काठमाडौं– सरकारी कर्मचारीलाई चाडबाड खर्चस्वरुप दसैं पेस्कीमामात्रै साढे ६ अर्ब रुपैयाँ खर्च हुने भएको छ।
_x000D_
_x000D_
महालेखा नियन्त्रक कार्यालयका अनुसार झन्डै साढे ५ लाख सरकारी ढुकुटीबाट तलब खान्छन्। उक्त संख्याका कर्मचारीलाई चाडबाड खर्चस्वरुप पेस्की उपलब्ध गराउँदा साढे ६ लाख रुपैयाँ खर्च हुुने कार्यालय बताउँछ।
_x000D_
_x000D_
निजामती कर्मचारी, सुरक्षा निकायका कर्मचारी, शिक्षक, करारका कर्मचारी र पेन्सनधारीसमेतले यस्तो पेस्की बुझ्छन्। यी सबैको संख्या पाँच लाख ५६ हजार छ।
_x000D_
_x000D_
अहिले निजामति कर्मचारीको संख्या ८० हजारको हाराहारीमा छ। त्यस्तै सेनाको संख्या ९५ हजार, सशस्त्र प्रहरी ३५ हजार र नेपाल प्रहरी ६५ हजार छन्।
_x000D_
_x000D_
यसबाहेक मुलुकभर शिक्षकको संख्या डेढ लाख छ। पेन्सनधारीको संख्या पनि करिब एक लाख छ। गत वर्षदेखि सरकारले करारका कर्मचारीलाई पनि दसैं पेस्की दिन थालेको छ। स्थानीय तहको चुनाव भएसँगै पेस्की वितरण गर्नुपर्ने सरकारी पदाधिकारीको संख्या अरु बढेको छ। जनप्रतिनिधिहरूले भने यस्तो खर्च पाउने व्यवस्था छैन।
_x000D_
_x000D_
‘राज्यको ढुकुटीबाट तलब खाने सरकारी कर्मचारीले नियमित तलब बराबरको थप एक महिनाको तलब चाडवाड खर्चका रुपमा पाउँछन्,’ कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटा भन्छन्, ‘यस्तो रकम अर्थ मन्त्रालयले बजेट विनियोजन दिँदा एक महिना थपेर सम्बन्धित निकायलाई दिएको हुन्छ, त्यहींबाट कर्मचारीले रकम पाउँछन्।’ अन्य धर्मका र दसैं नमान्नेले आफूलाई अनुकुल हुने समयमा यस्तो रकम लिन सक्ने व्यवस्था छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।