• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नेपालमा थाई गाँजा तस्करीको 'बाछिटा', पक्राउ पर्नेमध्ये अधिकांश भारतीय

64x64
नेपाल लाइभ शुक्रबार, साउन १६, २०८२  २१:३३
1140x725

काठमाडौं– नेपालमा गाँजाको अवैध ओसारपसारमा पछिल्लो समय नयाँ 'ट्रेन्ड' देखिएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले बीबीसीलाई बताएको छ। थाईल्यान्डले गाँजा उत्पादनलाई वैधता प्रदान गरेपश्चात्‌ गाँजा तस्करीको बाछिटा बिस्तारै नेपालसम्म पर्न थालेको ब्यूरोका प्रमुख कृष्णप्रसाद कोइरालाले बताए।

उनका अनुसार नेपालमा गत वर्ष बरामद गरिएको अवैध गाँजामा थाईल्यान्डबाट ल्याइएको गाँजाको पनि हिस्सा रहेको पाइएको छ। नेपालले आर्थिक वर्ष २०८१/०८२ मा बरामद गरेका विभिन्न प्रकारका लागुपदार्थमध्ये सबैभन्दा बढी गाँजा रहेको ब्यूरोको तथ्याङ्क छ।

सो समयावधिमा ५१,००० केजीभन्दा बढी गाँजा बरामद गरिएको ब्यूरोले उपलब्ध गराएको तथ्याङ्कले देखाउँछ।

'गाँजा तस्करीमा भारतीय नागरिकको संलग्नता'
ब्यूरोका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाका अनुसार थाईल्यान्डबाट नेपालमा गाँजा ल्याउने प्रवृत्ति पहिला देखिएको थिएन।

"अहिले थाईल्यान्डबाट नेपालमा ल्याइएका गाँजा भारततर्फ जाने क्रम देखियो। गत आर्थिक वर्षमा थाईल्यान्डबाट ल्याइएको २०६ केजी गाँजा हामीले बरामद गर्‍यौँ भने महिला र पुरुष गरी ४५ जना भारतीयलाई समात्यौँ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

ब्यूरोले बताएअनुसार विभिन्न पटक ल्याइएको गाँजा त्यति परिणाममा बरामद भएको हो। "त्यसको गन्तव्य मुलुक भारत नै हो र पक्राउ पर्ने व्यक्तिहरू पनि अधिकांश भारतीय नै छन्।"

बजार भाउका कारण पनि थाईल्यान्डमा उत्पादित गाँजा तेस्रो मुलुकका लागि नेपालसम्म आउन थालेको ब्यूरोको ठम्याइ छ। "किन यसो भइरहेको छ भनेर हामीले खोज्दा त्यसबाट हुने उच्च फाइदा कारक रहेको छ," ब्यूरो प्रमुख कोइरालाले भने।

पक्राउ गरिएका व्यक्तिहरूले प्रहरीलाई बताएअनुसार थाईल्यान्डमा प्रतिकेजी दुई लाख रुपैयाँ पर्ने गाँजा नेपालसम्म ल्याउँदा सबै खर्च जोडेर चार लाख रुपैयाँसम्म पुग्छ। "प्रतिकेजी चार लाख रुपैयाँ परेको गाँजा भारतमा १० देखि १२ लाख रुपैयाँसम्म बिक्री गर्ने गरिएको पक्राउ पर्ने व्यक्तिहरूले हामीसँग बयानका क्रममा भनेका छन्," कोइरालाले अगाडि थपे।

Ncell 2
Ncell 2
nimb
nimb

"त्यो भएर लाभको मात्रा बढी भएर कारोबारीहरू त्यता आकर्षित भएका हुन् कि भन्ने हाम्रो विश्लेषण छ।" त्यसबाहेक फरकपनले पनि थाईल्यान्डमा उत्पादित गाँजाको माग बढेको हुन सक्ने भूतपूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल बताउँछन्।

"नियन्त्रित वातावरणमा उत्पादन गरिने थाईल्यान्डको गाँजा नेपालको गाँजाभन्दा तीनदेखि चार गुनासम्म बढी कडा हुन्छ। त्यहाँको गाँजामा यहाँको भन्दा 'टेट्राहाइड्रोक्यानबिनोल (टीएचसी) पोटेन्सी' बढी पाइन्छ," उनले भने।

थाई वैधताको असर
लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार थाईल्यान्डमा गाँजा उत्पादनले वैधता प्राप्त गरिसकेपश्चात्‌ यो क्रम देखिएको हो। सन् २०२२ को जुन महिनामा थाई सरकारले गाँजा उत्पादन तथा बिक्रीमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो।

