• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २४, २०८२ Mon, Nov 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

उच्च रक्तचापले केके गर्छ ?

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ४, २०७५  २३:४७
1140x725

उच्च रक्तचाप अथवा हाई ब्लड प्रेसर हामी सबैले सुन्दै भोग्दै आएको रोग हो। उच्च रक्तचाप विकसित, विकासोन्मुख र अविकसित देशहरु सबैमा देखिएको रोग हो र यसको उपचार सम्भव छ। एपचार गराइएन भने यसले व्यक्तिको प्राणघातक रोगजन्य अवस्थाको सिर्जना गर्दछ।

_x000D_ _x000D_

विकसित देशहरुमा स्वास्थ्यको प्रतिरोधात्मक अनुसन्धानहरुको व्यापकताले गर्दा पत्ता नलागेको र उपचार नगराइएका उच्च रक्तचापका बिरामीहरुको संख्या २० प्रतिशतमा झरिसकेको छ भने हाम्रो देशमा भएका स–साना अनुसन्धान तथा खोज एवं स्वास्थ्य परीक्षणको अभावमा कति बिरामी उच्च रक्तचापको रोगी भइकन पनि स्वास्थ्योपचारको दायरामा आउन सकिराखेका छैनन् भन्ने कुराको यकीन गर्न गाह्रो छ।

_x000D_ _x000D_

ब्लड प्रेसर भनेको के हो र उच्च रक्तचापले केके गर्छ भन्ने कुरा बुझ्नु नितान्त जरुरी छ।

_x000D_ _x000D_

ब्लड प्रेसर भनेको अथवा रक्तचाप भनेको हाम्रो शरीरमा भएका शुद्ध रगत बग्ने रक्तनलीहरु (आर्टरी)मा रगतले रक्त नलीमा पारेको चाप हो। रक्तचाप बढ्यो भने मुटुलाई जोडले रगत पम्प गर्नुपर्ने हुँदा धक्का पर्छ र मुटुलाई आफ्नै लागि चाहिने अक्सिजनको मात्रा बढ्दछ।

_x000D_ _x000D_

त्यसको साथै मुटु बाक्लिंदै जान्छ र मुटु सुन्निई आफ्नो पम्प गर्ने शक्ति क्षीण हुन्छ। त्यसपछि त ‘हार्ट फेल’ अर्थात् मुटुले आफूमा फर्कने र शुद्ध रगत पम्प गर्ने शक्ति आवश्यकता अनुसा हुँदैन। उच्च रक्तचाप यदि समयमै ठीक पारिएन भने शरीरका सबै रक्तनलीहरु बाक्लिंदै जान्छ र रक्त प्रवाहमा अवरोध उत्पन्न हुन्छ। 

_x000D_ _x000D_

यसमा पनि केही गरी डिस्लाइपिडिमिया अर्थात् कोलेष्टेरोलजन्य रोगहरु भएमा आगोमा घिउ थप्ने बराबर हुन्छ। हृदयाघात ‘हार्ट एटेक’को एक प्रमुख कारण उच्च रक्तचाप हो।

_x000D_ _x000D_

उच्च रक्तचापका रोगीहरुको राम्रो औषधिको उपचारको अभाव भएको जमानामा ती रोगीहरुको औसत उमेर १० देखि २० वर्षसम्म कम हुने गर्दथे। तर अहिले पनि थोरै बढेको ब्लड प्रेसरका बिरामीहरु (जसका अरु अंगहरुमा ब्लड प्रेसरको असर भएको छैन)लाई पनि सात देखि १० वर्षसम्ममा ठूला समस्याहरु देखा पर्दछन्।

_x000D_ _x000D_

उच्च रक्तचापले देखाउने प्रमुख समस्यामध्ये हृदयाघात, मुटु फेल हुने, मिर्गौला फेल हुने, मस्तिष्कमा रक्तस्राव भएर हुने पक्षघात, आँखाको पर्दामा हुने समस्याले गर्दा आउने अन्धोपन प्रमुख छन्।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

मोटोपन, मधुमेह, कोलेष्टेरोलजन्य पदार्थको रोग, धूमपान र अत्यधिक मद्यपानले त माथि उल्लिखित सबै प्राणघातक तथा दृष्टिघातक रोगहरु ल्याउनमा ठूलो मद्दत गर्दछ। रक्तचाप बढ्नु भनेको रिसाउनु होइन। साधारण किसिमको टाउको दुख्नुबाहेक यसले केही गर्दैन। तर भित्रभित्रै प्राणघातक रोगको सिर्जना गरिसकेको हुन्छ। त्यसलै यसलाई ‘मूक ज्यानमारा’ अथवा साइलेन्ट किलर भनिन्छ।

