• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २४, २०८२ Mon, Nov 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

खर्चिलो दसैं, चलायमान अर्थतन्त्र

64x64
नेपाल लाइभ मंगलबार, असोज ३०, २०७५  ००:२५
1140x725

काठमाडौं– कोटेश्वर बस्ने दोलखाकी सन्जु पोखरेलले घर जाने बसको टिकट काटिसकिन्। दुई छोरा र श्रीमान्सहित उनी फूलपातीका दिन घर जाँदै छिन्। बुधबार असनमा उनी मरमसला र छोराहरूका लागि कपडा किन्दै थिइन्। लामो समयदेखिको स्कुटर किन्ने योजना पनि उनले यो दुैंमा पूरा गरेकी छिन्। नजिकिँदो तिहारमा केही गरगहना पनि जोड्ने योजनामा छिन् उनी। 

_x000D_ _x000D_

‘अन्य समय किनमेलको अवसर खासै जुर्दैन,’ उनी भन्छिन्, ‘चाडबाडमा नयाँ लगाउँ, मिठो खाउँ, केही नयाँ सुरुवात गरौं भन्ने हुने भएकाले पनि हामी प्रायः दसैं÷तिहारमा नै बढी किनमेल गर्छौं।’ 

_x000D_ _x000D_

चार वर्षपछि बुबाको मुख देख्न पाउँदा गोरखाका राजन लामिछाने फुरुङ्ग छन्। रोजगारीका सिलसिलामा साउदी अरब रहेका सन्तोष लामिछानेले घर फर्किंदा उनलाई आइफोन ल्याइदिएका छन्। दसैंको किनमेलमै सन्तोषको २ लाखजति सकिसक्यो। 

_x000D_ _x000D_

अहिले दसैंको उमंगले सन्जु र सन्तोषलाईजस्तै अधिकांश नेपालीलाई छोपेको छ। गाउँदेखि सहरसम्म, स–साना पसलदेखि ठूला डिपार्टमेन्ट स्टोरसम्ममा अहिले किनमेलको बहार छ। नुनदेखि सुनसम्मको कारोबार बढेको छ। 

_x000D_ _x000D_

अर्थतन्त्रमा बहार 
_x000D_ सामाजिक, सांस्कृतिक पक्षलाई अलग्गै राख्दा दसैं अर्थतन्त्रका हिसाबले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। अत्यधिक उपभोगले दसैंको आर्थिक गतिविधि उच्च बनाउँछ। रेमिट्यान्स आप्रवाह रआयात पनि असोज र कात्तिक महिनामा अन्य महिनाको तुलनामा उच्च हुन्छ। लत्ताकपडा, माछामासु, विद्युतीय वस्तु, सुनचाँदी, खाद्यान्न, पेय पदार्थ लगायतका विलासिताका वस्तुको खरिद–बिक्री यो समयमा अन्य समयको तुलनामा अत्यधिक हुन्छ। 

_x000D_ _x000D_

दसैंको समयमामात्रै कुल वार्षिक व्यापारमध्ये खाद्यान्नको व्यापार करिब ३० प्रतिशत, अटोमोबाइल्सको व्यापार करिब ४० प्रतिशत र सुनचाँदीको व्यापार ३५ प्रतिशत हुने अनुमान छ। 

_x000D_ _x000D_

पूर्व अर्थसचिव शान्तराज सुवेदीको अनुमानमा दसैं र तिहारमा हुने उपभोगले कुल राष्ट्रिय उपभोगको करिब २५ प्रतिशत हिस्सा ओगट्छ। ‘दसैंमा हुने आर्थिक गतिविधिका सम्बन्धमा हालसम्म कुनै ठोस अध्ययन भएको त देखिँदैन,’ उनी भन्छन्, ‘तर, यी चाड पर्ने समयको आसपासमा आउने रेमिट्यान्स, आयात र मुलुकभित्रको वस्तु र सेवाको कारोबारको हिसाब गर्दा असोज र कात्तिक महिनामा वर्षभरीको करिब चौथाई हिस्सा उपभोग हुने देखिन्छ।’ 

