• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २४, २०८२ Mon, Nov 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको अस्तव्यस्तता ज्यूँका त्यूँ , उद्योगी भन्छन्– जुनसुकै बेला उद्योग बन्द हुन सक्छ

64x64
नेपाल लाइभ शनिबार, कात्तिक ३, २०७५  ०५:२०
1140x725

राजविराज– १० वटा औद्योगिक सेड रहेको सप्तरीको रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा ७ वटा सेड अहिले पनि उद्योगविहिन छन्। उद्योग सञ्चालनका लागि प्रयास हुँदै आएको बताइएपनि हालसम्म त्यसले मूर्तरुप भने पाउन सकेको छैन।

_x000D_ _x000D_

सञ्चालनमा रहेका ३ वटा उद्योगलाई पनि पानी, बिजुली, सुरक्षा लगायतको समस्याका कारण दैनिक सुचारु राख्न समस्या रहेको सञ्चालकहरु बताउँछन्। उक्त औद्योगिक क्षेत्रमा मिलन डेरी उद्योग, कोशी पोलीमर्स उद्योग तथा महालक्ष्मी पेट इन्डष्ट्रिज गरी तीन उद्योग सञ्चालमा छन्।

_x000D_ _x000D_

औद्योगिक क्षेत्र व्यवस्थापनले गर्नुपर्ने सामान्य पानीको व्यवस्था पनि नगरिदिएका कारण उत्पादनमा कठिनाइ परिरहेको मिलन डेरी उद्योगका सञ्चालक मिलन सिंहले गुनासो गरे। ‘आज मात्र होइन, दुई वर्षअघि पनि पानी अभावले गर्दा रुपनी तथा राजविराजबाट दुधको ट्यांकरमा पानी ओसारेर उत्पादन गरेका थियौं’, उनले भने, ‘गत चैत २२ गतेदेखि जमिन भासिएर पानी निकाल्न प्रयोग गरिएको बोरिङ पनि काम नलाग्ने भएपछि अहिले फेरी समस्या बल्झिएको छ।’

_x000D_ _x000D_

_x000D_ _x000D_

सञ्चालक सिंहले पानीसमेत बाहिरबाट ढुवानी गर्नुपर्ने भएपछि उत्पादन लागत बढ्ने र उत्पादित सामानको मूल्य स्वतः बढेपछि बिक्री कम हुने समस्याले आजित भएको दुखेसो पोखे। उत्पादन नियमित राख्न महिनाको करिब ५० हजार रुपैयाँभन्दा बढी लागत पानीकै लागि खर्च गर्नु परिरहेको उनले सुनाए। ‘यसरी नोक्सानी ब्यहोरेर कति दिनसम्म उद्योग चलाउनु?’ सिंहले प्रतिप्रश्न गरे।

_x000D_ _x000D_

बाहिरबाट दुध ढुवानीका लागि प्रयोग हुने ट्यांकर र ड्राइभरलाई पानी ओसार्नकै लागि लगाउन थालिएपछि त्यसको प्रत्यक्ष प्रभाव कारोबारमा परिरहेको उनले बताए। सिंहले उद्योग सञ्चालकहरुको समस्याप्रति सरकार मुकदर्शक बनेको भन्दै आक्रोससमेत पोखे।

_x000D_ _x000D_

उद्योग प्रवर्द्धनका लागि सरकारले आधारभुत व्यवस्था पनि नमिलाउँदा उद्योग चलाउन समस्या परिरहेको कोशी पोलिमर्सका प्रोप्राईटर प्रमेश यादवले बताए। उनले भने, ‘यस्तै हो भने जुनसुकै बेला उद्योग बन्द गर्नुपर्ने अवस्था आउन सक्छ।’