_x000D_ _x000D_

ब्लड प्रेसर कति त ?
_x000D_ अमेरिकाको ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ, नेसनल हार्ट लङ एन्ड ब्लड इन्स्टिच्युट’को संयुक्त राष्ट्रिय समितिको प्रतिवेदन अनुसार सामान्य रक्तचाप माथिल्लो (सिष्टोलिक) १२० मिलिमिटर मर्करी वा त्यसभन्दा मुनि र तल्लो (डायष्टोलिक) ८० मिमि मर्करी मुनि हुनुपर्दछ। सिष्टोलिक १२०–१३९ सम्म र डायष्टोलिक ८०–८९ सम्मलाई रक्तचापपूर्वको अवस्था (प्रि–हाइपरटेन्सन)को वर्गमा राखिएको छ। 

_x000D_ _x000D_

उच्च रक्तचाप अवस्था–१ चाँही १४०–१५९ र ९०–९९ र उच्च रक्तचाप अवस्था–२ चाँही १६० भन्दा माथि र १०० अथवा सो भन्दा माथिको अवस्थालाई मानिएको छ। ऋहिले अमेरिकन हार्ट एसोसिएसनले सन् २०१७ मा उच्च रक्तचापलाई नयाँ वर्गीकरण गरेको छ।

_x000D_ _x000D_

हामीकहाँ त धेरैजसो बिरामीलाई १००/७० रक्तचाप भयो भने त सबैले थाहा भएको १२०/८० रक्तचापभन्दा मुनि भएकोले धेरैले 'कम रक्तचाप' अथवा 'लो प्रेसर' भनिने गरिएको छ। त्यो सरासर गलत हो। फेरि कुनै ६० वर्ष काटिसकेको डायष्टोलिक ब्लड प्रेसर (रक्तचाप) ९० रहेछ भने यो त परिपक्व अवस्थाको देन हो भने चित्त बुझाउने गरिएको छ। त्यसो भनेर त्यस्ता बिरामीहरु ढुक्क भएर गल्ती गर्ने गर्दछन्, भने 'लो प्रेसर'का बिरामीहरु आफू 'नर्मल' (साधारण) नभएर कमजोर व्यक्ति गरेछु भन्ने गलत अवधारणाको कारण चिन्ताग्रस्त भएर क्लिनिक, अस्पताल र नर्सिङ होमहरु धाउने गर्दछन्। कतिले त लो प्रेसर भयो भनेर जीवन जल सेवन गर्छन्।

_x000D_ _x000D_

कति बिरामीहरु त उच्च रक्तचापको कारण पत्ता लाउन क्लिनिक, नर्सिङ होम र अस्पताल धाएर हजारौं रुपैयाँ खर्च गर्न मन पराउँदछन्। तैपनि पत्ता नलागेपछि आजित भएर सोध्दछन्। हैन डाक्टर साहेब, किन मेरो ब्लड प्रेसर बढेको।

_x000D_ _x000D_

ब्लड प्रेसर बढ्नाले केही निको गर्न सक्ने कारणहरुमा 'फियोक्रोमोसाइटोमा' कुसिंग सिण्ड्रोम, मिर्गौलाको रक्तनली साँघुरो हुने रोग 'रिनल आर्टरी स्टेनेसिस' हुन्। तर दुर्भाग्यवश ती कारणहरुः छ देखि आठ प्रतिशतभन्दा कम उच्च रक्तचापका रोगीहरुमा देखा पर्दछन्। यिनलाई डाक्टरी भाषामा 'सेकेण्डरी हामइपरटेन्सन्' भनिन्छ। ९२ देखि ९४ प्रतिशत उच्च रक्तचापका रोगीहरुमा जुनसुकै जाँचपड्ताल गरे पनि कारण पत्ता लाग्दैन र डाक्टरी भाषामा यस्तालाई 'इसेन्सियल हाइपरटेन्सन' भनिन्छ। 'सेकेण्डरी हाइपरटेन्सन'को कारण पत्ता लागेर अपरेसन इत्यादि गरिंदा त्यस बिरामीले जिन्दगीभर ब्लड प्रेसरको औषधि खान नपर्ने हुन्छ।

_x000D_ _x000D_

यस्ता  'सेकेण्डरी हाइपरटेन्सन' कसलाई भएको शंका गर्नुपर्छ त भन्ने कुरा उठ्छ नै। यदि कसैलाई २५ वर्षको उमेरभन्दा अघि वा ५० वर्षको उमेरभन्दा पछि उच्च रक्तचाप वा 'हाई ब्लड प्रेसर' त्यो पनि एकदमै बढी लागेको रहेछ भने 'सेकेण्डरी हाइपरटेन्सन्' हुने सम्भावना निकै धेरै हुन्छ।

