• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नेपालमा थाई गाँजा तस्करीको 'बाछिटा', पक्राउ पर्नेमध्ये अधिकांश भारतीय

64x64
नेपाल लाइभ शुक्रबार, साउन १६, २०८२  २१:३३
1140x725

काठमाडौं– नेपालमा गाँजाको अवैध ओसारपसारमा पछिल्लो समय नयाँ 'ट्रेन्ड' देखिएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले बीबीसीलाई बताएको छ। थाईल्यान्डले गाँजा उत्पादनलाई वैधता प्रदान गरेपश्चात्‌ गाँजा तस्करीको बाछिटा बिस्तारै नेपालसम्म पर्न थालेको ब्यूरोका प्रमुख कृष्णप्रसाद कोइरालाले बताए।

उनका अनुसार नेपालमा गत वर्ष बरामद गरिएको अवैध गाँजामा थाईल्यान्डबाट ल्याइएको गाँजाको पनि हिस्सा रहेको पाइएको छ। नेपालले आर्थिक वर्ष २०८१/०८२ मा बरामद गरेका विभिन्न प्रकारका लागुपदार्थमध्ये सबैभन्दा बढी गाँजा रहेको ब्यूरोको तथ्याङ्क छ।

सो समयावधिमा ५१,००० केजीभन्दा बढी गाँजा बरामद गरिएको ब्यूरोले उपलब्ध गराएको तथ्याङ्कले देखाउँछ।

'गाँजा तस्करीमा भारतीय नागरिकको संलग्नता'
ब्यूरोका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाका अनुसार थाईल्यान्डबाट नेपालमा गाँजा ल्याउने प्रवृत्ति पहिला देखिएको थिएन।

"अहिले थाईल्यान्डबाट नेपालमा ल्याइएका गाँजा भारततर्फ जाने क्रम देखियो। गत आर्थिक वर्षमा थाईल्यान्डबाट ल्याइएको २०६ केजी गाँजा हामीले बरामद गर्‍यौँ भने महिला र पुरुष गरी ४५ जना भारतीयलाई समात्यौँ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

ब्यूरोले बताएअनुसार विभिन्न पटक ल्याइएको गाँजा त्यति परिणाममा बरामद भएको हो। "त्यसको गन्तव्य मुलुक भारत नै हो र पक्राउ पर्ने व्यक्तिहरू पनि अधिकांश भारतीय नै छन्।"

बजार भाउका कारण पनि थाईल्यान्डमा उत्पादित गाँजा तेस्रो मुलुकका लागि नेपालसम्म आउन थालेको ब्यूरोको ठम्याइ छ। "किन यसो भइरहेको छ भनेर हामीले खोज्दा त्यसबाट हुने उच्च फाइदा कारक रहेको छ," ब्यूरो प्रमुख कोइरालाले भने।

पक्राउ गरिएका व्यक्तिहरूले प्रहरीलाई बताएअनुसार थाईल्यान्डमा प्रतिकेजी दुई लाख रुपैयाँ पर्ने गाँजा नेपालसम्म ल्याउँदा सबै खर्च जोडेर चार लाख रुपैयाँसम्म पुग्छ। "प्रतिकेजी चार लाख रुपैयाँ परेको गाँजा भारतमा १० देखि १२ लाख रुपैयाँसम्म बिक्री गर्ने गरिएको पक्राउ पर्ने व्यक्तिहरूले हामीसँग बयानका क्रममा भनेका छन्," कोइरालाले अगाडि थपे।

Ncell 2
Ncell 2
nimb
nimb

"त्यो भएर लाभको मात्रा बढी भएर कारोबारीहरू त्यता आकर्षित भएका हुन् कि भन्ने हाम्रो विश्लेषण छ।" त्यसबाहेक फरकपनले पनि थाईल्यान्डमा उत्पादित गाँजाको माग बढेको हुन सक्ने भूतपूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल बताउँछन्।

"नियन्त्रित वातावरणमा उत्पादन गरिने थाईल्यान्डको गाँजा नेपालको गाँजाभन्दा तीनदेखि चार गुनासम्म बढी कडा हुन्छ। त्यहाँको गाँजामा यहाँको भन्दा 'टेट्राहाइड्रोक्यानबिनोल (टीएचसी) पोटेन्सी' बढी पाइन्छ," उनले भने।

