काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको गिरफ्तारीलाई लिएर आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले कुनै प्रमाणबिना पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको दाबी गरेका छन्। उनले यस्तो कार्य नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन भएको बताएका छन्।
पोखरेलले उक्त कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत भएको दाबी गरेका छन्। उनले यस्तो कार्यलाई समर्थन गर्नु गलत भएको भन्दै खबरदारी गर्न आग्रह गरेका छन्।
‘बिना कुनै प्रमाण पूर्वप्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो,’ उनले लेखेका छन्, ‘यस्तो गैरकानूनी र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु भनेको प्रत्यक्ष रूपमा तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु हो।’
पोखरेलले सबैलाई गलत कामको खबरदारी गर्नसमेत आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।