य वस्तु तथा तरकार राख्नु हुँदैन। पकाएर फ्रिजमा राखिएको मासु १० मिनेट तताएर मात्र खाने गर्नुपर्छ।
_x000D_
_x000D_
मासु पकाउँदा पनि तापक्रममा विशेष ध्यान दिनुपर्ने हुन्छ। मासुलाई कालो गरेर पकाउँदा कासिनोजनिक पदार्थ बढ्छ। त्यस्तो मासु खाँदा शरीरमा क्यान्सर बढ्न सक्छ। रेड मिटमा त्यस्तो पदार्थ धेरै मात्रामा हुन्छ। कालो गरेर मासुको सेकुवा बनाउँदा कासियोजनिक पदार्थ बढ्छ, यो पदार्थ क्यान्सरको प्रमुख कारण हो।
_x000D_
_x000D_
परिवारका सदस्य दीर्घरोगी भएमा खानामा मासु मात्र पकाउनु हुँदैन। त्यसैले मासुको सट्टा माछा पनि प्रयोग गर्न सकिन्छ। माछामा प्रोटिन, भिटामिन र खनिज पदार्थको राम्रो स्रोत हुन्छ। ओमेगा फ्याटी एसिडका कारणले माछा स्वस्थ्यकर मानिन्छ। यस प्रकारको फ्याटी एसिडले रगतमा राम्रो कोलेस्टेरोल बढाउँछ। नराम्रो कोलेस्टेरोल लाइट ट्राइग्लिसिराइडको परिणाम कम गर्ने भएकाले मुटुसम्बन्धी रोग कम गर्न मद्दत गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।