बिबिसी- ओस्कर पुरस्कार दिने संस्थाले थुप्रै महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका हलिउडका चर्चित फिल्म निर्माता हार्वी वाइनस्टिनलाई निष्कासन गर्ने निर्णय गरेको छ।
युएस एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सका सदस्यहरुमध्ये दुई तिहाइभन्दा बढीले हार्वीलाई एकेडेमीबाट तत्काल निष्कासन गर्न समर्थन जनाएका थिए । समर्थन गर्ने सदस्यहरुमा हलिउडका ख्यातिप्राप्त हस्तीहरु टम हंक्स र व्हूपी गोल्डबर्ग पनि रहेका छन्।
अमेरिकी अभिनेत्री रोज मैकगोवानले वाइनस्टिनमाथि होटलको कोठामा आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । रोज बाहेक कम्तीमा पनि दुई दर्जन अन्य महिलाहरुले पनि वाइनस्टिनमाथि यौन दुर्व्यवहारको आरोप लगाएका छन्, जसमा बलिउडकी प्रख्यात अभिनेत्री एन्जेलीना जोली र गिनिथ पल्ट्रोव समेत छन्।

वाइनस्टिनमाथि संगीन आरोपहरु लागेपछि एकेडेमी बोर्डले आपतकालीन बैठक बोलाएर छलफल गरेको थियो।
ओस्कर एकेडेमीले भनेको छ, 'यौन हिंसा यस्तो समस्या हो, जसका लागि हाम्रो समाजमा कुनै स्थान हुनु हुँदैन।'
वाइनस्टिनका फिल्महरु अहिलेसम्म तीन सयभन्दा बढी पटक ओस्करमा नोमिनेसन भइसकेका छन् । त्यसमध्ये ८१ पटक ओस्कर अवार्ड जितेका थिए।
वाइनस्टिनले आफूमाथि लागेका बलात्कार, यौन हिंसा र यौन शोषण लगायत आरोपहरुको खण्डन गरेका छन् । उनका प्रवक्ताका अनुसार वाइनस्टिनले जो सँग शारीरिक सम्बन्ध बनाए, आपसी सहमतिबाट बनाए।
यी आरोपपछि उनकी पत्नी जर्जिना चैपम्यानले वाइन्स्टिनसँग आफू अलग हुने घोषणा गरेकी छन्।

पत्नी जर्जिनासँग
हार्वी वाइनस्टिन को हुन्?
६५ वर्षीय हार्वी हलिउडका चर्चित निर्माता हुन् । उनी 'पल्प फिक्सन' र 'क्लर्क्स' जस्ता चर्चित फिल्महरु बनाउने फिल्म कम्पनी मीरामैक्सका सह-संस्थापक हुन् । उनले 'शेक्सपियर इन लव' का लागि ओस्कर अवार्ड पनि पाएका थिए।
बेलायतको फिल्म उद्योगमा योगदान गरेवापत उनलाई सन् २००४ मा त्यहाँको राजपरिवारको तर्फबाट उनलाई सिबिईको मानक उपाधि दिइएको थियो।
हार्वीले दुई विवाह गरेका थिए । हालकी पत्नी ४१ वर्षीया बेलायती अभिनेत्री र फेसन डिजाइनर जर्जिना चैपम्यानसँग उनले २००७ मा विवाह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।