_x000D_ _x000D_


_x000D_ जनसंख्या प्रवाह 
_x000D_ मूलतः सांस्कृतिक पर्व भएकाले दसैंमा सहरबाट गाउँतिर जनसंख्याको प्रवाह हुन्छ। सहरकेन्द्रित र सम्भव भएसम्म दसैंमा मानिसहरू गाउँ फर्किन्छन्। अहिले दसैंमा दैनिक १० देखि १२ लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिएकोमहानगरीय ट्राफिक प्रहरीको तथ्यांक छ। दसैंमा २० देखि २५ लाख जनसंख्या काठमाडौंबाट बाहिरिने र सोही संख्या दसैं तथा तिहार मानेर उपत्यका नै भित्रिने प्रहरीको अनुमान छ। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

जनसंख्याको प्रवाहसँगै आर्थिक गतिविधि पनि चलायमान हुन्छ। यसले समग्र अर्थतन्त्रलाई नै सक्रिय बनाउँछ। 

_x000D_ _x000D_

रेमिट्यान्सदेखि वस्तु आयातसम्म
_x000D_ हाल३३ लाख भन्दा बढी जनसंख्या वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा कार्यरत छन्। दसैंमा आफैं आउन नपाए पनि ठूलो संख्याले परिवारजनको खर्चका लागि ठूलो परिमाणमा रेमिट्यान्स पठाउँछन्। कुल घरपरिवारको करिब ५६ प्रतिशत घरधुरीमा रेमिट्यान्स भित्रिने तथ्यांक विभागको भनाइ छ। वर्षभरि अन्य समयमा आउने भन्दा दोब्बर दरमा दसैंमा रेमिट्यान्स भित्रिन्छ। उक्त रकम मूलतः उपभोगमै खर्च हुने गरेको छ। यसले अर्थतन्त्रको गतिशीलतामा थप बल प्रदान गर्छ। 

_x000D_ _x000D_

मुलुकभित्र उत्पादनको स्थिति कमजोर हुँदा पछिल्ला वर्षमा नेपाल अरु आयातमुखी बन्दै गएको छ। गत आर्थिक वर्ष (आव) २०७४÷७५ मामात्रै नेपालले झन्डै १२ खर्ब रुपैयाँ बराबरको वस्तु आयात गरी ८१ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्यांक छ। 

_x000D_ _x000D_

उच्च उपभोगका कारण यस्तो आयात मूलतः दसैं र तिहारको समयमा उच्च हुने गर्छ। खासगरी विद्युतीय सामग्री, चौपाया, खाद्य तथा पेय पदार्थ, विलासिताका वस्तुको खपत दसैंको समयमा उच्च हुने गरेको छ। 

_x000D_ _x000D_

पर्यटनदेखि तलब–भत्तासम्मको ऊर्जा  
_x000D_ अनुकूल मौसमका कारण दसैं र तिहारको समयमा पर्यटकको आगमन अत्यधिक हुन्छ। गत सेप्टेम्बरमामात्रै करिब एक लाख पर्यटक भित्रिएको सरकारी तथ्यांक छ। पर्यटक भित्रिँदा त्यसबाट ठूलो मात्रामा रोजगारी सृजना हुनुका साथै विदेशी मुद्रा सञ्चितिमा पनि प्रभाव पर्छ। पछिल्लो समय फेरिँदो चाडवाड शैलीले आन्तरिक पर्यटनलाई पनि बढावा दिएको छ। नेपालीहरू दसैंको समयमा विभिन्न स्थान घुम्न जाने प्रवृत्ति संस्कृतिकै रुपमा विकसित भएका छ।  

