काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लगातारको वर्षाका कारण देशभर जनजीवन प्रभावित भएकाले अधिवेशनका निर्वाचन कार्यक्रमको मिति पुनः तय गर्न आग्रह गरेका छन् ।
थापाले मौसम विभाग तथा सम्बन्धित निकायले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको जानकारी दिएका छन् ।
उनले अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता नागरिकको सुरक्षा रहेको बताएका छन् ।
साथै, आफ्नो–आफ्नो क्षेत्रको अवस्था बुझ्दै अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न पार्टीका नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा जुट्न आग्रह गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।