• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २४, २०८२ Mon, Nov 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निर्मला हत्या प्रकरण : एसपी विष्टलाई बर्खास्त गर्न स्पष्टिकरण सोध्दै गृह मन्त्रालय

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ४, २०७५  ०६:३७
1140x725

काठमाडौं– कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रमाण नस्ट गर्ने कार्यमा संलग्न रहेको आरोप लाग्दै आएका तत्कालीन कन्चनपुर प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक(एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टराईलाई स्पष्टिकरण सोध्ने तयारी गरेको छ।

_x000D_ _x000D_

बर्खास्त गर्नु अघि आफ्नो कुरा राख्न पाउने प्राकृतिक न्यायको सिद्धान्त अनुसार उनीहरुलाई उक्त प्रकरणमा किन कारबाही नगर्ने भनि स्पष्टिकरण सोध्न लागिएको हो। उनीहरुले दिएको जवाफ चित्तबुझ्दो नभएमा सरकारले पुनः जवाफ माग्ने वा बर्खास्त गर्न कारबाही प्रक्रिया अघि बढाउने छ।

_x000D_ _x000D_

गृह मन्त्रालयले एसपी विष्ट र प्रनि भट्टराईलाई बर्खास्तसम्म गर्नेगरी कारबाही थालेको गृहसचिव प्रेमकुमार राईले पुष्टि गरे।  घटनामा दोषी देखिएका दुवै प्रहरी अधिकारीसँग स्पष्टिकरण सोध्ने तयारी भएको उनले स्वीकारे। अनुसन्धानको नियमित प्रक्रिया अन्तर्गत नै तत्कालीन अवस्थामा कमान्डमा रहेका व्यक्तिलाई किन जिम्मेवारी निर्वाह भएन भनेर सोध्न लागिएको उनले बताए।

_x000D_ _x000D_

‘दुवै प्रहरी अधिकारीमाथि लागेका आरोपको सिलसिलेवार र चित्तबुझ्दो जवाफ खोज्ने छौं, जवाफ नआए बर्खास्तगीसम्मको कारबाही हुनसक्छ।’, राईले भने, ‘विभागीय कारबाहीको प्रक्रिया भने स्पष्टिकरण सोधेपछि प्रक्रियामा जाने छ।’

_x000D_ _x000D_

उनीहरु उक्त घटनामा संलग्न हुन् वा होइनन् तथ्य, तर्क र नियतको परीक्षण हुने उनले स्पष्ट पारे।

_x000D_ _x000D_

बर्खास्तगीको प्रक्रियाबारे उनले सहसचिवहरुको टिमसँग छलफल गरेका थिए। स्पष्टिकरण नसोध्दा अदातलबाट अन्तरिम आदेश लिएर पुन फर्कने सम्भावना हुने भएकाले यस्तो प्रक्रिया अवलम्वन गर्न लागिएको हो।

_x000D_ _x000D_

निलम्बन सिफारिसउपरकाे निर्णय अाज

_x000D_ _x000D_

साे घटनाकाे छानबिनमा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक विष्टलाई निष्कासनको सिफारिस गरेको थियो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टराईलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले बताए।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

प्रहरी नायब निरीक्षक एवम् प्रवक्ता क्षेत्रीकाअनुसार गृह मन्त्रालयले उक्त सिफारिस उपर आज निर्णय गर्दै छ।

_x000D_ _x000D_

कस्तो हुन्छ बर्खास्तगीको प्रक्रिया?

_x000D_ _x000D_

प्रहरी निरीक्षकदेखि उपरीक्षकसम्मको बर्खास्तगीको अधिकार गृहसचिवमा निहीत हुन्छ। प्रहरी महानिरीक्षकले हस्ताक्षर गरेको कारबाही सिफारिस पत्र अनुसार गृहसचिवले दुई पटकसम्म २४ घन्टे स्पष्टिकरण सोध्न सक्छन्। त्यो स्पष्टिकरण चित्त नबुझे सरकारी सेवामा अयोग्य हुने गरी समेत बर्खास्त गर्ने अधिकार गृहसिचवलाई हुन्छ।

_x000D_ _x000D_

बर्खास्त गर्ने कार्यका लागि गृहसचिवको अध्यक्षतामा समिति गठन हुन सक्छ। सबै प्रक्रिया पूरा हुन ३ देखि ७ दिनसम्म लाग्नसक्छ।

_x000D_ _x000D_

गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो। आधा दर्जनभन्दा बढी प्रहरी टोलीले घटनाको छानबिन गरे पनि परिणाम शून्य भएको अवस्थामा सरकारले कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्टलाई बर्खास्त गर्न प्रक्रिया अघि बढाउन लागेको हो।

_x000D_ _x000D_

घटनास्थलको सुरक्षा नगरेको एवम् प्रमाणहरू नस्ट गरेको आरोप लाग्दै आएको र उनीमाथि अनुसन्धान र कारबाही नभएको भन्दै सरकारको समेत आलोचना भएपछि कारबाही प्रक्रिया थालिएको हो।

_x000D_ _x000D_

गृह मन्त्रालयका सहसिचव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिले पनि निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा प्रहरीले पटक–पटक लापरबाही र हेलचक्र्याइँ गरेको निष्कर्ष निकालेको थियो। उक्त प्रतिवेदनलाई टेकेर प्रहरी अधिकारीमाथि आज स्पष्टिकरण सोधिने गृहले जनाएको छ।

_x000D_ _x000D_

निर्मला हत्या प्रकरणमा लामो समयदेखि प्रगति शुन्य रहेकोले सरकार र गृहमन्त्रीको समेत आलोचना हुँदै आएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०७५  ०६:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद हुँदा कर्मचारी समेत कुटिए
पथलैया–निजगढ सडक खण्डमा जङ्गली हात्तीको आतंक हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मधेशमा प्रदेश प्रमुखको कार्यालय,मधेश भवन र मुख्यमन्त्री कार्यकक्षमा तोडफोड
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद हुँदा कर्मचारी समेत कुटिए सोमबार, कात्तिक २४, २०८२
पथलैया–निजगढ सडक खण्डमा जङ्गली हात्तीको आतंक हात्तीको आक्रमणबाट एक जनाको मृत्यु सोमबार, कात्तिक २४, २०८२
मधेशमा प्रदेश प्रमुखको कार्यालय,मधेश भवन र मुख्यमन्त्री कार्यकक्षमा तोडफोड सोमबार, कात्तिक २४, २०८२
अमेरिकामा संघीय सटडाउन अन्त्यको संकेत सोमबार, कात्तिक २४, २०८२
पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्दै निर्वाचन आयोग सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
सरकारले शिक्षक संघ संगठनलाई मान्यता नदिने,दलीय गतिविधिमा संलग्न भए बर्खास्त गर्ने पुनको चेतावनी आइतबार, कात्तिक २३, २०८२
मधेश सरकारमा सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन राप्रपाको निर्देशन सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्