_x000D_ _x000D_

अर्कातिर दसैंमा सरकारले कर्मचारीलाई चाडबाड खर्चका नाममा ठूलो परिमाणमा पेस्की रकम पनि वितरण गर्छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारी तलबधारी कर्मचारीले करिब साढे ६ अर्ब रुपैयाँ यो शिर्षकबाट पाउँछन्, नियमित तलब–भत्ताबाहेक। यसबाहेक निजी क्षेत्रबाट योभन्दा ठूलो रकम बजारमा आउँछ। यसले दसैंको उपभोगलाई थप ऊर्जा प्रदान गर्छ। 
_x000D_ साढे १३ अर्बको नयाँ नोट, ६५ अर्ब बजारमा 
_x000D_ नेपाल राष्ट्र बैंकका अनुसार यसपटक दसैंमा बैंक भुक्तानी र सटहीका माध्यमबाट ६५ अर्ब रुपैयाँभन्दा बढी रकम बजारमा आउने सम्भावना छ। जसमा सटहीका लागि साढे १३ अर्ब रुपैयाँ र बाँकी भुक्तानीका लागि जानेछ। 

_x000D_ _x000D_

बैंकका मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मीप्रपन्न निरौलाका अनुसार बुधबारसम्म ५ देखि एक सय दरका करिब १० अर्ब ७० करोड रुपैयाँ सटहीका लागि गइसकेको छ भने ५ सय र एक हजार दरका ३३ अर्ब रुपैयाँका नोट भुक्तानीका लागि बैंकिङ प्रणालीमा गइसकेको छ। 

_x000D_ _x000D_

५ खर्बको उपभोगमात्रै 
_x000D_ पूर्व अर्थसचिव सुवेदी असोज र कात्तिकमा करिब साढे ५ खर्बको उपभोग हुने अनुमान गर्छन्। जबकि वार्षिक यस्तो खपत औसत सबा २ खर्ब रुपैयाँ बराबरकोमात्र हुने उनी बताउँछन्। ‘दसैं अर्थतन्त्र मूलतः उपभोगमूखी अर्थतन्त्र हो।’ 

_x000D_ _x000D_

केन्द्रीय तथ्यांक विभागघरपरिवार सर्वेक्षणले नेपालीको कुल वार्षिक आयको ७५ प्रतिशत हिस्सा उपभोगमा मात्र खर्च हुने देखाएको छ। त्यसको करिब ५० प्रतिशत हिस्सा दसैं र तिहारमा हुने अनुमान सुवेदीको छ। 

_x000D_ _x000D_

उत्पादन र बचतमा नकारात्मक असर 
_x000D_ विगतमा दसैंको समयमा १५ दिनसम्म बिदा दिइन्थ्यो। भलै, अहिले यो बिदा अहिले ५ दिनमा सीमित भएको छ। बिदा कम भएपनि दसैं र तिहारको आसपासको अवधिमा उद्योग धन्दा बन्द हुने र विकास निर्माणलगायतका काम प्रभावित हुँदै आएका छन्। 

_x000D_ _x000D_

यसैगरी उपभोगमुखी भएकाले दसैंको समयमा ठूलो परिमाणमा वस्तु आयात हुन्छ। यसले ठूलो मात्रामा रकम बाहिरिन्छ। ठूलो परिमाणमा रेमिट्यान्स आए पनि त्यसको प्रयोग उपभोगमा खर्च हुने हुँदा बचत पनि घटाउँछ। अर्कातिर अत्यधिक उपभोगले वस्तुको मूल्य बढाउन पनि मद्दत पुर्‍याउने सुवेदी बताउँछन्।
_x000D_  

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०७५  ००:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त
व्यक्तिगत अवसर र लाभका लागि एमालेमा फर्किएको होइन : रामकुमारी झांक्री
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
व्यक्तिगत अवसर र लाभका लागि एमालेमा फर्किएको होइन : रामकुमारी झांक्री सोमबार, कात्तिक २४, २०८२
महिलाको निम्ति महिला मञ्च नेपालको १६औं वार्षिक साधारण सभा र ८औं अधिवेशन सम्पन्न सोमबार, कात्तिक २४, २०८२
रामकुमारी र किसानलगायतका नेता एमालेमै फर्किए सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद हुँदा कर्मचारी समेत कुटिए सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्