काठमाडौं– सेयरबजारमा आज सामान्य वृद्धि देखिएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०९ प्रतिशत अर्थात् २.४१ अंकले बढेर २,६१६.९७ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३६ प्रतिशतले बढेर ४५१.०५ विन्दुमा पुगेको छ।
आज नेप्सेमा सूचीकृत ३२९ वटा कम्पनीका १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब १३ करोड ८६ लाख रुपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो कारोबार दिन भने ६ अर्ब ६९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
आज ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४० कम्पनीको मूल्य घटेको छ। ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
साल्पा विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अगाडि रहेको छ। सो कम्पनीको ३६ करोड २ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
त्यस्तै, रिडी पावर कम्पनीको ३२ करोड १९ लाख रुपैयाँ, एसवाई प्यानल कम्पनीको २८ करोड ७८ लाख रुपैयाँ, सीईडीबी होल्डिङ्सको १८ करोड ९५ लाख रुपैयाँ तथा ङादी ग्रुप पावरको १६ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।