काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपाली युवाले कल्याणकारी कोषमा जम्मा गरेको रकम ५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी पुगेकोे छ। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा हालसम्म ५ अर्ब ६५ करोड ७२ लाख ३१ हजार ७ सय ८ रुपैयाँ जम्मा गरेको कोषले जनाएको छ।
_x000D_
_x000D_
कोषमा जम्मा भएको रकम कामदारको हकहितका लागि खर्च गरिन्छ। कोषको रकमले कामदारको उद्दार, क्षतिपूर्ति, उपचार, तालिम र प्रबद्र्धनको काम गरिँदै आएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ।
_x000D_
_x000D_
कोषमा जम्मा भएको रकममध्ये वैदेशिक रोजगारसम्बन्धी कल्याणकारी कार्य, उद्धार एवम् सामाजिक सुरक्षाका लागि मात्र ६० प्रतिशतभन्दा बढी रकम खर्च हुने गरेको छ। वैदेशिक रोजगारीमा जाने युवालाई सिपमुलुक तालिम, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका सन्तानलाई शैक्षिक छात्रवृत्ति, वैदेशिक रोजगारी सम्बन्धी भाषागत पुस्तक प्रकाशनलगायतमा खर्च हुने गरेको बोर्डले जानकारी दिएको छ।
_x000D_
_x000D_
सो रकम वैदेशिक रोजगारीका क्रममा अंगभंग भएका तथा अलपत्र परेका कामदारको उद्धारमा समेत खर्च हुने गरेको छ। गत आर्थिक वर्षमा ६० करोड १८ लाख ७२ हजार २ सय ८७ रुपैयाँमात्र कामदारका समस्या सम्बोधनमा खर्च गरिएको बोर्डले जनाएको छ।
_x000D_
_x000D_
वार्षिक रुपमा हुने खर्च कटाएर पनि कोषमा ५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी मौज्दात रहेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकी अधिकृत पवित्रा घिमिरेले बताइन्। घिमिरेका अनुसार यो रकम आर्थिक वर्ष २०६८/०६९ देखि चालु आर्थिक वर्षको असोज महिनासम्मको हो।
_x000D_
_x000D_
यस अवधिमा कल्याणकारी कोषमा जम्मा भएको रकमबाट सरकारले वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षा, व्यवस्थान र अधिकारका लागि मात्र २ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको उनको भनाइ छ।
_x000D_
_x000D_
वैदेशिक रोजगार नियमावली २०६४ अनुसार वैदेशिक रोजगारीमा जानु अगाडि सरकारले तोके बमोजिमको रकम कोषमा जम्मा गर्नुपर्ने नियम छ।
_x000D_
_x000D_
वैदेशिक रोजगारीमा जाने कामदारले ३ वर्षसम्मको श्रम स्वीकृति लिँदा १ हजार ५ सय र ३ वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि २ हजार ५ सय रुपैयाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ।
_x000D_
_x000D_
कुन–कुन शिर्षकमा हुन्छ खर्च?
_x000D_
_x000D_
वैदेशिक रोजगार प्रवर्द्धन बाेर्डले विशेषगरी वैदेशिक रोजगारीमा मृत्यु भएका परिवारलाई आर्थिक सहायता, बिरामी, अंगभंग भएकालाई उपचार खर्च र विदेशमा अलपत्र परेकाको उद्दारमा धेरै रकम खर्च हुने गरेको जनाएको छ। यसैगरी, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिक मन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन, विदेशमा सुरक्षित आवास–गृह सञ्चालन गर्न पनि धेरै रकम खर्च हुने गरेको छ।
_x000D_
_x000D_
यो कोषको वैदेशिक रोजगारमा गएका तथा फर्किएका कामदारका परिवारको शैक्षिक विकास, वैदेशिक रोजगारमा गएका कामदारका परिवारको स्वास्थ्य उपचार, वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चाको उचित संरक्षणका लागि शिशु स्याहार केन्द्र स्थापना र सञ्चालन गर्नेलगायतका कार्यमा प्रयोग हुँदै आएको छ।
_x000D_
_x000D_
गत आर्थिक वर्षदेखि बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग र गम्भीर रोग लागेका कामदारले पाउने राहत रकम ३ लाखबाट वृद्धि गरेर ७ लाख रुपैयाँ बनाएको छ। कोषले हाल वैदेशिक रोजगारीमा गएका कामदारको सामाजिक सुरक्षका लागि १७ वटा सेवा सञ्चालन गरिरहेको छ।
_x000D_
_x000D_
रोजगारीको सिलसिलामा विदेशमा वार्षिक ९ सयभन्दा धेरै नेपालीको मृत्यु हुने गरेको छ। भने वार्षिक करिब ३ हजार अलपत्र, बिरामी र अंगभंग भएर स्वदेश फर्किने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।