काठमाडौं- व्यवस्थापिका संसदको अन्तिम दिन आज संसद भवनमा बेग्लै माहोल देखिएको छ।
संसद्को अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदहरुले सामूहिक तस्बिर खिचाउने क्रम अहिले चलिरहेको छ। संसदका कर्मचारी, मर्यादापालकहरु पनि आज अन्तिम दिन भएकाले सम्झनाका लागि फोटो खिचाउन व्यस्त छन्।
संसदमा रहेका ५९२ सांसदहरु शनिबार मध्यराति १२ बजेपछि भूतपूर्व हुने भएका छन्। निर्वाचन आयोगले असोज २९ गते समानुपातिकको बन्दसूची पेश गर्ने मिति तोकेकाले आजै मध्यरातिदेखि रुपान्तरित व्यवस्थापिका संसद विघटन हुनेछ। बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले संसद विघटनको घोषणा गर्नेछिन्।
हेर्नुस्, संसद भवनको माहोल-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।