काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ।
आज नेप्से परिसूचक २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४ दशमलव ५५ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव शून्य चार प्रतिशतको गिरावट हो।
आज ३२४ कम्पनीको एक करोड ५९ लाख ८९ हजार ४३० कित्ता शेयर ७२ हजार १०४ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। सबै समूहको उपसूचक आज रातो देखिएको छ। बैंकिङ शून्य दशमलव ५२, विकास बैंक १.४१, वित्त ०.५६, होटल तथा पर्यटन १.०९, जलविद्युत् १.८१, लगानी ०.९४ र जीवन बिमा ०.७३ प्रतिशतले घटेको छ।
त्यस्तै, उत्पादन तथा प्रशोधन समूह १.०२, लघुवित्त ०.४८, म्युचुअल फण्ड ०. २२, निर्जीवन बिमा ०.४२, व्यापार ३.५९ र अन्य समूह ०.८५ प्रतिशतले घटेको छ। सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ।
सबैभन्दा बढी वुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ८.९२ प्रतिशतले घटेको छ। कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रू ६३ करोड ४२ लाख ४० हजार १०१ बराबरको १७ लाख ८२ हजार ९०३ कित्ता शेयर किनबेच भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।