थाई वैधताको असर
लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार थाईल्यान्डमा गाँजा उत्पादनले वैधता प्राप्त गरिसकेपश्चात्‌ यो क्रम देखिएको हो। सन् २०२२ को जुन महिनामा थाई सरकारले गाँजा उत्पादन तथा बिक्रीमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो।

तर यूकेलगायत देशमा थाई गाँजाको अवैध कारोबार बढेसँगै यसै वर्षको जुन महिनादेखि चिकित्सकको प्रेस्क्रिप्शनमा मात्र बेच्न पाइनेसहितका नियम लागु गरेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

"गत आर्थिक वर्षबाट त्यो प्रवृत्ति हामीकहाँ देखिनु भनेको त्यहाँबाट दुरुपयोग भएको अंश चाहिँ कालोबजारीमा महँगोमा बिक्री भएर यहाँसम्म आइरहेको हो कि भन्ने हाम्रो विश्लेषण हो," कोइरालाले भने।

गाँजा नियन्त्रणमा प्रहरीको बढ्दो सक्रियताका कारण बरामद हुने परिमाण बढेको पनि उनको तर्क छ। गाँजाको औषधीय प्रयोग पनि हुने गरेको छ । त्यसमा भूतपूर्वप्रहरी नायब महानिरीक्षक मल्ल पनि सहमत देखिन्छन्।

"बढी बरामद हुनुबाट प्रहरीको कार्यदक्षता देखिन्छ भने अर्कोतर्फ त्यसले प्रवृत्तिलाई पनि सङ्केत गर्छ," बीबीसी न्यूज नेपालीसँग उनले भने। तर भारतीय बजारमा माग बढेपछि लागुपदार्थका कारोबारीहरू नेपालमा पनि केन्द्रित भएको हुन सक्ने उनको विश्लेषण छ।

"कालोबजारमा माग बढेपछि त्यो त चाहियो। अनि कारोबारीहरू नेपालतिर मोडिए," गाँजा बढी बरामद हुनुको एउटा कारणबारे बीबीसी न्यूज नेपालीसँग उनले भने। पछिल्लो समय भारतको मणिपुरलगायत क्षेत्रमा अवस्था अनुकूल नहुँदा नेपालतिर अवैध रूपमा उत्पादन बढेको र गतिविधि बढेको हुन सक्ने मल्लको आकलन छ।

नेपालमा
लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख कोइरालाका अनुसार पछिल्लो समय दायर हुने मुद्दा र पक्राउ पर्ने व्यक्तिहरूको सङ्ख्या एवं बरामद हुने लागुऔषधको मात्रा हेर्दा सबै बढेको पाइएको छ।

आर्थिक वर्ष २०८१/०८२ मा लागुऔषध मुद्दामा ७,९४३ जना पक्राउ परेकामा विदेशीमा सबैभन्दा धेरै भारतका ३०७ जना रहेका तथ्याङ्क छ। सो अवधिमा कुल ५,११० वटा मुद्दा दायर भएको र ५१, ४३९ किलोग्राम गाँजा मात्रै बरामद गरिएको लागुऔषध ब्यूरोले जनाएको छ।

आर्थिक वर्ष २०८०/८१ मा ६,७४२ जना पक्राउ परेका थिए भने ४,४२४ वटा मुद्दा दायर भएको थियो। त्यस बेला प्रहरीले ३५,५२२ किलोग्राम गाँजा बरामद गरेको थियो। ब्यूरोले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा लागुऔषधसम्बन्धी ४,१०० मुद्दा दर्ता गरिएको थियो भने ६,१८६ जनालाई पक्राउ गरिएको थियो।

विगत तीन वर्षको अवधिमा गाँजाका साथै चरेस, हेरोइन, अफिम र कोकेनको पनि ओसारपसार बढेको पाइएको छ। लागुऔषध ओसारपसारसम्बन्धी घटनाहरू विश्वव्यापी बढिरहेको पृष्ठभूमिमा सोहीअनुसार नेपालले पनि त्यसको नियन्त्रणका उपायहरू अवलम्बन गर्नुपर्नेमा सुरक्षाविद्‌हरूको जोड छ।बीबीसीबाट

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  २१:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु डुङ्गा चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्