तर यूकेलगायत देशमा थाई गाँजाको अवैध कारोबार बढेसँगै यसै वर्षको जुन महिनादेखि चिकित्सकको प्रेस्क्रिप्शनमा मात्र बेच्न पाइनेसहितका नियम लागु गरेको छ।

"गत आर्थिक वर्षबाट त्यो प्रवृत्ति हामीकहाँ देखिनु भनेको त्यहाँबाट दुरुपयोग भएको अंश चाहिँ कालोबजारीमा महँगोमा बिक्री भएर यहाँसम्म आइरहेको हो कि भन्ने हाम्रो विश्लेषण हो," कोइरालाले भने।

गाँजा नियन्त्रणमा प्रहरीको बढ्दो सक्रियताका कारण बरामद हुने परिमाण बढेको पनि उनको तर्क छ। गाँजाको औषधीय प्रयोग पनि हुने गरेको छ । त्यसमा भूतपूर्वप्रहरी नायब महानिरीक्षक मल्ल पनि सहमत देखिन्छन्।

"बढी बरामद हुनुबाट प्रहरीको कार्यदक्षता देखिन्छ भने अर्कोतर्फ त्यसले प्रवृत्तिलाई पनि सङ्केत गर्छ," बीबीसी न्यूज नेपालीसँग उनले भने। तर भारतीय बजारमा माग बढेपछि लागुपदार्थका कारोबारीहरू नेपालमा पनि केन्द्रित भएको हुन सक्ने उनको विश्लेषण छ।

"कालोबजारमा माग बढेपछि त्यो त चाहियो। अनि कारोबारीहरू नेपालतिर मोडिए," गाँजा बढी बरामद हुनुको एउटा कारणबारे बीबीसी न्यूज नेपालीसँग उनले भने। पछिल्लो समय भारतको मणिपुरलगायत क्षेत्रमा अवस्था अनुकूल नहुँदा नेपालतिर अवैध रूपमा उत्पादन बढेको र गतिविधि बढेको हुन सक्ने मल्लको आकलन छ।

नेपालमा
लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख कोइरालाका अनुसार पछिल्लो समय दायर हुने मुद्दा र पक्राउ पर्ने व्यक्तिहरूको सङ्ख्या एवं बरामद हुने लागुऔषधको मात्रा हेर्दा सबै बढेको पाइएको छ।

आर्थिक वर्ष २०८१/०८२ मा लागुऔषध मुद्दामा ७,९४३ जना पक्राउ परेकामा विदेशीमा सबैभन्दा धेरै भारतका ३०७ जना रहेका तथ्याङ्क छ। सो अवधिमा कुल ५,११० वटा मुद्दा दायर भएको र ५१, ४३९ किलोग्राम गाँजा मात्रै बरामद गरिएको लागुऔषध ब्यूरोले जनाएको छ।

आर्थिक वर्ष २०८०/८१ मा ६,७४२ जना पक्राउ परेका थिए भने ४,४२४ वटा मुद्दा दायर भएको थियो। त्यस बेला प्रहरीले ३५,५२२ किलोग्राम गाँजा बरामद गरेको थियो। ब्यूरोले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा लागुऔषधसम्बन्धी ४,१०० मुद्दा दर्ता गरिएको थियो भने ६,१८६ जनालाई पक्राउ गरिएको थियो।

विगत तीन वर्षको अवधिमा गाँजाका साथै चरेस, हेरोइन, अफिम र कोकेनको पनि ओसारपसार बढेको पाइएको छ। लागुऔषध ओसारपसारसम्बन्धी घटनाहरू विश्वव्यापी बढिरहेको पृष्ठभूमिमा सोहीअनुसार नेपालले पनि त्यसको नियन्त्रणका उपायहरू अवलम्बन गर्नुपर्नेमा सुरक्षाविद्‌हरूको जोड छ।बीबीसीबाट

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  २१:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सानीभेरीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, नौ घाइते
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुप्रिएको लेदो हटाउन थालियो
इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु
सम्बन्धित सामग्री
इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। आइतबार, भदौ २८, २०८३
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार*? आज जनक परियारले आयोजना गरेको कार्यक्रम सम्पन्न भएलगत्तै उनलाई गिरफ्तार गरिएको थियो । सो कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,... शनिबार, भदौ २७, २०८३
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रु... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
सानीभेरीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, नौ घाइते आइतबार, भदौ २८, २०८३
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुप्रिएको लेदो हटाउन थालियो आइतबार, भदौ २८, २०८३
इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु आइतबार, भदौ २८, २०८३
इजरायली प्रधानमन्त्रीले कपाल र मेकअपमा गरे ७ करोडभन्दा बढी खर्च आइतबार, भदौ २८, २०८३
इन्डोनेसियामा २४० यात्रु सवार जहाज सम्पर्कविहीन आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्