काठमाडौं– दुई वर्षभित्र नेपालमा १ करोड एलइडी बल्ब वितरण हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौंमा आयोजना गरेको ‘एनआरएनए नलेज कन्भेन्सन, २०१८’ अन्तर्गत उर्जा विकास अन्तरक्रियामा बोल्दै ‘उज्यालो नेपाल’ अभियानका संयोजक डा बद्रि केसीले सो कुरा बताएका हुन्।
_x000D_
_x000D_
नेपाल सरकार र एनआरएनएको सहकार्यमा आगामी दुई वर्षभित्र १ करोड एलइडी बल्ब वितरण गर्ने बताए। सो परिमाणको बल्ब वितरण भएमा मुलुकमा ३ सय मेगावाट बिजुली बचत हुने उनको दाबी छ। भने, ‘अहिलेको सामान्य ४० वाटको बल्बले खपत गर्ने विद्युत र १० वाटको एलइडीले खपत गर्ने विद्युत बराबर हुन्छ। जसको कारण १ करोड एलइडी बल्ब प्रयोग गर्दा ३ सय मेगावाट विद्युत खपत हुने देखिन्छ।’
_x000D_
_x000D_
एलइडी बल्ब प्रयोग गर्न भन्दै जनचेतनाका लागि स्थानीय शिक्षक र आमा समूहलाई उपयोग गरिने पनि केसीले बताए। साथै, उनले अहिले टुकी बत्तीको साटो बिजुली बत्ती बल्यो भन्दैमा नेपालमा बिजुलीको प्रयोग बढ्यो भन्न नमिल्ने जिकिर गरे। ‘हामीले कृषि, विकास निर्माणको क्षेत्रमा प्रसस्त मात्रामा विद्युत प्रयोग गर्न सकियो भने मात्रै उर्जाको प्रयोग बढ्यो भन्न मिल्छ।’, केसीले भने। उनले विकसित र विकासोन्मुख मूलुकको नागरिकको चाहना र आवश्यकता एउटै भए पनि स्रोतसाधनको अभावको कारण चाहना खुम्चाउनु परेको बताए।
_x000D_
_x000D_
साथै, कार्यक्रममा सहभागी उर्जा विज्ञले वैकल्पिक उर्जाको प्रयोग र उर्जाको विविधिकरणमा जोड दिएका छन्। कार्यक्रमका वक्ता उर्जा विज्ञ डा राम मनोहर श्रेष्ठले नेपालमा उर्जाको स्रोत, प्रयोग तथा खरिदमा विविधता ल्याउनु पर्ने बताए। उनले छिमेकी मुलुक भारतबाट मात्रै उर्जाको खरिद गर्दा नेपालले विभिन्न समयमा अफ्ठेरो परिस्थितीको सामना गर्नु परेको बताए। भने, ‘एकै मुलुकबाट मात्रै उर्जा खरिद गर्दा नेपालीले विभिन्न समय दुःख पाएका छन्। त्यसैले उर्जा खरिदमा विविधता ल्याउनु पर्छ।’ उनले वैकल्पिक उर्जाको प्रयोग ल्याउनु पर्नेमा जोड दिए।
_x000D_
_x000D_
त्यस्तै, उर्जा विज्ञ रामप्रसाद धितालले नेपालमा अहिले ७४ दशमलब ५ प्रतिशत मानिसहरु परम्परागत उर्जामा आधारित रहेको तथ्य प्रस्तुत गरे। भने, ‘यसको धेरै हिस्सा ग्रामीण भेगमा रहेको छ।’
_x000D_
धितालले ‘क्लिन इनर्जी’को क्षेत्रमा भने नेपाल गर्व गर्न सक्ने अवस्थामा पुगेको बताए। उनले अहिले सरकारले ल्याएको नीतिले साना आयोजनाहरुको निर्माणलाई प्रोत्साहन गर्नु सकारात्मक भएको तर्क गरे। उनले अहिले प्रविधिको विकाससँगै ठूला आयोजनाहरु निर्माण गर्न मूलुक सफल भएको दाबी गरे।
_x000D_
_x000D_
न्युयोर्क सिटीका पिइ सूर्य लम्सालले नेपालले सोलार र हाइड्रोपावरलाई मिश्रण गरेर उर्जा उत्पादन गर्नसके मूलुक विकसित हुने बताए। त्यस्तै अर्का विज्ञ सुनिल लोहनीले मूलुकमा उर्जाको विकास गर्न प्रविधिसँगै दक्ष जनशक्तिको उत्पादन गर्न आवश्यक रहेको धारणा राखे।
_x000D_
_x000D_
यता कार्यक्रममा सहभागी एनआरएनए लगानीकर्ताहरुले भने मूलुकमा भ्रष्टाचारको अन्त्य नभएसम्म लगानी गर्न नसक्ने बताएका छन्। उनीहरुले विभिन्न आयोजनाको लागि लगानी गर्न खोज्दा विभिन्न तबरबाट भ्रष्टाचारको समाना गर्नुपरेकोमा त्यसतर्फ एनआरएनए र सरकारको ध्यानाकर्षण गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।