_x000D_ _x000D_

यतिमात्रै होइन, औद्योगिक क्षेत्रमा विद्युत आपूर्तिको समस्या पनि यथावत छ। वरपर पर्खाल (कम्पाउन्ड वाल) निर्माण नहुँदा औद्योगिक क्षेत्र गौचरणमा परिणत भएको छ भने सामान्य वर्षामा पनि औद्योगिक क्षेत्र डुबानमा पर्ने समस्याले उद्योगीहरु आजित छन्।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

सरकारले औद्योगिक सुरक्षा बलको हालसम्म व्यवस्था गर्न नसक्दा नयाँ उद्योगीहरु लगानी गर्न हिच्किचाई रहेका छन्। पुराना उद्योगीहरुले समेत असुरक्षा महसुस गरिरहेको बताउँदै आएका छन्।

_x000D_ _x000D_

औद्योगिक क्षेत्रको अव्यवस्था र अस्तव्यस्तता विरुद्ध गत भदौको पहिलो साता उद्योगी र व्यवसायीले आन्दोलन पनि गरे। सरकारी उपेक्षा र रेखदेखको अभावमा औद्योगिक क्षेत्र लथालिंग भएको भन्दै औधोगिक क्षेत्र कार्यालयमा तालाबन्दी सहित गरिएको आन्दोलनले पनि कुनै प्रतिफल दिन सकेन।

_x000D_ _x000D_

_x000D_ _x000D_

आन्दोलनपश्चात् भदौ १५ भित्र उद्योगीको मागलाई सम्बोधन गर्न सामूहिक पहल गर्नेगरी रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवसँग लिखित सहमति पनि भयो। तर, हालसम्म सहमति अनुसारको काम र औद्योगिक क्षेत्रको समस्या भने समाधान नभएको उद्योगी सिंह बताउँछन्।

_x000D_ _x000D_

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख दिपक आचार्यले भने पानी, बिजुली, पर्खाल लगायतका समस्या समाधानका लागि पहल भइरहेको भन्दै भौतिक पूर्वाधार मर्मतको कार्य भने माथिल्लो निकायको निर्देशनअनुसार काम अघि बढ्ने स्पष्ट पारे।

_x000D_ _x000D_

भारत सरकारको सहयोगमा २०४४ सालमा स्थापित यो औद्योगिक क्षेत्र २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। सप्तरी सदरमुकाम राजविराजबाट चार किलोमिटर उत्तर रुपनी गाउँपालिकामा अवस्थित यो औद्योगिक क्षेत्र झन्डै २२ बिघा (२ सय ९४ रोपनी) क्षेत्रफलमा फैलिएको छ।

_x000D_ _x000D_

१० वटा उद्योग सञ्चालन गर्नसक्ने क्षमता रहेको यस औद्योगिक क्षेत्रमा बैंक भवन, हुलाक, स्वास्थ्य क्लिनिक भवन, चमेना गृह, गेस्ट हाउस, विद्युत, टेलिफोन लगायतका लागि आवश्यक सम्पुर्ण भौतिक पूर्वाधार उपलब्ध भए पनि हाल सञ्चालनमा भने छैनन्।

_x000D_ _x000D_

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०७५  ०५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
२६ गते प्रचण्ड र माधवको पार्टीमा समाहित हुँदै भीम रावल
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद: अदालतमा रिट दायर गर्न ७४ सांसदले गरे हस्ताक्षर
‘मधेसलाई पूर्ण स्वायत्तता घोषणा गरौँ’
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
२६ गते प्रचण्ड र माधवको पार्टीमा समाहित हुँदै भीम रावल सोमबार, कात्तिक २४, २०८२
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद: अदालतमा रिट दायर गर्न ७४ सांसदले गरे हस्ताक्षर सोमबार, कात्तिक २४, २०८२
‘मधेसलाई पूर्ण स्वायत्तता घोषणा गरौँ’ सोमबार, कात्तिक २४, २०८२
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन सोमबार, कात्तिक २४, २०८२
ऊर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति, चुनाव चिह्न चिम सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
घनश्याम भुसाल बने एकीकृत समाजवादीको संयोजक आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्