काठमाडौं – पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका छन् ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो ।
उक्त बस्तीमा करिब ८० घर रहेका थिए । तीमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू पनि जोखिममा रहेका प्रहरीले जनाएको छ ।
घटनामा हालसम्म मानवीय क्षति भएको भने छैन । बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न सकेको छैन । घटनास्थल प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।