काठमाडौं- संघीय संसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य ६३ नै कायम गर्न सरकारलाई फेरि निर्देशन दिएको छ। यो मूल्य कायम गर्न समितिले दोस्रो पटक सरकारलाई निर्देशन दिएको हो।
_x000D_
_x000D_
समितिले यही १८ असोजमा चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ कायम गर्न सरकारलाई निर्देशन दिएको थियो।
_x000D_
_x000D_
सरकारले भने चिनीको मूल्य ७० रुपैयाँ भएको दाबी गरिरहेको छ। चिनीको मूल्य कायम गर्दा अनियमितता भएको भन्दै छानबिन गर्न उपसमिति नै गठन गरिएको थियो। उक्त उपसमितिले बिहीबार आफ्नो प्रतिवेदन समितिमा पेस गरेको छ।
_x000D_
_x000D_
‘१८ असोजको समितिको निर्णय बमोजिम प्रधानमन्त्रीको उपस्थितिमा सरोकारवालाले प्रतिबद्धता जाहेर गरेबमोजिम चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिइन्छ,’ समितिले सरकारलाई निर्देशन दिएको छ।
_x000D_
_x000D_
उपसमितिको प्रतिवेदन उपर थप अध्ययन गरी कार्यान्वयन गरिने समितिको निर्णयमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।