_x000D_ _x000D_

अब कुरा आउँछ ब्लड प्रेसरका लागि के के गर्नुपर्दछ भन्ने माथि उल्लिखित कुराहरु ध्यान गर्दा मोटोपना घटाउने मधुमेह नियन्त्रणमा राख्ने, कोलेष्ट्रोल इत्यादि नियन्त्रणमा राख्ने, अत्याधिक मद्यपान नगर्ने, नियमित व्यायाम गर्ने, धूम्रपान पटक्कै नगर्ने र धूम्रपान गरेका व्यक्तिको छेउछाउमा पनि नबस्ने, कम नून खाने र औषधि खानुपरेमा नटुटाई खाने नै सर्वोत्तम उपाय हो।

_x000D_ _x000D_

धेरै बिरामीहरुले औषधि खानुपरेमा 'जीवनभर' खानुपर्दछ भन्ने डरले उच्च रक्तचापबाट हुने सबै खतरनाक प्राणघातक समस्या भोग्न तयार रहन्छन्। कतिपय त हृदयघात भएर, मस्तिष्कमा रक्तस्राव भएर पक्षघात भएपछि या नथ्री फुटेर नाकबाट ह्वालह्वाल्ती रगत बगाएर, किड्नी फेल भएपछि पछुताउँछन्। चुरोट, रक्सी, खैनी, जाँड, तम्बाकु इत्यादि कुलतहरु जसले हानि नोक्सानी बाहेक केही फाइदा गर्दैन भन्ने स्वयंसिद्ध कुरा थाहा भइकन पनि जिन्दगीभर खान एकपल्ट यसो फर्केर पनि हेर्दैनन् यहाँका मान्छेहरु।

_x000D_ _x000D_

तर उच्च रक्तचाप नियन्त्रणमा राखेर मुटु दिमाग, मृगौला, किड्नी, आँखा इत्यादिलाई दियोलाई दुई हातले ढाकेर निभ्न नदिन भरपूर कोसिस गर्ने जस्तो प्रयास औपधिहरुको हुन सक्ने केही 'साइड इफेक्ट'हरुको डरले नखानु ज्यादती नै हुनेछ।

_x000D_ _x000D_

त्यसैले रक्तचापको औषधि 'जीवनभर' हैन जीवनको लागि भन्ने मूल मन्त्र सबैले लिनु भएमा कल्याण होला।

_x000D_ _x000D_

रक्तचाप जँचाउन क्लीनिक या अस्पतालमा आउने बिरामीहरुले बिहान खाली पेटमा ब्लड प्रेसरको औषधि खानु हुन्न भन्ठानेर डाक्टर छेउ पुग्छन्। डाक्टरले जाँच गर्दा त ब्लड प्रेसर स्वाट्टै घटेको पाइन्छ। अब समस्या कहाँ छ भने औपधि सेवन नभएर हो कि औषधिको मात्रा कम भएर त्यसो भएको भन्न गाह्रो हुन्छ। ब्लड प्रेसरको औषधि डायबिटीजको औपधि जस्तो धेरै बेर खाना नखाने भए खान नहुने होइन। खाली पेट खान पनि हुन्छ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०७५  २३:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकामा संघीय सटडाउन अन्त्यको संकेत
पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्दै निर्वाचन आयोग
काठमाडौं स्पोर्टस एन्ड् एभेन्ट्सको आयोजनामा कर्पोरेट टी–१० क्रिकेट प्रतोयोगिता हुने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अमेरिकामा संघीय सटडाउन अन्त्यको संकेत सोमबार, कात्तिक २४, २०८२
पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्दै निर्वाचन आयोग सोमबार, कात्तिक २४, २०८२
काठमाडौं स्पोर्टस एन्ड् एभेन्ट्सको आयोजनामा कर्पोरेट टी–१० क्रिकेट प्रतोयोगिता हुने सोमबार, कात्तिक २४, २०८२
संविधान मिचेर मुख्यमन्त्री नियुक्त गरिएको भन्दै मधेसका ७ दल छलफलमा सोमबार, कात्तिक २४, २०८२
सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढ्यो सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
सरकारले शिक्षक संघ संगठनलाई मान्यता नदिने,दलीय गतिविधिमा संलग्न भए बर्खास्त गर्ने पुनको चेतावनी आइतबार, कात्तिक २३, २०८२
सुकुमबासी बस्तीमा दुर्गा प्रसाईं : बालेनविरुद्ध लड्ने घोषणा आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्