कावासोती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। कलेज अफ मेडिकल साइन्सेस, भरतपुरमा उपचारका क्रममा गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय तिलक विष्टको ज्यान गएको हो।
_x000D_
_x000D_
आइतबार बिहान भएको दुर्घटनामा अन्य ५ जनाको भने घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा–१२ बस्ने ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढी–६ बस्ने २७ वर्षीय रामजीत राई, सुनसरी घर भई जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पश्चिममा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी, भारत विहार बस्ने विद्यानन्द यादव रहेका छन्। मृत्यु हुने अर्का एक पुरुषको नाम, ठेगाना खुल्न बाँकी रहेको छ।
_x000D_
_x000D_
इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४५४ नम्बरको बस बिहान ५ बजेको समयमा दुर्घटनामा परेको हो। बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक रमेश थापाले बताए।
_x000D_
_x000D_
दुर्घटनामा परी घाइते भएका ३७ जनाको भरतपुरमा उपचार भइरहेको छ। सामान्य घाइते भई स्थानीय मेडिकलमा उपचाररत ६ जना उपचारपछि घर फर्किएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।